✍️ डा.सुमनकुमार रेग्मी
नेपालले अमेरिकासँग व्यापार तथा लगानी सम्झौता वा टिफा गरिसकेको छ । यस सम्झौतापछि दुई देशबीच स्वतन्त्र व्यापारतर्फ सहमति भएको छ । नेपाल-अमेरिका बीचको व्यापार तथा लगानी सम्झौता अर्थात् टिफा परिषद्को पाँचांै बैठक २०७७ मंसिरमा भएको थियो । यो बैठकमा आठ विषयमा छलफल भएका थिए । यी विषयमा भन्सार मूल्यांकन, टिए, आइपी, बजार पहुँच, टिबिटी, श्रमिक, नेपालमा लगानी तथा विश्वमा नेपाली उद्योको अवस्था र लगानी नीति थिए ।
युएस टिफा सातौंको बैठक अगाडिको कार्यलाई निरन्तरता दिँदै सकिएको छ । टिफाको छैटौं बैठक मे १९, २०२३ मा काठमाडौंमा भएको थियो । अमेरिकी सरकारको तर्फबाट युएसटिआरका सहायक लिन्चले भाग लिएका थिए । दुवैतर्फबाट व्यापार, कृषि, वित्त, श्रम र अरू सम्बन्धित एजेन्सीका अधिकारी थिए । बैठकमा टिफा सम्बन्धित विषयमा छलपल भए । नेपालले आईटीका विषयमा माग गरिएको थियो । टिफाको प्रारम्भिक बैठकबाट सातौं बैठक सन् २०२४ मा भएको छ । अमेरिकाले दिएको सन् डिसेम्बर २०२५ सम्मको एनटिपिपीको कार्यक्रम म्याद सकिने भएकाले यसको मूल्यांकन गरिने भनिएको छ ।
नेपालको हितमा हुँदै गरिएका विषयले नेपालको व्यापार तथा वाणिज्य स्थितिबारे छलफल भई नेपाली उद्योगलाई विश्व बजारमा पु¥याउने उद्देश्य रहँदै आएको छ । चौथो टिफा बैठकमा उठाएका विषय कार्यान्वयन गर्ने सम्बन्धमा पनि पाँचौं बैठकमा छलफल भएका थिए । चौथो बैठकमा नेपालले अमेरिकी सरकारबाट शून्य भन्सार सुविधा प्राप्त गरेको ७७ वटा वस्तुका निकासी प्रबद्र्धन, बाहृयस्तरमा मान्यता प्राप्त प्रयोगशाला, बौद्धिक सम्पत्ति संरक्षण तथा कर्मचारीको क्षमता विकासमा अमेरिकी सहयोग कार्यान्वयनकोे विषयमा पनि छलफल हँुदै आएको छ ।
अमेरिकाको सन् २०१५ को व्यापार तथा सहजीकरण तथा कार्यान्वयन ऐनले नयाँ देश केन्द्रित ग्राहृयता कार्यक्रम स्थापित गरी हार्माेनाइज्ड ट्यारिफ सेडुयलअन्तर्गका ७७ वस्तुद्वारा समेटिएका नेपाली वस्तुलाई भन्सार छुट सुविधा दिएको थियो । जसमा हस्तकला, सल, भ्रमण सामग्रीलगायत वस्तु रहेका छन् ।
अमेरिकाको सन् २०१५ को व्यापार तथा सहजीकरण तथा कार्यान्वयन ऐनले नयाँ देश केन्द्रित ग्राहृयता कार्यक्रम स्थापित गरी हार्माेनाइज्ड ट्यारिफ सेडुयलअन्तर्गका ७७ वस्तुद्वारा समेटिएका नेपाली वस्तुलाई भन्सार छुट सुविधा दिएको थियो । जसमा हस्तकला, सल, भ्रमणसामग्री लगायत वस्तु रहेका छन् । पाँचौं टिफाको बैठक अगाडिका बैठकमा नेशनल आइपी नीतिमार्फत नवीनतालाई पस्रय दिने नेपालको प्रयासलाई स्वागत गर्दै अमेरिकाले बौद्धिक सम्पत्ति अधिकारलाई अझ बढी संरक्षण गर्न कानुन बनाउने दिशामा नेपालको प्रयासलाई सहयोग गर्ने बताउँदै आएको देखिन्छ ।
टिफाको पूर्वप्रारूप
नेपालले २०६६ चैत १० सम्म पनि अमेरिकासँग बृहत् व्यापार तथा लगानी सम्झौता गर्ने तयारीका रूपमा पहिलो चरणको वार्ता गरेको थियो । यसअघि टिफा सम्झौताबारे द्विपक्षीय छलफल गर्न नेपालले दुई पटकसम्म तयारी गरेकोमा दुवै पक्षको समय मिलेको थिएन र पछि सरेको थियो । २०६६ चैतमा यसबारे छलफल गर्न वाणिज्य सचीवको नेतृत्वमा एक टोली अमेरिका गएको थियो । पटक-पटक नेपाली सरकारी-निजी क्षेत्रका टोली अमेरिका जानुको मुख्य उद्देश्य अमेरिकासँग व्यापार तथा लगानी सम्झौता प्रक्रिया अगाडि बढाउनु थियो ।
पहिलोपटक व्यापार सम्झौता भएको ६३ वर्षभन्दा बढी नेपाल र अमेरिकाबीच परिमार्जित स्वरूपमा लगानी र सेवा व्यापारको बृहत् खाका समेटेर सम्झौता गर्न धेरैपटक नेपाली टोली अमेरिका गएको थियो । सन् १९४७ अप्रिलमा दुई देशबीच पहिलो मैत्री एवं व्यापार सम्झौता भएको थियो । पहिलेको सम्झौताले वस्तु व्यापारको सामान्य विषय समेटेकोमा पछिको सम्झौताले दुई देशबीचको वस्तु एवं सेवा व्यापारलगायत एक अर्का देशमा हुने लगानी र बौद्धिक सम्पत्तिको संरक्षणलाई सम्झौताले प्राथमिकता दिएको छ ।
जिएसपीभन्दा भिन्दै टिफा
नेपाली भ्रमण टोलीले हरेक पटक अमेरिका जाँदा अमेरिकी सरकारले कम विकसित देशलाई दिँदै आएको सामान्य ग्राहृयता प्रणाली वा जिएसपीको उपभोग र बौद्धिक सम्पत्ति संरक्षणको क्षेत्रमा अमेरिकाले नेपाललाई गर्नसक्ने सहयोगका बारेमा अमेरिकी अधिकारीसँग वार्ता गर्ने नेपाली जनमानसमा प्रकाशमा ल्याएको थियो तर वास्तविक रूपमा यस सम्झौताले अमेरिकाबाट नेपालले के पायो ? पक्कै नेपालले भविष्यमा खोजको सुविधा पाउनेछ ।
यद्यपि अमेरिकाले नेपाललाई अमेरिकी जिएसपी सुविधा उपभोग गर्न सुझाव दिँदै आएको थियो र दिँदै जानेछ तर अमेरिकाले दिँदै आएको सुविधामा ९५ प्रतिशत वस्तु नेपालमा उत्पादन नहुने बताइन्छ । अमेरिकी जिएसपीअन्तर्गत नेपालले भन्सार सहुलियत प्राप्त गर्ने नेपाली उत्पादनको सूची बनाउन आवश्यक छ । यस विषयमा छैटौं टिफा बैठकमा छलफल भएको थियो । यो अमेरिकी सरकारले नेपाललाई दिएको सुविधाको मूल्यांकन भएको र अझ थप मूल्यांकन गरिने भनिएको छ ।
अमेरिकाले ४८०० वस्तुलाई यस प्रणालीअन्तर्गत भन्सार सहुलियत प्रदान गरेको छ तर नेपालका वस्तु यसमा कति समेटिएका छन् त ? नेपालबाट निकासी हुने वस्तुले अमेरिकी बजारमा प्रतिस्पर्धा गर्नसक्ने अवस्था छैन । अमेरिकाले सन् २००८ पछि अल्पविकसित देशका ९७ वस्तुलाई सहुलियतपूर्ण प्रवेश दिने प्रतिबद्धता गरे पनि कार्यान्वयनमा आएको छैन । अमेरिकाले ४२ देशसँग यस्तो टिफा सम्झौता गरेको छ भने २० देशसँग स्वतन्त्र व्यापार सम्झौता गरिसकेको छ । नेपालले अमेरिकासँग गरेको टिफा सम्झौताको एक उद्देश्यमा नेपाली वस्तुलाई अमेरिकी जिएसपीभन्दा बढी सुविधा पाउन प्रयास गर्नु थियो र पछि पनि हुनेछ ।
नेपालमा उत्पादित तयारी पोशाकलाई अमेरिकी बजारमा भन्सारमुक्त प्रवेशका लागि पहल गर्ने त्यस सम्झौताको उद्देश्य थियो । नेपाललाई त्यस्तो सुविधा दिँदा निर्यात वृद्धि भइरहेका बंगलादेश र क्याम्बोडियाले संयुक्त रूपमा पेश गरेकाले ती देशहरूले समेत पाउने भएकाले अमेरिका नेपालको त्यो मागप्रति सकारात्मक थिएन । सन् २००५ मा मल्टिफाइबर सम्झौता खारेज भएपछि पनि बंगलादेश र क्याम्बोडियामा उत्पादित तयारी पोशाकको अमेरिका निर्यात बढिरहेको थियो ।
अमेरिकामा तयारी पोशाकको भन्साररहित बजार पहुँच नेपालको प्राथमिकता रहँदै आएको छ । सन् २००१ देखि २०१० सम्ममा नेपाली तयारी पोशाकको अमेरिका निर्यात ९८ प्रतिशत घटेको थियो । आगामी दिनमा गलैँचा र तयारी पोशाक निकासी अमेरिकामा बढ्ने संकेत देखिएको छ । बहुपक्षीय व्यापारिक सम्झौता बजार पहुँचको सम्भावना कम हुँदै गएपछि द्विपक्षीय सम्झौता मार्फत सहुलियतको प्रयास भएको हो । विश्व व्यापार संगठनको मन्त्रीस्तरीय बैठक पनि औपचारिकतामै सीमीत भएपछि द्विपक्षीय सम्झौताको महत्व बढ्न थालेको हो । तर, नेपाली प्रतिनिधि मण्डलले अमेरिका गएर द्विपक्षीय सम्झौतामा अझै सहज बन्ने अवसर हुने बताएका छन् ।
टिफाका अग्रपथ
अमेरिकासँग गरिएको लगानी तथा व्यापार सम्झौता (टिफा) मा विश्व व्यापार संगठनमा भन्दा बढी प्रतिबद्धता गर्न नहुने बताएका थिए । वस्तु तथा सेवा व्यापार र लगानीका लागि प्रारम्भिक सम्झौताका गर्न टिफाका लागि पटक-पटक नेपाली टोली अमेरिका गएका थिए । भविष्यमा पनि नेपालले सम्झौता गर्ने उद्देश्य र सैद्धान्तिक आधारबारे जाने टोली प्रष्ट हुनुपर्दछ । टिफाले दुई पक्षीय व्यापार सम्झौताका लागि बाटो खोल्ने बताइएको थियो तर सम्झौता गरेको बेलामा नै भन्साररहित सुविधा पाइहाल्ने भने होइन ।
अमेरिकामा नेपालको कूल निर्यातमा यी ७७ वस्तुका अंश पनि क्रमशः खुम्चिने अवस्थामा छ । अमेरिकाको यी ७७ वटा वस्तु विश्व आयातमा भने सन्तोषजनक छ । अमेरिकाले नेपाललाई निर्यातमा भन्सार छुट दिएका ७७ वटा वस्तुका उत्पादन क्षमता बढाउन प्राविधिज्ञ सहयोग उपलब्ध गराउने भएको थियो ।
नेपालले टिफा कार्यान्वयनसँगै दुई पक्षीय व्यापार सम्झौता गरी तयारी पोशाक, पस्मिना जस्ता नेपालको प्रतिस्पर्धात्मक क्षमता भएका वस्तुको अमेरिका प्रवेशमा भन्सार दरबन्दीमा कम वा छुट पाउने प्रयास भइरहेको थियो र अद्यपि भइरहेकै छ । बौद्धिक सम्पत्तिमाथिको अधिकार र कृषकको बिउबिजनसम्बन्धी अधिकारलाई अमेरिकाले कार्यान्वयन गर्न प्रस्ताव राख्न सकदछ । तर यसमा नेपालले बिव्या संगठनमा नेपालले केही नबोलेकाले यसमा नेपालले केही उल्लेख गरिनु हुन्न कि ? सेवा व्यापार र लगानीमा अमेरिकासँग प्रतिबद्धता गर्दा नेपालले विव्या संगठनसँग गरेको प्रतिबद्धता सन्दर्भ गरिनुपर्दछ । अमेरिकाले ४२ देशसँग टिफा सम्झौता गरेको छ । जसमध्ये १७ देशसँग द्विपक्षीय व्यापार सम्झौता समेत गरिसकेको छ ।
टिफाका अघिल्ला बैठकहरूमा नेपालले पाइरहेको भन्सार छुट सुविधाका उपयोगसम्बन्धी छलफल हुँदै आएको छ । १०/११ वर्षअघि अमेरिकाले निर्यातका लागि ७७ वस्तुमा भन्सार छुट दिएकोमा यस्ता बैठकमा त्यसको समीक्षा र कार्यान्वनका लागि टिफाको बैठक पटक-पटक बस्दै आएको छ । पहिलोदेखि पाँचौं टिफाको बैठकमा यस्तै समीक्षा हुँदैरहुँदै आएको छ तर निर्यात कार्यान्वयनको अवस्था दयनीय छ । अमेरिकी भन्सार छुटमध्ये नेपालबाट झोला, सुटकेश, लगेज, व्याग प्रयोजनका उत्पादन, सल, ब्यांकेट, विभिन्न रेशाका उत्पादन, शीरपोशसम्बन्धी वस्तुहरू निर्यात हुने गरेका छन् । सुविधाप्राप्त वस्तु निर्यात भएकोमा ती वस्तुका निर्यात सीमित छ । अघिल्ला वर्षभन्दा पछिल्ला वर्षको तुलनामा यी वस्तुका निर्यात निकै कम कमी आएको छ । जब ती हरेक वर्षमा अमेरिकातर्फ यी वस्तुका निर्यात वृद्धिदर निकै कम छ ।
अमेरिकामा नेपालको कूल निर्यातमा यी ७७ वस्तुका अंश पनि क्रमशः खुम्चिने अवस्थामा छ । अमेरिकाको यी ७७ वटा वस्तु विश्व आयातमा भने सन्तोषजनक छ । अमेरिकाले नेपाललाई निर्यातमा भन्सार छुट दिएका ७७ वटा वस्तुका उत्पादन क्षमता बढाउन प्राविधिज्ञ सहयोग उपलब्ध हाल पनि गराउने भएको थियो । नेपाल र अमेरिका बीच भएको टिफाको पाँचौं बैठकमा उत्पादन बढाउनका लागि अमेरिकाको प्रविधिज्ञ सहयोग गर्ने बताएको थियो । सन् २०१५ देखि २०२५ सम्म नेपाललाई दिएको ७७ वस्तुमा अमेरिकी व्यापार सहुलियत लाभको पूर्ण रूपमा उपयोग गर्नका लागि प्राविधिज्ञ सहयोग उपलब्ध गराउने अमेरिका सहमत भएको थियो ।
सरकारले प्रत्येक वर्ष बजेटमा आयात प्रतिस्थापन गरी निर्यात बढाउन घोषणा गरिएका निर्यातका लागि दिइएका छुटसमेत कार्यान्वयन गर्न सकिएको छ्रन् । स्वदेशका उत्पादनका बढाउनका लागि टिफामा पास भएका पनि कार्यान्वयनमा आउँन सकेका छ्रैनन् । अमेरिकाले निर्यात बढाउन प्राविधिकमा सहयोग गर्ने भनिए पनि कार्यान्वयनमा आउन सकेको छ्रैन । नेपालको तर्फबाट अन्तर निकायबीच संस्थागत समन्वय गर्न नसक्दा निर्यातमा दिइएका सुविधा कार्यान्वयनमा नआउँदा निर्यात बढ्न सकेको देखिँदैन सम्झौता कार्यान्यनका लागि पाँच । छ पटकसम्म पनि छलफल र समीक्षा जारी छ र आउँदा सातौं र पछिका बैठकहरूमा पनि जारी हुुनेछ ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि