
पार्कमा मानिसको उपस्थिति फाट्टफुट्टमात्र थियो । प्रायः बेञ्च खाली थिए । एउटा बेञ्चमा असजिलो ढंगले बसेको युवक चिन्तित् झैं देखिन्थ्यो । कुनै परिचितलाई खोजेजसरी उसका आँखा यताउति घुम्दै थिए । त्यस्तैमा अर्को एउटा हँसमुख युवक ऊ बसेको बेञ्चको एक छेउमा आएर बस्यो । पहिलो युवकको अनुहारमा नियाल्दै गरेको उसले चिरपरिचितलाई जसरी सोध्यो-‘निक्कै चिन्तित जस्तो देखिनुहुन्छ ? के भयो ?’
सोधीखोजी गर्ने युवकको अनुहारमा ट्वाल्ल परेर हेर्दै उसले भन्यो, ‘के तपाईं मलाई चिन्नुहुन्छ ?’
‘अँ, किन नचिन्नु ! तपाईं हाम्रै सगोत्री त हो नि !’
‘म कसरी तपाईंको सगोत्री भएँ ?’
‘लाम्चो नाक, चुस्स परेको चिउँडो, रातोपिरो अनुहार, ई मलाई हेर्नुहोस् त, म पनि त्यस्तै त छु नि, होइन र ?’
‘उसो भए भन्नुहोस् न त, म को हुँ ? मैले एकाएक आफ्नो नाम नै बिर्सिए ।’
‘तपाईं सार्है भुलक्कड मानिस हुनुहुँदोरहेछ । त्यति जाबो नाम जान्ने कुरा पनि अरूलाई सोध्नुपर्दछ र ? आफ्नो खल्ती छाम्नुहोस् न, थाहा भइहाल्छ नि !’
‘खल्ती छामेर म को हुँ ? भन्ने कुरा कसरी थाहा हुन्छ ?’
‘आजकल, अरूको कुरा त छोड्नुहोस् महाशय ! खल्ती नछामी मानिसले आफूले आफैँलाई पनि चिन्दैन । तपाईं पनि एकपटक आफ्नो खल्ती छाम्नुहोस् त, आफू को हो भन्ने कुरा भेट्नुहुनेछ ।’
उसले खल्ती छामेर दुईटा एटीएम कार्ड र हालसालै बनाएको राष्ट्रिय परिचयपत्र निकाल्दै भन्यो-‘हेर्नुहोस् त, म पनि कस्तो भुलक्कड भएँछु । मेरो नाम त यहीं लेखिएको रहेछ ।’ कार्डलाई ओल्टाई-पल्टाई नियालेर हेरेको उसले युवकतिर फर्किएर भन्यो-‘तर, यो फोटो मेरो होइन । यसको नाक बाँगो छ ।’
‘नाकको कुरा नगर्नुहोस् महाशय, सग्लो नाक भएको मानिस आजकल कतै पनि भेटिँदैन । इच्छा अनुसारको टिलिक्क परेको खोल नाकमा लगाएरमात्र मानिस घरबाहिर निस्किने गर्दछ । धन्य, तपाईंको नाक त बाँगोमात्र भएछ । एउटा कुरा भन्नुहोस् त, तपाईंले कसरी थाहा पाउनुभयो यो फोटो आफ्नो होइन भन्ने कुरा ? मैले प्रष्ट देखिरहेको छु, फोटो त तपाईंकै हो ! आफ्नो अनुहार कस्तो छ भन्ने कुराको अलिकति पनि सम्झना छैन तपाईंलाई ?’
उसले फोटोलाई पुनः एकपटक ओल्टाई-पल्टाई गर्दै भन्यो, ‘यसरी हाँसेको फोटो मेरो हुन सक्दैन । उमेरको यो अवधिभरी खुशी भएको र हाँसेको कुनै पनि दिनको सम्झना छैन मलाई ।’
‘म को हुँ ?’ भन्ने तिम्रो अनुत्तरित जिज्ञाषाको जवाफ दिने हिम्मत अरू कसैसँग पनि छैन । तिम्रो जिज्ञाषाको निष्कर्ष म दिन्छु । सुन्ने हिम्मत छ भने सुन-तिमी मेरो जीवनको विगतकालखण्ड हौ अनि म वर्तमान । हामी अरू कोही होइनौ, क्रोध, इष्र्या, लोभ र मोहका गुलाम, स्वार्थको पराकाष्ठा, असंयमित काम बासनामा भौँतारिँंदै गरेका जीवित पुत्लामात्र हौँ । तिमी र म मा केही फरक छैन । हामी दुई एकै हौँ ।
दोस्रो युवकले हाँस्दै भन्यो-‘तपाईं मानिस गज्जबको हुनुहुँदो रहेछ, घतलाग्दो कुरा गर्नुभयो । मानिसको चोला खुशी हुनका लागि जन्मिएकै होइन, अनि कसरी खुशी हुन्छ ? तर, मानिस अभिनय गर्न यति सिपालु हुन्छ कि, अघिपछि जे जस्तो होस्, फोटो खिचाउँन बस्दा नाकमा खोल हाल्न र अरूहरूलाई खुशी छु भन्ने भ्रम छर्न हाँसेको स्वांग पार्न बिर्सिँदैन । तपाईंले पनि त्यसै गर्नु भएको होला ?’
‘तपाईंको बोल्ने शैली बडो रोचक र प्रभावशाली लाग्यो मलाई । तपाईंको जीवन पनि यस्तै रंगिन छ होला, होगि ?’
‘जीवन आफ्नो हो । यसलाई रंगिन बनाउने कि उजाड, यो कुरा आफ्नै सोच र ब्यबहारमा निर्भर हुन्छ । एउटा कुरा बुझिराख्नुहोस् महाशय, तपाईं आफू हाँस्नु भयो भनेमात्र अरूहरूले हाँसेर जवाफ फर्काउनेछन् । यो संसार त्यसरी नै प्रतिध्वनित हुन्छ जस्तो प्रदर्शन तपाईं गर्नुहुन्छ । त्यसैले उज्यालो अनुहार पारेर हाँस्नुहोस्, नाच्नुहोस् र रमाउनुहोस् । यही नै हो सफल जीवनको परिभाषा पनि ।’
‘सफल जीवन, हाँसो र खुशी ? मलाई त, त्यस्तो सम्भावनासँग कुनै दिन जम्काभेट भएको सम्झनासम्म पनि छैन ।’ क्षणभर घोरिँंदै भन्यो– ‘साइकलमा उधोमुन्टो पारेर झुन्ड्याएका कुखुरा बगडेकोमा लैजाँदै गरेको दृश्य त देख्नु भएको छ नि ? हो, मेरा थोरै तिना हाँसो र खुशीका सपना पनि बगडेले गर्दन निमोठेका तिनै उँधोमुन्टो परेका कुखुरा जसरी भस्याक-भुसुक मरेर गए । अनि कसरी पत्याउँ, हाँसेको यो फोटो मेरो नै हो भन्ने कुरा ?’
‘मैले भनेको कुरा पत्याउनु भएन जस्तो छ । उसो भए ऊ त्यहाँभित्र गएर आफ्नो अनुहार हेर्नुहोस् । तपाईंलाई यकिन हुनेछ भन्दै पार्कको वासरुम भएतिर औंला तेस्र्यायो ।’
‘के ऐना नहेरी आफूलाई चिन्न सकिँदैन ?’
‘हृया ! तपाईं त अचम्मको मानिस हुनुहुँदो रहेछ ! बाहिरका सुन्दर दृश्य हेर्न बनेका मानिसका आँखा, के आफ्नो अनुहार हेर्न पछाडि फर्किन्छन् त ? आफूले आफूलाई कस्तो छु भनेर हेर्नका लागि ऐना अगाडि त उभिन्यै पर्यो नि !’
