
✍️ बाबुराम कार्की
नेपाली हामी रहौँला कहाँ नेपालै नरहे । उत्तर छिमेकबाट नेपालले सोचेभन्दा बढी सहयोग पाएको छ । दक्षिणमा नेपालीको खुन पसिना बगेको छ । यो बलियो विस्तार जनसहयोगले प्राप्त हुन्छ । श्री ३ मोहन शमशेरको कस्तो कमजोरी नेपाली भूमि लिन आऊ भन्दा लिन नजानु । नेपालका शासकले सोझा नागरिकमा शासन गरे । वि.सं. २००४ सालमा नेपाली भूमिबाट लाभ उठाउन सकेको भए पटक-पटक छिमेकको अनावश्यक सहारा लिनुपर्ने थिएन । अहिले वृद्धि भएको जनसंख्याले लाभ दिन सक्ला ? हामीले आफ्नो राष्ट्र सक्षम बनाउनुपर्ने हुन्छ तर हामी हाम्रा देशमा नागरिकलाई विदेश पठाइरहेका छौँ । जाने र पठाउने हामी दुवै दोषी हौँ । कानुनले पीडितलाई छुँदैन ।
हामीसँग स्वाभिमान वा नैतिकता भन्ने शब्द शब्दमा सीमित छ हामीले यसका लागि क्षमा माग्ने ठाउँसमेत राखेनौँ । प्रत्यक्ष निर्वाचित सरकार तथा उत्तराधिकारी नागरिकको चाहना हो । केही विज्ञबाट ग्रेटर नेपालको नक्सा प्रकाशन गराउने काम पनि हुँदै आएको छ । अहिले नै प्रकाशन गराउन सकौँ कामना । नेपालीले नेपालको विकास नगर्ने भन्ने हुँदैन आफ्नो छोड्ने भन्ने पनि हुँदैन । श्री ३ जंगबहादुर राणाबाट भारतस्थित बेलायतीलाई सहयोग गर्नु स्वाभाविक थियो । सहयोग गरेरै हाम्रो भूमि फिर्ता भएको थियो । १८५७ बाट २०२४ सम्म बेलायतीको बिदाइपश्चात् नेपाली गोर्खाली बाँड्फाँट्मा पर्यौँ । १०४ वर्षसम्म लिने दिनेलाई थाहा होला । एक-एक जवान बराबर नजराना खाएका भनिन्छ ।
नागरिक नागरिक भिड्ने कार्य अशोभनीय हुन्छ । ख्याल गरौँ कि पक्ष विपक्षबाट गरिने दन्तबजाइभन्दा राष्ट्रका लागि मन मष्तिस्क लगाउन सकौँ । समयानुसार इतिहासलाई स्मरण गर्नुपर्ने गुरु गोरन्नाथको भविष्यवाणी सार्थक मान्नुपर्छ । नागरिकहरूले पनि बाटो बिराएको अवस्था छ । नेतृत्व जनचाहनाभन्दा बाहिर गइरहेको देखिन्छ ।
नेपाली नेतृत्वको असक्षमता होइन सबैलाई सम्मान चाहिएको छ । हामी एकआपसमा आत्मआलोचना स्वीकार्दै सच्चिने प्रयास गरौँ । नेपाली एउटै मालामा समेटिँदै सबैका सामु रहेको छौँ । नागरिक कुनै न कुनै प्रतिभाका धनी छौँ । त्यस समयको दश हजार नजराना र वर्तमान समय एक व्यक्ति बराबर आठ लाख हुन्छ । छिमेकीले हाम्रो कपिलवस्तु, लुम्बिनी समेटेर नक्सा निकाल्यो भने हामीले ग्रेटर नेपालको नक्सा किन ननिकाल्ने ? राजा अशोक र नेपालका बीच कुनै अप्रिय कार्य नभएको र अशोक बुद्धका अनुयायीमात्र भएको अशोक शिलास्तम्भबाट थाहा हुन्छ । आफ्नो पसिना नै सबैलाई मूल्यवान हुन्छ । नागरिक एकआपसमा बराबर हुन्छन् । कमजोरी नेतृत्वबाट हुने गर्छ ।
नागरिक मतदाता हुन् सुधारका अन्य काम नेताहरूले गर्नुपर्छ । नागरिकको व्यक्तिगत र बैद्धिक पुँजी ओझेलमा पर्नुहुँदैन । गैरकानुनी तरिकाबाट आर्जेको सम्पत्ति छानविन हुनुपर्छ । नेपाल र भारतका बीचको सामिप्यलाई अन्तर्राष्ट्रिय क्षेत्रले नियालिरहेको अवस्थामा सबै मित्रराष्ट्रबाट सहयोगमा हात बढाइने अपेक्षा हाम्रो हो । यस राष्ट्रको जिम्मा अब नेपाली सेनाले लिनुपर्छ । सबैले आ-आफ्नो ठाउँबाट राष्ट्रका लागि योगदानको गर्नुपर्ने खाँचो छ । पूर्वजलाई स्मरण गर्दा प्रधानमन्त्री सेनाप्रमुख तथा मुख्तियार भीमसेन थापा, अमरसिंह थापा, भक्ति थापा, माथवरसिंह थापा, वीर बलभद्र कुँवरमा जुन शाहस थियो त्यो वर्तमानका पुस्तामा पाउँन सकिँदैन । राजेन्द्रविक्रमको शिरताज नै परिवारवादमा लागेको र कहिले बेतियाको बास कहिले काशीबास भएको पाउँछौँ । हाल नागरिकको गुनासो सुनिदिने कसले ?
१९८६ एक म्यगजिन इण्डिया टुडेमा नेपालको राजघराना भारतको ऋणी छ भनी प्रकाशन भएको थियो । जनसंख्या वृद्धि भइरहेको छ । ती नागरिकलाई सुरक्षा दिन सकेका छैनौँ । बढ्दो बेरोजगारी समस्याले आर्थिक अवस्था कमजोर हुँदैगएको छ । नेपाली आफ्ना खुट्टामा उभिने कहिले ? नेपालीको एकता अहिले अपरिहार्य बन्दै गएको छ । आफ्ना धर्म, संस्कार र संस्कृतिको संरक्षणमा पनि एक हुनुपर्ने आवश्यकता छ र यसबाट लाभ लिन सक्नुपर्छ । हामीले हाम्रा छिमेकी भारत, चीन, पाकिस्तान सबैसँग समान व्यवहार गर्नुपर्छ । भारतमा रहेका अंग्रेजहरूलाई सहयोग गरेर खुशी पारेको हुँदा सुगौली सन्धिमा गुमेको हाम्रो भूमिमध्ये नयाँ मुलुक (बाँके, बर्दिया, कैलाली र कञ्चनपुर) श्री ३ जंगबहादुर राणाले फिर्ता गराएका थिए ।
हाम्रो वर्तमान नेतृत्वमा पालोफेरो बस्नेहरूले भारतले अतिक्रमण गरेको हाम्रो भूमि फिर्ता गर्ने त परको कुरा आवाज निकाल्न पनि सक्दैनन् । राणा परिवार भाइभाइमा हानथापमा अल्झियो । शासन निरंकुश चलाए, प्रजातन्त्रको कल्पना गरिएन र गर्ने देवशमशेरलाई शासनमा टिक्न दिइएन । अहिलेको नेतृत्व भने सत्ता टिकाउने खेलमा मात्र लागिरहेको पाइन्छ । त्यसकारण भरतविरुद्धमा बेल्न सक्दैन । छिमेकी भारत–बेलायतको शासनबाट मुक्त भयो । हामी नेपाली सधैँ स्वतन्त्र नै रहृयौँ तर गरिबी र परनिर्भरताबाट भने कहिल्यै मुक्त हुन सकेनौँ । हाम्र कमीकमजोरी नै हामीले सच्याउन सकेका छैनौँ । देशको उन्नतिका लागि यसो गर्नु आवश्यक छ ।
नागरिक नागरिक भिड्ने कार्य अशोभनीय हुन्छ । ख्याल गरौँ कि पक्ष विपक्षबाट गरिने दन्तबजाइभन्दा राष्ट्रका लागि मन मष्तिस्क लगाउन सकौँ । समयानुसार इतिहासलाई स्मरण गर्नुपर्ने गुरु गोरन्नाथको भविष्यवाणी सार्थक मान्नुपर्छ । नागरिकहरूले पनि बाटो बिराएको अवस्था छ । नेतृत्व जनचाहनाभन्दा बाहिर गइरहेको देखिन्छ । राष्ट्र हित नै जनहित हो । त्यो हामीले अरूबाट देखे जानेका छौँ । लोकतन्त्रमा अनुशासन क्षीण भएको देखिन्छ । आशा गरौँ देश र देशवासीको गरिमामय आत्मसम्मान बच्नेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच