
काठमाडौं । अभिनेत्री दिव्या रायमाझीले डेब्यू सिनेमा ‘एक्टरः टेल वान’बाट नै राम्रो चर्चा पाउनु भएको छ । उहाँ अभिनित पहिलो सिनेमालाई दर्शकको साथ औसत नै रह्यो । अहिले उहाँको दोस्रो सिनेमा ‘पिताम्बर’ प्रदर्शनको तयारीमा छ ।
मंगलबार उक्त सिनेमाको नयाँ गीत ‘फ्यान भएँ यार’ सार्वजनिक गरिएको थियो । राजधानीको बिग मुभिजमा भव्य कार्यक्रमको आयोजना गर्दै गीत रिलिज गरियो। जहाँ दिव्या सुन्दरताको चर्चा समेत चलेको थियो ।

अधिकांश मिडियाकर्मीको क्यामरा दिव्यातिर तेर्सिएको थियो। हुन पनि दिव्या सारीमा चिटिक्क सजिएर कार्यक्रममा पुग्नुभएको थियो ।
उसो त ‘पिताम्बर’का मुख्य अभिनेता प्रदीप खड्काको पनि कार्यक्रममा खुबै चर्चा भयो। दिव्या र प्रदीपको जोडीलाई लिएर मिडियाकर्मीले प्रश्न समेत तेर्साएको थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच