
धरान । कोशी टप्पु वन्यजन्तु आरक्ष र कोशी नदीको किनारमा कोशी प्रिमियर लिग २०८१ को ट्रफी अनावरण गरिएको छ । कोशी प्रिमियर लिग सञ्चालक समितिको आयोजनामा भोलि शनिबारदेखि सुरु हुने लिगको ट्रफी अनावरण कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री पाँचकर्ण राईको प्रमुख आतिथ्यतामा बिहीबार गरिएको हो ।
सुनसरीको भोक्राहा नरसिंहमा प्रदेशस्तरीय खेलकुद प्रवद्र्धन तथा पर्यटन विकासलाई लक्षित गर्दै आयोजना गर्न लागेको कोशी प्रिमियर लिगको ट्रफी अनावरण गर्नुहुँदै प्रमुख अतिथि राईले खेलकुदलाई प्रदेश सरकारको प्राथमिकतामा राखेर आवश्यक बजेट तथा नीतिगत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले कोशी प्रदेशलाई खेल पर्यटनको केन्द्र बनाउन सरकार प्रयत्नशील रहेको बताउनुभयो ।
अनावरण कार्यक्रममा कोशी प्रदेश सरकारका मन्त्रीहरूसहित आयोजक भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल अख्तर आजाद, नेपाल रेडक्रस सोसाइटी भोक्राहा नरसिंह उपशाखाका सभापति युवराज दाहाल, प्रहरी चौकी कोशी ब्यारेजका प्रमुख बलराम यादव, भोक्राहा नरसिंह गाउँपालिका-३ का वडाध्यक्ष धिरेन्द्र यादव, कोशी ८ का वडाध्यक्ष बलराम क्षेत्री, शिक्षक कृष्ण विष्ट, नेता सुनिल साह, जुगेश्वर यादवलगायतको उपस्थिति थियो । प्रतियोगितामा कोशी प्रदेशका विभिन्न जिल्लाका उत्कृष्ट टिमहरूबीच प्रतिस्पर्धा हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच