धादिङको सल्यानटारमा तरकारी बोकेको गाडी दुर्घटना, एक घाइते

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 1 min

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-२ खोल्सीमा तरकारी बोकेको गाडी दुर्घटना हुँदा एक जना घाईते भएको छ ।  घाइते  हुनेमा धादिङ निलकण्ठ नगरपालिका-८ का मदिन मियाँ घाईते भएका छन् ।

उनलाई उपचारको लागि सल्यानटारतर्फ पठाईएको छ । खोल्सी चोकस्थित भित्री सडक खण्डबाट खसेको गाडी रुखमा अडिएको थियो  ।

आज बिहान धादिङबेशीबाट सल्यानटारतर्फ जादै गरेको बा २१ च ३५२६ नम्बरको तरकारी लोड भएको (हाति)गाडी आफै अनियन्त्रित भई सडकबाट तल खसेको जिल्ला  प्रहरी  कार्यालय  धादिङले जनाएको छ । घाईतेको बायाँ कानमा चोट लागेको छ । अवस्था मध्यम रहेको इलाका प्रहरी कार्यालय सल्यानटारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?