
काठमाडौं । नेपाली युवा फुटबल टोलीले चीनको युनान युथ फुटबल टोलीसँगको मैत्रीपूर्ण खेलमा जित्नका लागि खेल्ने बताएको छ । चिनियाँ नयाँ वर्षको अवसरमा नेपालीको युवा टोली र चीनको युनान प्रान्तबीच शनिबार मैत्रीपूर्ण फुटबल खेल हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने मैत्रीपूर्ण खेलमा डिफेन्डर सिमान्त थापामगरले नेपाली टोलीको नेतृत्व गर्दै हुनुहुन्छ । खेलअघि शुक्रबार आयोजना भएको पत्रकार सम्मेलनमा सिमान्तलाई कप्तान घोषणा गरिएको हो । नेपाली टोलीको प्रशिक्षकमा राजेश शाही हुनुहुन्छ । उक्त मैत्रीपूर्ण खेलमा यसपल्ट पनि नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको छ ।
पछिल्लो भेटमा भने नेपालले पाहुना टोलीमाथि ५-१ को जित निकालेको थियो । यद्यपि, यसपल्ट दर्शकले प्रतिष्पर्धा खेल हेर्न पाउने युनान युथ टोलीले विश्वास व्यक्त गरेको छ । यसअघि पत्रकार सम्मेलनमा पनि चिनियाँ दुतावासले यसपल्ट राम्रो टोली नेपाल आएको उल्लेख गरिसकेको छ । आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले पनि उमेरसमूहका ४५ खेलाडीको बन्द प्रशिक्षणबाट युवा टोली घोषणा गरेको हो । जसको नेतृत्व पछिल्लो समय उत्कृष्ट प्रदर्शन गर्दै आएका सीमान्तले गर्ने भएका छन् ।
यसअघि सन् २०२२ मा श्रीलंकामा भएको साफ यु-१७ च्याम्पियनसिपमा नियमित कप्तान प्रशान्त लक्षम अनुपस्थित हुँदा सीमान्तले नै कप्तानी जिम्मेवारी निर्वाह गर्नुभएको थियो । सिमान्तले गत वर्ष घरेलु मैदानमै भएको साफ यु-२० च्याम्पियनसिप पनि खेल्नुभएको थियो । उहाँले एएफसी यु-२० कप छनोटमा पनि नेपालको प्रतिनिधित्व गरिसक्नुभएको छ । उक्त मैत्रीपूर्ण खेल दशरथ रंगशालामा शनिबार दिउँसो २ः३० मा शुरु हुनेछ । यो मैत्रीपूर्ण खेलको लागि प्रशिक्षक राजेश शाहीले गत मंगलवार २३ सदस्यीय युवा टोली घोषणा गर्नुभएको थियो ।
नेपाली टोलीमा तीन गोलकिपरः जियारथ शेख, कृषल मोक्तान, विशाल केसी तथा डिफेन्डरमा सिमान्त थापामगर (कप्तान), सविन घिमिरे, राम थापा, विशाल नेपाली, अश्विन घोरासैनी, विक्रम तामाङ हुनुहुन्छ । मिडफिल्डरमा सरोज दार्लामी, लक्षु थापा, कृष्ण आले, ओमप्रकाश बम, सविन लुंगेली, आशिष राई, विक्रम गौतम, धर्मेन्द्र कुँवर तथा फरवार्डमा : निराजन धामी, सुजन मगर, नीरज कार्की, निरोज चौधरी, श्यरब लो तामाङ र विज्ञान खड्का रहनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच