
कैलाली । कैलाली जिल्ला कारागारबाट कैद भुक्तान गरिरहेको अवस्थामा भागेका देवसिंह ठकुरी भन्ने दिपक बहादुर सिंहलाई १२ वर्षपछि पक्राउ गरिएको छ । गोदावरी नगरपालिका–११ ओलानीका सिंहलाई कैलाली प्रहरीले भारतबाट पक्राउ गरेको हो ।
उनी २२ साउन २०६० मा कैलाली कागारबाट भागेका थिए । सिंहले २४ फागुन २०६४ मा गोदावरी नगरपालिका– ७ बस्ने भक्तबहादुर भन्ने बमबहादुर साउदलाई गोली प्रहार गरी हत्या गरेका थिए ।
उनलाई जिल्ला अदालतले २७ मंसिर २०६७ मा ११ असार २०६६ देखि लागु हुने गरी सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो ।
सोही क्रममा उनी कैद भुक्तान गरिरहेको अवस्थामा कैलाली जिल्ला कारागारबाट फरार भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक(एसपी) पदमबहादुर विष्टले बताउनु भयो ।
उहाँका अनुसार सिंहमाथि साविकको गोदावरी गा.वि.स–६ बस्ने तेज बहादुर बडैला र मोहन सिंह बडैला समेत मिलेर २ असोज २०६२ मा हत्या गरेको मुद्दा दर्ता भएको थियो ।
तर उक्त मुद्दाको मिसिल जिल्ला सरकारी वकिलको कार्यालयबाट मिसिल फिर्ता भएर पेश हुन बाँकी रहेको छ ।
यस्तै सिंहमाथि धनगढी–१ फुलबारी बस्ने सोभान टमटाको जाहेरीले अपहरण गरी शरीर बन्धक बनाएको अपहरण तथा शरीर बन्धकको मुद्दा समेत लागेको छ ।
उनले हातहतियार खरखजना मुद्दामा पनि एक वर्ष कैद भोगिसकेका छन् । सिंहलाई खोजतलास गर्दै जादा नेपाल भारत सिमाना स्थित कन्चनपुरको भिमदत्त नगरपालिका–१० गड्डाचौकी क्षेत्रबाट गोप्य सूचनाको आधारमा प्रहरी नायब निरीक्षक गजेन्द्र बहादुर चन्द नेतृत्वको ५ जनाको प्रहरी टोलीले बुधबार बिहान ५ बजे पक्राउ गरेको थियो ।
कैलाली कारागारबाट भागेपछि भारतमा लुकेका सिंहले उता पनि लुटपाट तथा चोरीका काण्ड गरेको सुरक्षा स्रोत बताउँछ । कैलाली प्रहरीले भारतीय प्रहरीसँगको समन्वयमै उनलाई पक्राउ गरेको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच