
टेक्सस । हिमालय टाइम्सका प्रधान सम्पादक प्राध्यापक पुरुषोत्तम दाहालले भाषा, साहित्य, कला र संस्कृति माटो र मुटुलाई जोड्ने स्पन्दन हुने भएकाले जहाँ बसे पनि यिनलाई आफ्नो परिचयका रूपमा जीवन्त राख्नुपर्ने विचार प्रकट गर्नुभएको छ ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज टेक्ससले आयोजना गरेको प्रा.दाहालसँग साहित्य सम्वाद कार्यक्रममा साहित्य पत्रकारिता तथा राजनीतिका सन्दर्भमा समेत सहभागीहरूले प्रश्न गर्नुभएको थियो । ‘विदेशमा वसोबास गर्न पुगेको पहिलो पुस्ताले नयाँ पुस्तामा आफ्नो सांस्कृतिक परिचयलाई हस्तान्तरण गर्नसके मात्रै जन्मभूमिप्रति योगदान मानिनेछ’, प्रा.दाहालले भन्नुभयो ।
कार्यक्रममा अमेरिकामा नै रहनुभएका प्राध्यापक मोहन सिटौलाले साहित्यका सिद्धान्तको चर्चा गर्दै नेपाली साहित्यले संसारका लागि दिएको नवीनशैली छन्दोबद्ध कविता सिर्जना भएकाले गौरव गर्नुपर्नेमा जोड्दिनु भयो । अनेसास टेक्ससका सभापति साहित्यकार धर्मानन्द गौतमको सभापतित्वमा सम्पन्न कार्यक्रममा कवि साहित्यकार प्राध्यापक तुलसीप्रसाद दाहालले प्रा.पुरुषोत्तम दाहालको पत्रकारिता साहित्य शिक्षा र स्वतन्त्रता आन्दोलनबारे संक्षिप्त जानकारी दिनुभएको थियो ।
कार्यक्रममा साहित्यकार नेत्रबन्धु पोख्रेल, युवा कवि प्रियरन्जन दाहाल, कवि बबि लिम्बु, सपना घिमिरे, विदुर खतिवडा, राजकृष्ण ओझा आदिले रचना पाठ गर्नुभएको थियो । पद्मश्री पुरस्कार प्राप्त ‘अर्को भोर’का लेखक केशवराज ज्ञवालीले साहित्य लेखनका विविध पक्षबारे चर्चा गर्नुभएको थियो ।
सो अवसरमा ‘शान्ता’ उपन्यास र ‘कालपात्र’माथि विमर्श भएको थियो भने ‘शान्ता’ उपन्यासकी प्रमुख पात्र शान्ताको उपस्थितिप्रति सम्मान गरिएको थियो । कार्यक्रममा देवराज न्यौपाने, डेकराज भट्टराई, अरुण तिमल्सिना, लक्ष्मी भण्डारी, युवराज दाहाल, इन्दिरा भट्टराई, कमला पोख्रेल, सुधा नकर्मी, पण्डित नारायण खकुरेल, विदुर ढुंगाना, विनोद दाहाल, बाबुराम जोशी, शम्भु दवाडी, विष्णु पहाडी, गेहेन्द्रबहादुर केसी, डा.कृष्ण पन्थी, मदन शिवाकोटी, नवीन दाहाल, रविन सेवा, उद्धव खनाल, होताप्रसाद अधिकारी, किरण श्रेष्ठ, पंकज दाहाल, तुलसा काफ्ले, इन्दिरा काफ्ले, रामकुमार महतोसहितले परिचय र प्रश्नकासाथ विचार प्रकट गर्नुभएको थियो । कार्यक्रम यहाँको पशुपतिनाथ मन्दिर परिसर भवन सभाकक्ष हट्टोमा सम्पन्न भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच