दुई विधेयकमाथि सैद्धान्तिक छलफल

हिमालय टाइम्स
Read Time = 2 mins

विराटनगर । कोशी प्रदेशसभाको बिहीबारको बैठकमा ‘कोशी प्रदेश खानेपानी तथा सरसफाई सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको सैद्धान्तिक छलफल सकिएको छ ।

सैद्धान्तिक छलफलका क्रममा उठेका विषयमा खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री एकराज कार्कीले यो विधेयक पारित भएमा आमनागरिकलाई सुरक्षित, दिगो, व्यवस्थित एवं सर्वसुलभ तरिकाले खानेपानीको प्रबन्ध हुने बताउनुभयो । यसबाट सेवा चुस्त र खानेपानीे व्यवस्थापनसहित नियमन गर्न सहज हुनुका साथै पानीको स्रोतमाथिको अधिकार र मुहान सुरक्षित हुने जानकारी गराउनुभयो ।

यसैगरी, ‘प्रदेश भवन ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक’ माथिको सैद्धान्तिक छलफल समाप्तिसँगै भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईले मन्त्री र मन्त्रालयको दृष्टिले मात्र ऐन समृद्ध नहुने भएकाले सदनमा छलफल गरिएको बताउनुभयो ।

मापदण्ड विपरीत बनेका भवनलाई सबलीकरण गरी मापदण्डभित्र पार्न ऐनमा व्यवस्था भएको बताउँदै उहाँले सार्वजनिक भवन महिला, बालबालिका, आपङ्गता र ज्येष्ठ नागरिकमैत्री हुने धारणा राख्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?