सिन्धुलीमा भैंसीको आक्रमणबाट एक जनाको मृत्यु

राधिका बुढाथोकी सिन्धुली, संवाददाता
Read Time = 1 min

सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिका-३, नौविसेमा भैंसीको आक्रमणबाट एक जनाको मृत्यु भएकाे छ । आफ्नै छोराको गोठमा घाँस हाल्न गएका ७५ वर्षीय गोपाल घर्तीलाई भैंसीले आक्रमण गरेपछि ज्यान गएको हो ।

प्रहरीकाअनुसार, छोरा फणीन्द्र घर्तीको गोठमा घाँस हाल्न जाँदा अचानक बाँधिएको भैंसीले किलो भाँचेर उहाँमाथि आक्रमण गरेको थियो । गम्भीर चोट लागेका घर्तीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक गोविन्दराज काफ्लेले जानकारी दिनुभयो ।

उहाँकाअनुसार हाल घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?