गाजा किन्न र स्वामित्वमा राख्न प्रतिवद्ध छु : डोनाल्ड ट्रम्प

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा किन्न र स्वामित्वमा राख्न प्रतिवद्ध रहेको बताउनुभएको छ । संयुक्त राज्य अमेरिकाले युद्धग्रस्त एन्क्लेभलाई मध्य पूर्वका अन्य राष्ट्रहरूलाई पुनर्निर्माण गर्न दिनसक्ने बताउनु भयो । ट्रम्पले नेशनल फुटबल लिग सुपर बाउल च्याम्पियनशिपमा भाग लिन लुइसियानाको न्यु अर्लिन्स जाँदै गरेको एयर फोर्स वनमा पत्रकारहरूसँग कुरा गर्दै यो टिप्पणी गर्नुभएको हो ।

गत हप्ता इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँगै ह्वाइट हाउसमा ट्रम्पले संयुक्त राज्य अमेरिकाद्वारा गाजाको दीर्घकालीन स्वामित्व प्रस्ताव गर्नुभएको थियो । उहाँको प्रस्तावको व्यापक आलोचना भएको छ । धेरै अरब राष्ट्रहरू साथै युरोपमा रहेका अमेरिकी सहयोगीहरूले यसको विरोध गरेका छन् ।

  • सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?