
काठमाडौं । घरेलु भूमिमा जारी त्रिकोणात्मक शृङ्खलामा पाकिस्तान फाइनलमा प्रवेश गरेको छ।
पाकिस्तानले बुधबार भएको दिवा रात्रि खेलमा पाउना टोली दक्षिण अफ्रिकालाई ६ विकेटले हराउँदै फाइनलमा न्युजिल्यान्डसँगको भेट पक्का गरेको हो। पाकिस्तान र न्युजिल्यान्डको फाइनल भिडन्त शुक्रबार हुनेछ।
दक्षिण अफ्रिकाले दिएको ३५३ रनको लक्ष्य पछ्याएको पाकिस्तानले एक ओभर बाँकी रहँदा ४ विकेटको क्षतिमा ३५५ रन जोडेको हो।
पाकिस्तानका लागि सल्मा आगाले १०३ बलमा १३४ रनको योगदान गर्नुभयो । उहाँ प्लेयर अफ द म्याच बन्नु भयो । त्यस्तै कप्तान मोहम्मद रिजवानले १२२ रन बनाउनुभयो ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ५ विकेटको क्षतिमा ३५२ रन बनाएको थियो। दक्षिण अफ्रिकाका तेम्भा बभुमाले ८२ तथा म्याथ्यु ब्रेट्जकले ८३ रन बनाएपछि टोलीको हार टरेन । हेन्रिक क्लासेनले ५६ बलमा ८७ रन बनाउनु भएको थियो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच