
लण्डन । इंग्लिस प्रिमियर लिगको शीर्ष टोली लिभरपुल बराबरीमा राकिएको छ । बुधबार राती सम्पन्न खेलमा एभर्टनसँग लिभरपुल २-२ को बराबरीमा रोकिएको हो । इन्जुरी समयको आठौं मिनेटमा बराबरी गोल गर्दै एभर्टनले १ अंक खोस्न सफल भएको हो । घरेलु मैदानमा एभर्टनका लागि जेम्स टार्कोव्स्की र बेटोले गोल गर्नुभयो । लिभरपुलका लागि एलेक्स म्याक एलिसेल्टर र मोहम्मद सलाहले गोल गर्नुभयो ।
खेलमा दुवै टोलीले एक–एक पटक अग्रता लिए पनि जोगाउन सकेनन् । ११औँ मिनेटमा बेटोको गोलमा एभर्टनले अग्रता लिएको थियो । त्यसको ५ मिनेटपछि नै लिभरपुलका एलिसेल्टरले बराबरी गोल फर्काएको थियो । ७३औँ मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई २-१ को स्थितिमा पुर्याउनुभएको थियो । इन्जुरी समयमा एभर्टनका टाकोव्स्कीले बराबरी गोल गर्नुभयो । लिभरपुल २४ खेलमा ५७ अंकका साथ शीर्ष स्थानमा कायमै छ । एभर्टन २७ अंकका साथ १५औँ स्थानमा छ ।
यसैगरी बायर्न म्युनिखले च्याम्पियन्स लिगअन्तर्गत प्ले अफको पहिलो लेगमा सेल्टिकविरुद्ध २-१ को रोमाञ्चक जित दर्ता गरेको छ । सेल्टिक पार्कमा बायर्नलाई जित दिलाउन माइकल ओलिस र हृयारी केनले गोल गर्नुभयो । सेल्टिकका लागि डेजन माएडाले गोल फर्काउनुभयो । अब दोस्रो लेग बायर्नको घरेलु मैदान एलियान्ज एरिनामा हुनेछ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच