
नयाँदिल्ली । इण्डियन प्रिमियर लिग (आइपिएल)को १८औं सिजन मार्च २२ बाट सुरु हुनेभएको छ । उद्घाटन र फाइनल खेल डिफेन्डिङ च्याम्पियन कोलकाता नाइट राइडर्स (केकेआर)को घरेलु मैदान इडेन गार्डेनमा हुनेछ । पहिलो खेलमा केकेआरले रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)सँग प्रतिस्पर्धा गर्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
आइपिएलको पूर्ण तालिका केही दिनमा सार्वजनिक हुनेछ । त्यसअघि नै फ्रेन्चाइज टोलीहरूलाई महत्वपूर्ण खेलबारे जानकारी गराइएको छ । कोलकाताले सन् २०२४ को फाइनलमा सनराइजर्स हैदरावादलाई हराएर उपाधि जितेको थियो । यसपटक हैदरावादमा दुई प्लेअफ खेल हुनेछन् । हैदरावादले पनि घरेलु मैदानबाट सुरुवात गर्नेछ, १७औं सिजनको उपविजेता सनराइजर्स हैदरावादले पनि घरेलु मैदान उप्पलबाट आफ्नो अभियान सुरु गर्नेछ । उसले मार्च २३ मा राजस्थान रोयल्ससँग खेल्नेछ । गत सिजनको क्वालिफायर-२ मा दुवै टोली भिडेका थिए । उक्त खेलमा हैदरावाद विजयी हुँदै फाइनलमा प्रवेश गरेको छ ।
आइपिएल फाइनलको उद्घाटन र अन्तिम खेल मे २५ मा डिफेन्डिङ च्याम्पियन टिमको घरेलु मैदान कोलकातामा हुनेछ । यसपटक दुवै महत्वपूर्ण खेल कोलकाताको इडेन गार्डेन स्टेडियममा हुनेछन् । फाइनल मे २५ मा हुनेछ । क्वालिफायर–२ कोलकातामा नै हुनेछ । जबकि क्वालिफायर-१ र एलिमिनेटर अघिल्लो उपविजेता एसआरएचको घरेलु मैदान हैदरावादमा खेलाइनेछ । १० टोलीले १२ स्थानमा प्रतिस्पर्धा गर्नेछन् भने १० टोलीको घरेलु मैदानका अलावा गुवाहाटी र धर्मशालामा पनि खेल हुनेछन् । गुवाहाटी राजस्थान रोयल्स (आरआर) को दोस्रो घरेलु मैदान हो, टोलीले यहाँ दुई खेल खेल्नेछ । टोलीले मार्च २६ मा कोलकाता र ३० मार्चमा चेन्नईसँग खेल्नेछ । धर्मशाला पंजाब किंग्सको दोस्रो घरेलु मैदान हो । टोलीले यहाँ तीन खेल खेल्नेछ ।
१० टोलीका बाँकी घरेलु मैदान अहमदाबाद, मुम्बई, चेन्नई, बैंगलोर, लखनऊ, मुल्लानपुर, दिल्ली, जयपुर, कोलकाता र हैदरावाद हुन् । सिजनका बाँकी खेलहरू यहाँ खेलाइनेछन् । प्रतियोगितामा १० टोलीबीच कुल ७४ खेल हुनेछन् । भारतको फ्रेन्चाइजी क्रिकेट प्रतियोगितामा चेन्नई र मुम्बईले सर्वाधिक उपाधि जितेको छ । यो प्रत्येक वर्ष मार्चदेखि मे सम्म टी-२० ढाँचामा आइपिएल खेलिन्छ ।
रजत पाटीदार आरसिबीको कप्तान
रजत पाटीदार रोयल च्यालेन्जर्स बैंग्लोरको नयाँ कप्तानमा नियुक्त हुनुभएको छ । फ्रेन्चाइजीले बिहीबार एक्स पोष्टमार्फत् रजतलाई नयाँ कप्तान घोषणा गरेको हो । यसअघि विराट कोहलीलाई कप्तान बनाउने अड्कलबाजी थियो । फ्रेन्चाइजीले कोहलीको एउटा भिडियो शेयर गरेको छ, जसमा उहाँले पाटीदारलाई कप्तान बनाएकोमा बधाई दिनुभएको छ । ३१ वर्षीय पाटीदारले फाफ डु प्लेसिसको स्थान लिनु हुनेछ । डु प्लेसिसले २०२२ देखि २०२४ सिजनसम्म आरसीबीको कप्तानी गर्नुभएको थियो । रजत २०२१ देखि टोलीमा हुनुहुन्छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच