
काठमाडौं । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमाका दिनसम्म एक महिना विधिपूर्वक मनाइने स्वस्थानीको व्रत आज समापन गर्दै छ । वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर घरमा सुरू गरेको एक महिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गर्न लागिएको हो।
नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका देशभरका भक्तजनले आज व्रत समापन गर्न लागेका हुन्।
त्यसैदिनदेखि सुरु गरिएको स्कन्द पुराण अन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रुपमा भन्ने र सुन्ने काम पनि आजैदेखि अन्त्य गरिँदैछ। व्रतको अन्तिम दिन आज साँखुस्थित शालिनदी श्रद्धालुहरूको भीड लागेको छ ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच