
काठमाडौं । अमेरिकामा हरि सांस्कृतिक केन्द्र गोरखाको वार्षिकोत्सव, श्रष्टा सम्मान तथा पुरस्कार कार्यक्रम सम्पन्न भएको छ । नर्थ क्यारोलाइना राज्यको मरिसभिल सिटीमा अवस्थित ट्विनलेक कम्युनिटी सेन्टरमा भएको हरि सांस्कृतिक केन्द्र गोरखाको प्रविधि तथा भौतिक उपस्थितिमा भएको ३५औं वार्षिकोत्सव र श्रष्टा सम्मान कार्यक्रम नर्थ क्यारोलाइना साहित्य समाजको सहभागितामा सम्पन्न भयो ।
नेपालबाट जुममा पूर्वअध्यक्ष केदार खनाल, वर्तमान अध्यक्ष डा.प्रभा कैनी, सल्लाहकार विजय न्यौपाने, अमेरिकामै जुममा सल्लाहकार डा.जगदीश्वर देवकाटाले सम्बोधन गर्नुभएको थियो । चालु वर्षबाट राजेश्वर साहित्यिक स्मति पुरस्कार र मायादेवी स्मृति पुरस्कारको समेत व्यवस्था गरिएको र यस वर्षको साहित्यिक वृत्ति विकास पुरस्कार छन्दकवि नारायण पोखरेल मनकामनालाई प्रदान गरिएको र पुरस्कार राशि एक लाख पचास रहेको पनि जानकारी दिइयो ।
हरि उत्कृष्ट प्रतिभा पुरस्कार २०८० वातावरणविद् कवि डा.ऋषि बस्ताकोटीलाई ‘विसंगत बस्ती’ कविता संग्रहका लागि प्रमुख अतिथि साहित्यकार डा.नीलम कार्की, संरक्षक र ईश्वरचन्द्र देवकोटा सभापति रहनुभएको साहित्य समाजका अध्यक्ष शिखर दुलालले संयुक्त रूपमा सम्मानपत्र र नगद २५ हजार २६ रुपैयाँ, मायाको चिनो र खादा प्रदान गर्नुभएको थियो ।
यो पुरस्कार २०७९ सालमा लोककवि सुरेशकुमार भट्टलाई प्रदान गरिएको थियो । साहित्यिक सभालाई लोककवि सुरेश कुमार भट्ट, डा.बालकृष्ण शर्मा, मनोज प्रधान, प्रभा पोखरेल, केशव पोखरेल, नम्रता गुरागाईं, पार्वती तिमिल्सिना, शिखर दुलाल, कल्पना बस्ताकोटी र अन्त्यमा सम्मानित श्रष्टा डा.ऋषि बस्ताकोटीले सम्बोधन गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन मनोज मानुजले गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच