काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले एउटा नेपालको र अर्को प्रधनमन्त्री केपी शर्मा ओलीको भनेर कानून निर्माण गर्र्नुपर्ने टिप्पणी गर्नुभएको छ ।
मंगलवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले एउटा कानूनले फरक फरक व्यवहार हुने गरेको भन्दै अब दुई वटा कानून बनाउन जरुरी देखिएको बताउनु भयो । उहाँले ओली सरकारको ट्याग लाग्यो भने बलात्कार गरेपनि यो देशमा खुलमखुला हिँड्न पाइन्छ भन्नेकुरा प्रमाणित भएको बताउनु भयो । उहाँले बोलेकै आधारमा र्वसाधारण जनतालाई लगेर थुन्ने गरिएकोप्रति आपत्ति जनाउनु भयो ।
उहाँले भन्नुभयो, ‘म अनुरोध गर्न चाहन्छु, कानून दुई वटा बनउनुस् अब । एउटा ओली सरकारको कानून, ओली सरकारको ट्याग लाग्यो भने बलात्कार गरेपनि यो देशमा खुलमखुला हिँड्न पाइन्छ । एउटा नेपालको कानून बनाऔँ । जो सर्वसाधारण जनतालाई लगेर थुन्न पाइन्छ । बोलेकै आधारमा कुट्न पाइन्छ । माननीय मन्त्री जस्तो पदमा बसेका अहिले मन्त्रीले आईजीपीको जिब्रो थुत्छु भन्दा मन्त्री पद भिराएर गल्ली गल्लीमा हिँडाइन्छ, यही हो विधिको शासन ?’
उहाँले मन्त्री जस्तो पदमा बसेका व्यक्तिले आईजीपीको जिब्रो थुत्छु भन्दा मन्त्री पद भिराएर हिँडाउने गरेको भन्दै असन्तुष्टि जनाउनु भयो ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच