
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नातिकाजी राष्ट्रिय संगीत सम्मान तथा पुरस्कार वितरण गर्नुभएको छ । राष्ट्रपति कार्यालयमा आयोजित नातिकाजी राष्ट्रिय संगीत सम्मान तथा पुरस्कार वितरण समारोह २०८० मा उहाँले विभिन्न स्रष्टा सर्जकलाई सम्मान तथा पुरस्कार वितरण गर्नुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कला, साहित्य र संगीतले समाजमा एकता, सहिष्णुता र समृद्धिको विकासमा योगदान पुर्याउने बताउनुभयो ।
राष्ट्रपति पौडेलले कलाकार, सिर्जना र संस्कृति राष्ट्रका निधि भएको बताउँदै भन्नुभयोे, ‘बहुजाति, बहुभाषा, बहुसंस्कृति र अनुपम भौगोलिक विविधता रहेको नेपालमा साहित्य, कला, गीतसंगीत आपसमा प्रेम, मित्रता र भ्रातृत्व बढाउँदै राष्ट्रिय एकतालाई बलियो बनाउने आधार हो ।’
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्री पाण्डेले नातिकाजी शब्द, संगीत र स्वर सबैको कालजयी त्रिवेणी भएको चर्चा गर्नुभएको थियो ।
नातिकाजी स्मृति समाजद्वारा आयोजित समारोहमा सञ्चारकर्मी तथा प्रस्तोता धन लामा, लोकगायक बोमबहादुर कार्की, संगीत प्रवद्र्धक प्रकाश सायमी, सितारवाधक ज्ञानुराधा गोर्खाली, गीतकार बुद्धवीर लामा, गायक दिवाकर खड्का, गीतकार किरण केसी र गायिका यशोदा पराजुलीलाई नातिकाजी राष्ट्रिय विशिष्ट संगीत सम्मान प्रदान गरिएको थियो ।
नातिकाजी राष्ट्रिय संगीत पुुरस्कार गायक हिमाल सागर, गायिका विन्दु परियार, गीतकार बी पाण्डे, संगीतकार आशिष अविरल र संगीत संयोजक सम्राट थापालाई प्रदान गरिएको छ । नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कारबाट गीत रेकर्डिस्ट भोला पौडेल, गायक डेभिड शंकर, गायिका स्मिता दाहाल र संगीतकार कल्याण सिंह पुरस्कृत हुनुभएको छ ।
यस्तै, नातिकाजी राष्ट्रिय शास्त्रीय संगीत पुरस्कार रमेश पोखरेललाई प्रदान गरिएको छ । नातिकाजी राष्ट्रिय लोकसंगीत पुरस्कार रामप्रसाद अवस्थी, सुष्मा शाही ठकुरी र कृष्ण विकलाई प्रदान गरिएको थियो ।
नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार कला पत्रकार सुकृत नेपाल र सुशील अर्याललाई प्रदान गरिएको छ । लेखक विमल भौकाजी, संगीत साधना प्रतिष्ठान इटहरीका अर्जुन केसी, संगीत साधक अमीर सुनार र सन्तबहादुर गिरीलाई नातिकाजी राष्ट्रिय योगदान सम्मान प्रदान गरिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच