स्थानिय तह मुल्यांकन नतिजा : कार्य सम्पादनमा सोरु वित्तिय सुशासन र संस्थागतमा मुगम कार्मारोङ्ग पहिलो

मुगु । कार्यसम्पादन मूल्यांकनमा मुगु ४ वटा स्थानीय तह मध्ये सोरु गाउँपालिका पहिलो भएको छ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ को कार्यसम्पादन मूल्यांकन विवरण अनुसार ६१ दशमलव २ अंक प्राप्त गर्दै सोरु गाउँपालिका जिल्ला मै पहिलो भएको हो ।

यसै गरि कार्य सम्पादन मुल्यान्कनमा ४८ दशमलव १ अंक ल्याएर मुगम कार्मारोङ्ग गाउँपाकिका दोस्राे, ४३ दशमलव २ अंक ल्याएर छायानाथ रारा नगरपालिका तेस्राे हुँदै गर्दा खत्याड गाउँपालिकाले ४२ दशमलव १ अंक प्राप्त गरेको छ । आयोगले माघ ३० गते कार्यसम्पादन मूल्यांकनको आधारमा प्रदेश सरकार र स्थानीय तहले प्राप्त गरेको अंक सम्बन्धी विवरण प्रकाशित गरेको थियो । यहि प्राप्त अंकका आधारमा आयोगले प्रदेश सरकार तथा स्थानिय तहहरुलाइ अनुदान दिने गर्दछ ।

प्रदेश सरकार तथा स्थानिय तहहरुको कार्य सम्पादन मुल्यांकन गर्न आयोगले १७ सुचकहरु तोकेको छ ।

वित्तिय सुशासनमा मुगम कार्मारोङ्ग पहिलो

स्थानिय तह वित्तिय सुशासन जोखिम मुल्यांकन(एफआरए) २०८०/०८१ मा मुगु जिल्लाका स्थानिय तहहरु मध्य मुगम कार्मारोङ्गमा वित्तिय सुशासन देखिएको छ । ५ वटा सुचकमा रहेर गरिएको मुल्यांकन अनुसार मुगम कार्मारोङ्ग गाउपालिकाले ९१ दशमलव ५ अंक प्राप्त गरेर पहिलो, छायानाथ रारा नगरपालिकाले ९० दशमलव ५ अंक ल्याएर दोस्राे भएको छ भने सोरु गाउँपालिकाले ८३ अंक ल्याएर तेस्राे हुँदै गर्दा खत्याड गाउँपालिकाले ८२ अंक ल्याएको छ ।

संस्थागत मुल्याकनमा पनि मुगम कार्मारोङ्ग नै अगाडि

स्थानिय तह सस्थागत क्षमता स्वमुल्यांकन (लिसा)२०८०/०८१ मा पनि मुगु जिल्लाका चार स्थानिय तहहरु मध्य मुगम कार्मारोङ्ग गाउँपालिका पहिलो भएको छ । मुगम कार्मारोङ्ग गाउपालिकाले लिसामा मुल्यांकनमा तोकिएका १० वटा विषय तथा क्षेत्रमा ८९ अंक ल्याउदै प्रथम हुन सफल भएको हो ।

खत्याड गाउपालिकाले ८५ दशमलव ५ अंक ल्याएर दोर्सो हुँदै गर्दा ८४ दशमलव २५ अंक ल्याएर छायानाथ रारा नगरपालिका तेस्राे भएको छ भने सोरु गाउँपालिकाले ८१ दशमलव २५ अंक ल्याएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
1 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?