
काठमाडौं । आजदेखि सिनेमाघरमा दुई चलचित्र प्रदर्शनमा आएका छन् । शुक्रबार प्रदर्शनअन्तर्गत आजदेखि सिनेमाघरमा आएका चलचित्र हुन् सुरेश न्यौपाने निर्देशित चलचित्र ‘रंगी’ र दीपेन्द्र लामा निर्देशित ‘दुःखी आत्मा’ । दुवै चलचित्रको काठमाडौंमा प्रिमियर गरिएको छ । ‘रंगी’को बुझबार साँझ प्रिमियर गरिएको थियो भने ‘दुःखी आत्मा’को बिहीबार प्रिमियर गरिएको थियो । प्रिमियरमा दुवै चलचित्रले तारिफ बटुलेका थिए । अलग-अलग जनराका यी दुई चलचित्र ‘भ्यालेन्टाइन डे’को अवसर पारेर प्रदर्शनमा आएका हुन् ।
आजदेखि सिनेमाघरमा दुई चलचित्र प्रदर्शनमा आएका छन् । शुक्रबार प्रदर्शनअन्तर्गत आजदेखि सिनेमाघरमा आएका चलचित्र हुन् सुरेश न्यौपाने निर्देशित चलचित्र ‘रंगी’ र दीपेन्द्र लामा निर्देशित ‘दुःखी आत्मा’ । दुवै चलचित्रको काठमाडौंमा प्रिमियर गरिएको छ । ‘रंगी’को बुझबार साँझ प्रिमियर गरिएको थियो भने ‘दुःखी आत्मा’को बिहीवार साँझ प्रिमियर गरिएको थियो । प्रिमियरमा दुवै चलचित्रले तारिफ बटुलेका थिए । अलग-अलग जनराका यी दुई चलचित्र ‘भ्यालेन्टाइन डे’को अवसर पारेर प्रदर्शनमा आएका हुन् ।
सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको चलचित्र ‘रंगी’को प्रस्तुतकर्ता अभिनेता सलोन बस्नेत हुनुहुन्छ । यो चलचित्र विशेषत बाबुछोरीको कथामा आधारित छ । सुरेश न्यौपानेको यो ‘डेब्यू’ निर्देशन चलचित्र हो । चलचित्रमा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, विशाल पहारीलगायत कलाकारको अभिनय छ । यो चलचित्र सलोनको डेब्यु निर्माण हो ।
सक्षम सुवेदी, करिश्मा केसी बस्नेत र अनिश गौतमको निर्माण रहेको चलचित्रमा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, आनन्द कार्की, आमेश भण्डारी, भीम बिसी, समीक्षा अधिकारी र सुजता केसीको स्वर, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको शब्द, बन्दे प्रसादको सम्पादन, राजेन्द्र मोक्तानको कलर, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी तथा केवलमान सिंह बस्नेतको प्रोडक्सन छ ।
चलचित्रलाई एप्पल इन्टरटेनमेन्ट, एफडी र रिच इन्टरटेनमेन्टले वितरण गर्दैछन् । क्लक वर्क कृएसनको ब्यानरमा हिमाल कडरियाको निर्माण अनि सुदिप ढकाल कार्यकारी निर्माता रहेको चलचित्र ‘दुःखी आत्मा’मा दयाहाङ राई, आँचल शर्मा, अनुपविक्रम शाही, बुद्धि तामाङ, रेअर राई, लोकेन्द्र लेखक, आशान्त शर्मालगायत कलाकारको अभिनय छ । चलचित्रमा चर्चित कवि श्रवण मुकारुङका विभिन्न १० वटा कविता पनि समेटिएको छ । आलोक शुक्लाले खिचेको यो चलचित्रमा निमेष श्रेष्ठको सम्पादन छ । फिल्म आरआर फिल्मस्ले वितरण गर्दैछ ।
‘दुःखी आत्मा’लाई धेरै शो
आजदेखि सिनेमाघरमा आएका चलचित्रमध्ये ‘दुःखी आत्मा’ले धेरै शो पाएको छ । यो चलचित्रले देशभर लगभग दुई सय शो प्राप्त गरेको छ भने ‘रंगी’ ६०/७० हाराहारी शोमा खुम्चिएको छ ।
सबैभन्दा धेरै हल रहेको मल्टिप्लेक्स चेन क्युएफएक्स सिनेमाजले ‘दुःखी आत्मा’लाई देशभर कुल ६५ शो उपलब्ध गराएको छ । यो उल्लेख्य शो हो । यही चेनमा ‘रंगी’ भने कुल १६ शोमा सीमित छ । शोमा यही किसिमको भिन्नता अन्य मल्टिप्लेक्सहरूमा पनि छ । दोस्रो ठूलो चेन आइएनआइले चार स्टेशनमा गरी ‘दुःखी आत्मा’लाई १७ शो बाँड्दा ‘रंगी’लाई भने चार शोमा सीमित गराइएको छ ।
त्यस्तै, काठमाडौं उपत्यकाभित्र सञ्चालित वान् सिनेमाजको नयाँबानेश्वर र कालीमाटी हलमा गरी ‘रंगी’लाई तीन र ‘दुःखी आत्मा’लाई नौ, एफक्यूबमा ‘रंगी’लाई दुई र ‘दुःखी आत्मा’लाई पाँच, विएसआरमा ‘रंगी’लाई एक र ‘दुःखी आत्मा’लाई चार, बिग मुभिजमा ‘रंगी’लाई एक र ‘दुःखी आत्मा’लाई तीन शो छ । मोफसलमा रहेका अधिकांश मल्टीप्लेक्सहरूले पनि यही हिसाबले दुई फिल्मलाई शो बाँडेका छन् ।
‘दुःखी आत्मा’ले जुन संख्यामा शो प्राप्त गरेको छ, त्यसअनुरूप अकुपेन्सी पनि हुन सकेको खण्डमा फिल्मको ‘ओपनिङ’ आक्रामक हुनेछ । ‘रंगी’ भने शोमै मार खाएको छ । यद्यपि, ‘वर्ड अफ माउथ’ बलियो भएर हलमा दर्शकको चाप बढेको अवस्थामा फिल्मको शो वृद्धि हुँदै जानेछ । दुवै फिल्म फरक कथामा बनेकाले दर्शकलाई आफ्नो रुचि अनुसार रोजीछानी फिल्म हेर्न पाउने सुविधा छ ।
एमएसएम एपमा ‘बुलबुल’
सन् २०१९ मा भ्यालेन्टाइन डे मै हलमा प्रदर्शनमा आएको चलचित्र ‘बुलबुल’ एमएसएम एपमा ‘भ्यालेन्टाइन डे’कै दिन २०२५ को फेब्रुवरी १४ अर्थात् आजदेखि सार्वजनिक भएको छ । एमएसएम एपमा विश्वका धेरै देशबाट मोबाइल, गुगल, टिभी, एन्ड्रोइड, अमेजन फायर स्टिक टिभी, सामसुङ टिभी, एलजी टिभी, एप्पल टिभी, हिसेन्स टिभी, भिडियो टिभी, रोकु टिभी एप र कम्प्युटरमा पनि उपलब्ध छ । यसैले हरेक वर्गका दर्शकले आफूले मनपर्ने चलचित्र सजिलै हेर्न पाउँछन् ।
चलचित्रका निर्माता अविरल थापाले पहिले हलमा हेर्न नपाएका र नभ्याएका दर्शकले देशभित्र र विदेशबाट समेत बुलबुल हेर्न अत्याधिक माग गरेपछि एमएसएम एपमार्फत पुनः प्रदर्शनमा ल्याउन लागेको बताउनुभयो । स्वस्तिमा खड्काले यो चलचित्रमा उत्कृष्ट अभिनय गरेबापत सार्क फिल्म फेष्टिभललगायत अन्य घरायसी फेष्टिभलहरूमा साथै राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त गर्नुभएको थियो ।
निर्देशक विनोद पौडेलले पनि उत्कृष्ट निर्देशकको पुरस्कार हात पार्नुभएको थियो । यो चलचित्रले नेपालको तर्फबाट ९२औं अस्कर फिल्म अर्वाडमा पनि प्रतिनिधित्व गरेको थियो । संसारका कैयन अन्य चलचित्र महोत्सवमा पनि छानिएको थियो । चलचित्रमा अभिनेता मुकुन भुसाल, लक्ष्मी बर्देवा, दीपक क्षेत्रीलगायतको पनि अभिनय छ । मुकुनले २०१९ मा यही चलचित्रबाट आफ्नो फिचर सिनेमामा डेब्यू गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच