मुगु । राराताल नजिकैको मुख्य बाटो छेउमा रहेको ऐतिहासिक ढुङ्गेधारा संरक्षणको अभावमा जिर्ण बन्दै गएको छ । स्थानीय बासिन्दाहरूको भनाइअनुसार यो ढुङ्गेधारा हजारौँ वर्ष पुरानो मानिन्छ ।
स्थानीय बुढापाकाकाअनुसार यो ढुङ्गेधारा भिमसेन थापाको पालामा निर्माण गरिएको हाे । २०३२ सालमा रारालाई निकुञ्ज घाेषणा गरेपछि रडाले र छप्राल बस्तीलाई २०३५ सालमा बाँकेकाे चिसापानी सारिएकाे थियाे ।
रडाले शाह र छप्राले पानी खाने याे ऐतिहाँसिक ढुङ्गे धारा हाल पानीको स्रोत सुक्दै गएपछि प्रयोगविहीन जस्तै भएको छ ।
ढुङ्गाकाे संरचना जिँउकाे तिउँ भएपनि धारा वरीपरीकाे ब्यवस्थापन उचित तरिका बाट हुन नसकेकाे राराका पर्यटन ब्यवसायी बृखबहादुर राेकाया बताउनु हुन्छ । उहाँकाअनुसार "पहिले पानी सुकिसकेकाे भएपनि पुजाआजा गरेपछि थाेरै भएपनि पानी आउन थालेकाे छ ।"
रोकाया भन्नुहुन्छ, 'राराको नाममा बर्सेनि लाखौ रुपैँया आउँछ तर यहाँ रहेका पुराना थान, मन्दिर, धारा, कुवाहरुको संरक्षण, पुनर्निर्माणका लागि कसैको ध्यान गएको छैन ।'
यस ऐतिहासिक सम्पदाको उचित संरक्षण र पुनर्निर्माणको पहल नहुँदा यसको ऐतिहासिक महत्व हराउँदै गएको स्थानीयहरूले बताएका छन् । सम्बन्धित निकायले समयमा नै संरक्षणको काम नगरे यसले ऐतिहासिक सम्पदामाथि गम्भीर क्षति पुर्याउने स्थानीयको चिन्ता छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच