सुर्खेत । जिल्लाका स्थानीय तहहरुमध्ये कार्य सम्पादनमा वीरेन्द्रनगर नगरपालिकालाई समेत गुर्भाकोटनगरपालिकाले उछिनेको छ । प्रदेश राजधानीमा रहेको वीरेन्द्रनगरभन्दा गुर्भाकोट कार्य सम्पादनमा अघि देखिएको हो ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको स्थानीयतहको कार्य सम्पादन मुल्यांकनको नतिजाअनुसार यस्तो देखिएको हो ।
हरेक वर्ष स्थानीय तहको कार्य सम्पादन मुल्यांकन सार्वजनिक गर्दै आएको आयोगले आर्थिक वर्ष २०८०-०८१ को नतिजा सार्वजनिक गरेको छ ।
५ नगरपालिका र ४ गाउँपालिका रहेको सुर्खेतमा कार्य सम्पादन मुल्यांकनमा गुर्भाकोट नगरपालिका पहिलो हुँदा प्रदेशको राजधानीको नगरपालिका वीरेन्द्रनगर तेस्रो भएको हो । जिल्लाको चौकुने गाउँपालिका भन्दा कमजोर अंक पञ्चपुरी नगरपालिकाले ल्याउँदा सबैभन्दा अन्तिममा बराहताल गाउँपालिका छ । प्राप्त अंकमा गुर्भाकोट नगरपालिकाले ६९.९ अंकसहित पहिलो बनेको हो ।
दोस्रोमा रहेको लेकवेशी नगरपालिकाले ६३.५ र वीरेन्द्रनगर ५९.७ अंकसहित तेस्रो नम्बरमा छ । चौथो नम्बरमा रहेको चौकुने गाउँपालिकाले ५४.३, पाँचौमा भेरीगंगा नगरपालिकाले ४७.४, छैटौंमा सिम्ता गाउँपालिकाले ४७ अंक पाएको छ । सातौंमा रहेको चिंगाड गाउँपालिकाले ४३.२ र आठौमा पञ्चपुरी नगरपालिकाको ४१.३ अंक रहेको छ ।
बराहताल गाउँपालिकाको अंक ३८.२ रहेको छ । आयोगले कार्य सम्पादन मुल्यांकनका लागि १७ वटा सुचक तोकेको थियो । तीनै सुचकको आधारमा स्थानीय तहको कार्य सम्पादन मुल्यांकन आयोगले गर्दै आएको छ । सूचकहरुमा नगर तथा गाउँ कार्यपालिको हरेक वर्ष असार १० गते नीति तथा कार्यक्रम र बजेट पेश गरे नगरेको, असार मसान्त भित्र पारित गरे-नगरेको र आय व्यय प्रक्षेपण गरिएको तथ्याङ्कसहितको विवरण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेस गरे-नगरेको बिषय रहेका छन् ।
यस्तै बजेट कार्यान्वयनको वार्षिक समिक्षा गरी कार्तिक मसान्तभित्र सार्वजनिक गरे-नगरेको, राजश्व संकलनको प्रक्षेपित लक्ष्य, यथार्थ राजश्व संकलन रकम, मुल्यांकन गरिएको अघिल्लो आर्थिक वर्षको यथार्थ राजश्व संकलन रकम खुलाएको हुनुपर्ने सूचकमा समावेश छ ।
सूचकहरुमा कुलविनियोजित र खर्च रकम, कुल पुँजिगत विनियोजन र खर्च, लेखापरीक्षण भएको रकम, कायमभएको बेरुजु रकम र स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली सुत्रको प्रयोग गरे-नगरेकोलगायत रहेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच