
काठमाडौं । नेपाल धितोपत्र बोर्डले पियोर इनर्जी लिमिटेडलाई आइपिओ निष्कासनको अनुमति दिएको छ । बोर्डले शुक्रबार कम्पनीलाई आइपिओ निष्कासनको अनुमति प्रदान गरेको कम्पनीले जनाएको छ । बोर्डबाट अनुमति पाएसँगै अब कम्पनीले १६ करोड रुपैयाँ बराबरको १६ लाख कित्ता सेयर निष्कासन गर्नेछ । कम्पनीको कुल चुक्ता पुँजी ८० करोड रहेको छ । जसमा संस्थापकको ८० प्रतिशत स्वामित्व रहेको छ भने २० प्रतिशत सेयर सर्वसाधारणका लागि निष्कासन गर्न नबिल इन्भेष्टमेन्ट बिक्री प्रबन्धकमा नियुक्त भइसकेको छ ।
कम्पनीका अनुसार पियोर इनर्जी गोल्यान ग्रुपअन्तर्गतको सोलार कम्पनी हो । कम्पनीले बाँकेमा १० मेगावाटका दुर्ईवटा सोलार आयोजना सञ्चालन गरिरहेको छ । दुवै आयोजनाले २०८० सालदेखि नै व्यापारिक उत्पादन गरिरहेका छन् । २० मेगावाट क्षमतासहित पियोर इनर्जी हालसम्म सबैभन्दा धेरै सौर्य ऊर्जा उत्पादन गर्ने कम्पनी हो । कुल १३ बिघा क्षेत्रफलमा फैलिएको परियोजना विगत तीन वर्षदेखि निरन्तर नाफामा रहेको छ ।
२० मेगावाट क्षमतासहित पियोर इनर्जी हालसम्म सबैभन्दा धेरै सौर्य ऊर्जा उत्पादक कम्पनी हो । कम्पनीको सौर्य ऊर्जा प्लान्ट कुल १३ बिघा क्षेत्रफलमा फैलिएको छ ।
नेपालमा ऊर्जा उत्पादनका अनुकूल सौर्य स्रोतहरू रहेका छन् । विश्वका धेरै देशहरूले पछिल्लो समयमा दिगो ऊर्जाका लागि सौर्य ऊर्जामा जोड दिँदै आएका छन् । सौर्य ऊर्जा उत्पादनका हिसाबले नेपालको भूगोल उपयुक्त मानिन्छ । सौर्य ऊर्जा हाम्रो जस्तो देशका लागि उपहारस्वरूप नै हो । नेपालको उच्च भेगमा बाँझो जमिन धेरै छ । जति उचाइमा गयो, सोलारबाट त्यति धेरै ऊर्जा उत्पादन हुन्छ । नेपालले सौर्य ऊर्जाबाट विद्युत् उत्पादन क्षमता वृद्धि गर्न सकेको खण्डमा व्यापार असन्तुलन घटाउन सकिनेछ । घाम निःशुल्क पाइने भएकाले सौर्य ऊर्जा महँगो पनि छैन । नेपालमा दैनिक औसत ४.७ किलोवाट युनिट प्रतिवर्गमिटर सौर्य ऊर्जा उत्पादन क्षमता रहेको बताइन्छ । नेपालमा करिब १० लाख ३० हजार हेक्टर बाँझो जमिन छ । जसको एक-दुई प्रतिशतमात्र उपयोग गर्न सकेको खण्डमा सयौं मेगावाट सौर्य ऊर्जा उत्पादन गर्न सकिन्छ । राम्रो घाम लाग्ने १० वर्गमिटर क्षेत्रबाट सोलार प्यानल जडान गरी प्रतिदिन चारदेखि पाँच युनिट सौर्य विद्युत् ऊर्जा उत्पादन गर्न सकिन्छ ।
नेपालको विविधतायुक्त भूगोलमा जाडोयाममा पनि पारिलो घाम लाग्ने भएकाले सौर्य ऊर्जा प्रभावकारी छ । सौर्य ऊर्जा पश्चिम नेपालमा जहाँ हिउँदमा हुस्सु त्यति लाग्दैन । तीन सय ६५ दिनमै पश्चिम नेपालमा तीन सय दिन मौसम सफा नै रहन्छ । सुक्खा तथा हिउँदको समयमा सौर्य प्रणालीबाट ऊर्जा उत्पादन हुँदा माग व्यवस्थापनमा पनि सहज हुन्छ । जसले गर्दा ऊर्जाको माग र आपूर्तिबीचको खाडल कम गरी ऊर्जामा आत्मनिर्भर बन्न सकिन्छ ।
सौर्य ऊर्जा उत्पादनको लागत हाइड्रोपावरभन्दा सस्तो अर्थात् कम लागतमै निर्माण गर्न सकिन्छ । हाइड्रोपावर निर्माणमा १८ देखि २० करोड लागत हुन्छ भने सोलार साढे छदेखि सात करोडमै निर्माण गर्न सकिन्छ । एकपटक लगानी गरेपछि ३० वर्षसम्म निरन्तर उत्पादन लिन सकिन्छ । सौर्य ऊर्जा हाइड्रोजस्तो हुँदैन छ महिनादेखि एक वर्षमा निर्माण भएर प्रयोगमा ल्याउन सकिन्छ भने हाइड्रोमा साढे तीनदेखि चार वर्ष लाग्छ ।
छरिएर बसेका समुदाय अर्थात् ग्रिड पुग्न नसकेका दुर्गम क्षेत्रमा सौर्य ऊर्जा सुलभ माध्यम बन्न सक्छ । शहरी क्षेत्रमा घरको छतमा सोलार प्यानल लगाएर पनि उत्पादन गर्न सकिन्छ ।
प्राकृतिक विपत्तिको जोखिममा रहेको नेपालमा सौर्य ऊर्जा उपयोगी हुन्छ, किनभने सौर्य ऊर्जामा प्राकृतिक प्रकोप जस्तै बाढी, पहिरो, भूकम्पबाट खासै क्षति हुँदैन । नेपालमा ८३ हजार मेगावाट जलविद्युत् र ठूलोमात्रामा सौर्य ऊर्जा उत्पादन क्षमता रहेको भनिए पनि हाल उत्पादन र खपत अवस्था एकदमै नगन्य रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच