काठमाडाैं । नेपाल सन् २०२६ मा अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने भएको छ ।
शुक्रवार सिंहदरबारमा बसेको राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिमा नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने सम्बन्धमा अध्ययन गर्न गठित उपसमितिले अध्ययन प्रतिवेदन बुझउँदै उक्त जानकारी दिएको हो । समितिमा एलडिसी अध्ययन प्रतिवेदन बुझाँउदै उपसमितिकी संयोजक सांसद अञ्जान शाक्यले नेपाल सन् २०२६ नोभेम्बर २४ मा अतिकम विकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने जानकारी दिनुभयो ।
उहाँले स्तरोन्नतिबाट नेपाललाई प्राप्त हुने अवसर, त्यसले नेपाललाई पार्ने प्रभाव र प्रभावको समुचित व्यवस्थापनको भइरहेका कामहरुबारे उपसाितिले अध्ययन गरी प्रतिवेदन तयार पारिएको बताउनु भयो । उहाँले अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति भएसँगै नेपाली जनता र नेपालको सम्मान बढ्ने र नयाँ अवसरहरु सिर्जना हुने बताउनु भयो । उहाँले नेपाल विकासशील राष्ट्रमा स्तरोन्नति भएसँगै विश्व समुदायले नेपाललाई हेर्ने दृष्टिकोणमा समेत सकारात्मक प्रभाव पर्ने बताउनु भयो । विकासशील राष्ट्र भएसँगै नेपालमा वैदेशिक लगानी र विकास सहायता परिचालनमा वृद्धि हुने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘समितिको वार्षिक कार्ययोजनाअनुसार नेपाल अतिकम विकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने सम्बन्धमा अध्ययन गरेको छ । नेपाल सन् २०२६ नोभेम्बर २४ मा अतिकम विकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नती हुँदैछ । स्तरोन्नतीबाट नेपाललाई प्राप्त हुने अवसर, त्यसले नेपाललाई पार्ने र प्रभाव र प्रभावको समुचित व्यवस्थापनको लागि नेपाल सरकारबाट भइरहेका कामकारबाहीहरुको बारेमा नेपाल सरकारका सम्बन्धीत मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र अन्य मन्त्रालय तथा आयोग र निजी क्षेत्र एवं सरोकारवाला निकायहरुसँग उपसमितिले घनिभुत रुपमा छलफल गरेर जानकारी लिएको छ । स्तरोन्नतीले नेपाल र नेपालीको सम्मान बढ्ने र नयाँ अवसरहरुको सिर्जना गर्नेछ । सँगसँगै अन्तरराष्ट्रिय समूदायले नेपाललाई हेरिरहेको दृष्टिमा पनि सुधार आउनेछ । अन्तर्राष्ट्रिय जगतबाट नेपाललाई हेर्ने उचाई बढ्नेछ । सिर्जित प्रभावको सहज व्यवस्थापन एवं अवसरको सदुपयोगको लागि वैदेशीक लगानी र विकास सहायता परिचालन एफडिआई र अन्तरराष्ट्रिय व्यापार प्रवर्द्धनको क्षेत्रमा अवसरहरु बढ्ने छ ।’
नेपालले प्राप्त अवसरहरुको सदुपयोग गर्न नीति, कानून, रणनीति र कार्यविधिको परिमार्जन तथा संस्थागत एवं संरचनागत सुधार गर्न आवश्यक रहेको उहाँको भनाइ छ । समितिले उक्त प्रतिवेदनको आवश्यक अध्ययन गरि सरकारलाई निर्देशन दिने बताएको छ ।
समिति सचिव डा. रोजनाथ पाण्डेले विकासशील राष्ट्रमा स्तरोन्नति भइसकेपछि प्राप्त हुने अवसरहरुबारे गम्भिर रुपमा अध्ययन गर्न जरुरी रहेको बताउनु भयो । उहाँले स्तरोन्नति भएसँगै प्राप्त हुने अवसर, यसले पार्ने प्रभाव लगायतका विषयमा अध्ययन गरेर उपसमितिले प्रतिवेदन तयार पारेको बताउनु भयो ।
उहाँले स्तरोन्नति भएको कुरालाई फेरि फर्किन नदिई यसको दिगोपना कायम गर्न सरकारी क्षेत्र र निजी क्षेत्रको बीचमा समन्वय हुन जरुरी रहेको समेत बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच