
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को खेलाडी अक्सन फागुन १० गते हुने भएको छ । नेपाल स्पोर्टस एण्ड इभेन्ट्स म्यानेजमेन्टको आयोजनामा हुने प्रतियोगिताको तेस्रो संस्करणका लागि खेलाडी अक्सनको मिति तय भएको हो । तेस्रो संस्करणको एनएसएलमा सातवटा टिम सहभागि हुने भएका छन् । साविक विजेता ललितपुर सिटी एफसीसँगै, काठमाडौं रेजर्स एफसी, झापा एफसी, एफसी चितवन, पोखरा थन्डर्स एफसी, बुटवल लुम्बिनी एफसी र धनगढी एफसी छन् । पछिल्लो संस्करण खेलेका स्पोर्टिङ इलाम र वीरगञ्ज युनाइटेड भने यो संस्करणमा नहुने भएका छन् ।
प्रत्येक टिममा २२ देखि २३ खेलाडी हुनुपर्नेछ । अक्सनमा खेलाडी अनुबन्ध गर्दा एक मार्की खेलाडी, दुई देखि तीन जनासम्म ‘ए’ क्याटेगोरीका खेलाडी र ६ जना ‘बी’ क्याटेगोरिका खेलाडी अनुबन्ध गर्नुपर्नेछ ।
यस्तै ‘सी’ क्याटेगोरीबाट चारजना र ‘डी’ क्याटेगोरीबाट एकजना खेलाडी अनुबन्ध गर्नुपर्नेछ । त्यस्तै विदेशी खेलाडी हरेक टिमले ६ जनासम्म अनुबन्ध गर्न पाउने भएपनि एकजना एसियाली देशकै हुनुपर्नेछ । एकजना गैरआवासीय नेपाली खेलाडी पनि अनुबन्ध गर्न सकिनेछ । तर, यसका लागि अनिवार्य गरिएको छैन । एकजना नयाँ खेलाडीलाई भने टिममा राख्नै पर्ने प्रावधान गरिएको छ ।
अहिलेसम्म झापा एफसी, ललितपुर सिटी एफसी र एफसी चितवनले प्रशिक्षक घोषणा नै गरिसकेका छन् । अब काठमाडौं रेजर्स, पोखरा थण्डर्स, धनगढी एफसी र बुटवल लुम्बिनी एफसीले मात्र प्रशिक्षक सार्वजनिक गर्न बाँकी छ । तेस्रो संस्करणको एनएसएल आगामी मार्च २९ (चैत १६)बाट सुरु हुँदैछ ।
लिगको पहिलो संस्करणमा सात टिमले प्रतिस्पर्धा गरेका भए पनि दोस्रो संस्करणमा नौ टोलीले एनएसएल खेलेका थिए । पहिलो संस्करण खेलेको विराटनगरले दोस्रो संस्करण खेलेको थिएन । त्यसैले दोस्रो संस्करणमा तीन टिम थपिए पनि नौ टिमले खेलेका थिए । अब चैतमा हुने भनिएको तेस्रो संस्करणमा फेरि सात टिमले मात्र खेल्ने भएका हुन् ।
विराटनगरले अहिले पनि खेल्ने छैन । यससँगै पूर्वको तीममध्ये अब झापाले मात्रै खेल्ने भएको हो । झापा दोस्रो संस्करणमा थपिएको टिम हो । यस्तै पहिलो संस्करणक खेलेका ६ टोली काठमाडौं रेजर्स एफसी, ललितपुर सिटी एफसी, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसीसहित दोस्रो संस्करणमा थपिएको झापा एफसीले तेस्रो संस्करण खेल्नेछन् ।
इण्डियन सुपर लिग (आईएसएल)को शैलीमा नेपालमा पहिलोपटक २०७७ सालमा सुरु भएको नेपाल सुपर लिग (एनएसएस) को गतवर्ष दोस्रो संस्करण सञ्चालन भयो । दोस्रो संस्करण २०२३ नोभेम्बर २४ देखि डिसेम्बर ३० (२०८० मंसिर ८ देखि पुस १४ गते) सम्म काठमाडौंमा भएको थियो । नेपाली फुटबल पिरामिडमा शहीद स्मारक ‘ए’ डिभिजन लिग शीर्ष श्रेणीको फुटबल लिग हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच