मौराखारा गुरिल्ला म्याराथनमा दुर्गा र कल्पना प्रथम

सुर्खेत । जिल्लाको सानीभेरी गाउँपालिकामा आयोजित सातौ मौराखारा गुरिल्ला म्याराथनमा पुरुषतर्फ रुकुमपश्चिमका दुर्गा बुढा र महिलातर्फ जुम्लाकी कल्पना बुढा प्रथम हुनुभएको छ ।

माओवादी जनयुद्धताका माओवादीका लडाकु (गुरिल्ला) हिंडेको बाटो र तालिम केन्द्र सञ्चालन भएको स्थल मौराखारालाई चिनाउन सुरु गरिएको मौराखारा गुरिल्ला म्याराथनको सातौ संस्करण विहिबार सम्पन्न भएको हो ।

गुरिल्ला म्याराथनमा पुुरुषतर्फ दुर्गा र महिलातर्फ कल्पना प्रथम हुँदा महिलातर्फ भने शिर्ष ५ स्थानमा जुम्लाकै यथ्लेटिक्स खेडालीको वर्चश्व रहेको छ । जनयुद्ध दिवसको अवसरमा गाउँपालिकाले आयोजना गरेको म्याराथनमा ५३ धावकहरुलाई पछि पार्दै पुरुषतर्फ दुर्गा बुढाले प्रथम स्थान हाँसिल गर्नुभएको हो ।

उहाँले निर्धारित ४८ किलोमिटर दुरी ४ घण्टा ५२ मिनेटमा पार गरेको म्याराथन व्यवस्थापक सानीभेरी गाउँपालिका युवा तथा खेलकुद विकास समितिका सचिव बालकुमार नकालले बताउनुभयो । उहाँकाअनुसार रुकुम पश्चिमकै भुवन ओली द्वितीय हुनुभएको छ । उहाँले निर्धारित दुरी ४ घण्टा ५३ मिनेट पार गर्नुभएको हो ।

४ घण्टा ५७ मिनेटमा दुरी पार गरेर जुम्लाका शेरबहादुर बुढा तेस्रो, रुकुमपूर्वका शक्तिराम बुढा चौथो र रुकुम पश्चिमकै अर्जुन बस्नेत पाँचौं स्थान हुनु सफल हुनुभएको छ ।

यता महिलातर्फ लगातार शिर्ष ५ स्थानमा वर्चश्व बनाएका जुुम्लाका यथ्लेटिक्स धाविकाहरुमध्ये ३२ जनाप्रतिस्पर्धीलाई पछि पार्दै जुम्लाकी कल्पना बुढा प्रथम हुनुभएको छ । उहाँले निर्धारित ३४ किलोमिटर दुरी ३ घण्टा १४ मिनेटमा पार गर्नुभएको हो ।

द्वितीय भएकी जुम्लाकै राज्यलक्ष्मी रावतले निर्धारित दुरी ३ घण्टा १६ मिनेटमा पार गर्नुभयो । आयोजककाअनुसार ३ घण्टा ५७ मिनेटमा दुरी पार गरेकी जुम्लाकी सन्दिपा बुढा तेस्रो, जुम्लाकै मिमु बुढा चौंथो र समिता बुढा पाचौँ हुन सफल हुनुभएको छ ।

म्याराथनमा पुरुषतर्फको प्रथम पुरस्कार १ लाख, द्वितीय ७५ हजार, तृतिय ४५ हजार प्रदान गरिएको छ । भने चौथो पुरस्कार १५ हजार र १० औं स्थानसम्मको लागि समान ३ हजारका दरले पुरस्कार व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

महिलातर्फ प्रथमले ६० हजार, द्वितीयले ४० हजार र तृतीयले २० हजार पुरस्कार प्रदान गरिएको सदस्य सचिव नकालले जानकारी दिनुभयो । चौथो हुनेले १० हजार पुरस्कार प्राप्तगर्दा १० औं स्थानसम्म हाँसिल गर्ने धावकले समान ३ हजार पुरस्कार प्राप्त गरेका छन् । सानीभेरी गाउँपालिकाले हरेक वर्ष फागुन १ गते जनयुद्ध दिवसको अवसरमा गुरिल्ला म्याराथन आयोजना गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?