आज्ञाकारी बच्चा जसरी ऊ बिस्तारै वासरुममतर्फ लाग्यो । ऐना अगाडि उभिएर ऐनामा देखिएको व्यक्तिलाई निकै बेरसम्म नियालेर हे¥यो । ऐनाभित्रको व्यक्तिले पनि उसलाई नियालेर हेरिरहृयो । उसले एकाएक मुख बंग्याएर जिब्रो निकाल्दै ऐना भित्रको व्यक्तिवलाई जिस्क्यायो ।
भित्रको व्यक्तित्वले पनि उसैगरी जिस्क्याउँदा, गाउँघरमा फेरी लाउँदै हिँड्ने जोगीलाई देख्दा बिच्किएको भैंसी जसरी वासरुमबाट हत्तनपत्त कुधेर पार्कको अर्को कुनामा पुग्यो ।
–––––
पार्कको अर्को कुनामा पुगेको युवकले, ‘म को हुँ’ भनेर सोध्न कुनै मानिस् देखिन्छ कि भन्दै यताउता हेर्यो ।
कुनाको एउटा बेञ्चमा टोलाएर एक्लै बसेका थियो एकजना प्रौढ व्यक्ति । नजिकै पुगेको युवकले नियालेर हेर्यो । प्रौढ व्यक्ति आफ्नो मुख यसरी चलाइरहेका थिए कि लाग्थ्यो कुनै स्वादिस्ट पकवानको स्वाद लिइरहेका छन् । युवकलाई देखेपश्चात् कालो बादल मडारीरहेको आकाशतिर मुन्टो फर्काएर जलबायु विज्ञले जसरी घोषणा गरे- ‘आजको दिन सफा रहनेछ ।’
युवकले भन्यो, ‘अहिल्यै पानी ओइरिएला जस्तो छ, तपाईं भने दिन सफा हुन्छ भन्दै हुनुहुन्छ । तपाईं भूत, वर्तमान र भविष्य पढ्न सक्ने त्रिकालदर्शी हो क्या रे ? मलाई एउटा अभर परेको छ, लौ न, मेरो समस्याको समाधान गरिदिनुहोस् ! भन्नुहोस् न, के तपाईं मलाई चिन्नु हुन्छ ? म को हुँ ?
अहँ, चिन्दिन, को हो तपाईं ?
उसो भए त बडो गडबड भयो, म त ठूलो आश लिएर तपाईंको छेउमा आएको थिएँ ।
कस्तो गडबड ?
म ऊ त्यो बेञ्चमा आएर बसेको थिएँ, अचानक मैले ‘म को हुँ’ भन्ने नै बिर्सिएँ । यो कुरा अप्रत्याशित थियो । त्यो घटनाले म आत्तिएँ । यदि मलाई ‘म को हुँ’ भन्ने कुराको सम्झना नै भएन भने म के गरौंला ! नाम नै सम्झना भएन भने म कहाँ जाउँला । कसैले तिमी को हौ ? भनेर सोधेमा मैले के जवाफ दिउँला ? यही सोचले दिक्दार भएर तपाईंलाई थाहा छ कि भनेर तपाईं नजिक आएको थिए !
मलिन दृष्टिले युवकलाई हेर्दै गरेको मानिसले भन्यो–‘माफ गर्नुहोस् महाशय, म आफैँ बाटो बिराएर यतातिर आइपुगेको हुँ । म आफैँलाई थाहा छैन म को हुँ र, यो कुन ठाउँ हो भन्ने कुरा । भन्नुहोस् त, आफ्नै गन्तव्य बिर्सिएको मानिसले अरूलाई के सहयोग गर्नसक्दछ ?’
अब के गर्ने होला, भन्दै घोरिएर निकै बेरसम्म उभिइरहृयो युवक । त्यस्तै बेला, उसको मनमा एउटा विचार आगोमा राखेको फट्किरी फुरे जसरी अचानक फुर्र फुर्यो । उसले केहीबेर अगाडि पार्कको पल्लो कुनामा भेटिएको हँसमुख युवकलाई सम्झियो । अनि सम्झियो उसका माहान् वाणी ।
बुद्धिको बिर्को ढ्वाक्क खुलेको उसले मनैमनमा निष्कर्ष निकाल्यो, साँच्चिकै हो क्या रे, रुन्चे अनुहार लगाएर सोधेको कुनै पनि कुराको जवाफ मानिसले नदिने रहेछन् ! ‘म को हुँ ?’ यो कुरा जान्नका लागि मैले अब उप्रान्त मरेको बिरालो काखी च्यापेर थिमीको उकालो चड्दै गरेको मानिस जसरी अनुहार खिस्रिक्क नपारी हांसिखुशी भएर ठट्यौली पारामा सोध्नुपर्ने रहेछ । आफूदेखि आफैँ दंग परेको ऊ प्रसन्न चित्तले अर्को पार्कतर्फ लाग्यो ।
पार्कको चौरमा घाम तापेर बसेका एकजना प्रौढ व्यक्ति रुमालमा राखेका बदाम फुटाएर खाँदै थिए । युवक ती प्रौढको नजिकै गएर बस्यो । बदाम खाइसकेपछि रुमाल टकटक्याउँदै गरेका उनको दृष्टि छेउमा बसेको युवकमा पुगेर अडियो । ब्यंगपूर्ण कुटिल मुस्कानसहित कुनै आफन्तलाई जसरी सोधे, कति बेर भयो आएको ?
युवकले भन्यो, साँच्चिकै चिन्नुभयो कि कसो ? तपाईंले चिडियाखानाको भालुले जसरी एक-एकवटा बदाम मुखमा हुर्याउँन सुरु गर्दा नै आइपुगेको थिएँ । केटाकेटीलाई जस्तो कस्तो मीठो लागेको होला काँचो बदाम, साइसुइत्त पार्न बेरै लगाउनु भएन ।
आँखा त तीखा रहेछन् तिम्रा ? अरू के के देख्यौ ?
प्रौढलाई जिस्क्याउने मनसाय बनाएको युवकले कुरा चपाउँदै उनको आँखामा आँखा जुधाएर भन्यो-धेरै कुरा देखेँ । त्यसमध्ये प्रमुख थियो तपाईंकी प्रेयसीको झलक । के उनैलाई पर्खिएर बस्नु भएको हो ? यो उमेरमा पुगेर पनि बदाम खाने निहुँ पारेर पार्कमा प्रेयसीलाई पर्खिएर बस्न लाज नलाग्ने ! तपाईं त गज्जबको मानिस हुनुहुँदोरहेछ । नढाँटी भन्नुहोस् त, तपाईं को हो ?
मन्दमन्द मुस्कुराउँदै गरेका प्रौढले भने– ‘के तिमीलाई थाहा छ, तिमी को हौ ?’
ट्वाल्ल परेको युवकले भन्यो-‘म को हुँ ? यही कुरो जान्नको लागि त हो, कोही भेटिन्छ कि भन्ने आसमा भौँतारिँदै यहाँसम्म आएको !’
–––––––
खित्का छोडेर हाँस्दै गरेका प्रौढ व्यक्तिले तन्काएर राखेका खुट्टा खुम्च्याउँदै पलेट कसेर बस्दै भने ‘पारखी रहेछौ । तिम्रो प्रश्न सोध्ने तरिका मलाई मनप¥यो । सबै युवकको सोधाई प्रायः यस्तै हुन्छ । यतिका वर्षपछि प्रेमीकाको प्रसंग उठाउने, प्रेमको पारखी एउटा युवकसँग बल्ल भेट भयो । तिम्रो प्रश्नको जवाफ दिनुपूर्व मलाई एउटा कुरा भन्न सक्दछौ ?’
‘सोध्नुहोस् न के कुरा हो ?’
‘भन त के तिमीले प्रेम गरेका छौ ? अनि प्रेमीका के हो भन्ने कुरा थाहा छ तिमीलाई ?’
क्षणभरमा नै अनुहार उदास भएको उसले भन्यो, ‘मैले प्रेम गरेको छु ।’
‘तिमीले जुन प्रेम ग¥यौ त्यो प्रेम हो भन्ने कुरा कसरी जान्यौ ? स्त्री-पुरुषबीचको सम्बन्धलाई प्रेम भनियोस् यो जरुरी हुँदैन ।’
‘प्रेमको परिभाषा के हो भन्ने कुरा मलाई र तपाईंलाई मात्र होइन, यो संसारमा सायद कसैलाई पनि थाहा छैन । तर, मैले प्रेम गरेको थिएँ ।’
‘भन त, परिचय कसरी भयो ? अनि प्रेममा के-के गर्यौ ?’
‘हृया, तपाईं पनि ! मेरा प्रश्नको जवाफ दिनको साटो के के सोध्नुहुन्छ, सोध्नुहुन्छ !’
‘तिम्रो प्रश्नको उत्तर दिनुपूर्व मलाई तिमीले यो कुरा भन्नु पर्छ । नत्र म कुनै जवाफ दिन्न, चुप लागेर बस्नेछु ।’
‘भन त, परिचय कसरी भयो ?’
‘त्यो त यकिनसाथ् भन्न सक्दिन ।’
‘पहिलो भेटको सम्झना त होला नि ?’
त्यस्तो रमाइलो क्षणलाई कसरी बिर्सिन सकिन्छ र ? अब म सबै कुरा सविस्तार सुनाउछु है त ! तर, मैले कथा सुनाउँन सुरु गरेपछि तपाईंबीचमा प्वाक्क नबोल्नुहोस् नि ! मैले बोल्दै गरेको बेला अँ..अँ..मात्र भन्नुहोस् ता कि तपाईंले ध्यान दिएर सुन्दै हुनुहुन्छ भन्ने कुरा मलाई थाहा होस् । मलिन अनुहार लगाएर केही बेर घोरिँदै भन्यो– उसको छिमेकमा मेरो बुबाले नयाँ घर बनाउनु भएको थियो । छिमेकीको नाता नै परिचयको माध्यम बन्यो । नयाँ घरमा सरेको छ महिनापछिको कुरा हो, झम्-झम् पानी पर्दै गरेको अँधेरी रात थियो । हामीहरू दुवैका घरका सबै जहान आफन्तको निम्ता मान्न गएका थिए । म एकाएक उसको घरमा पुग्दा ऊ कोठामा एक्लै थिई । बीचबीचमा ‘हमे तुम से प्यार कितना’ भन्ने हिन्दी सिनेमाको गीत गुनगुनाउँदै थिई । त्यो गीतको सम्बन्ध उसको आन्तरिक चाहनासँग थियो शायद ! कुन्नि कहिलेदेखि भेट्ने चाहना लिएर मलाई पर्खिएर बसेकी थिई ? एक्कासि मलाई आफ्नो अगाडि देख्दा ऊ आत्मबिभोर भई । उसका ठुल्ठूला आँखामा कुतुहलता थियो । हामीहरू अनायास नै एकअर्कोलाई अंकमाल गर्न पुग्यौं ।
त्यो उसको यौवनावस्थाको पूर्वसमय थियो । जुन बेला भावना उम्रिँदैन, कल्पनामा मन सञ्चालित हुन्छ । उसले अञ्जानमा नै..आफूलाई...समर्पण गरिदिई । उसले मेरो अनुरोधमा आफ्नो प्राण र जीवन लुटाउँन सुरुगरी । उसका कुरा मनमोहक हुन्थे । कौतुहलको नयाँ संसारमा रुमलिँदै गरेकी ऊ फूल जसरी फक्रिँदै गई । जब युवती भई, संसारको रीति..नीतिबाट परिचित हुँदै गई ।
धनी बाबुको छोरा म बिदेसी रक्सि र नग्न नृत्यको सोखिन र ऐयास हुँ भन्ने कुरा जुनदिन उसका आमाबाबुले थाहा पाए, त्यो कुराले उसको परिवारमा हल्लीखल्ली मच्चियो । त्यो बेलामात्र आफू ठगिएको कुरा बुझी उसले । त्यसो त म उसलाई धोका दिने पक्षमा थिइन । तर, उसले मलाई विश्वास गरिन् । बानी मैले बिगािरदिएकै थिए । बाबुआमाले फकाई फुल्याई गरेर अर्कै एउटा तिघ्रेसँग विवाह गरेर पठाइदिए ।
–––––––
प्रौढ व्यक्तिले भने–‘अल्लारे उमेरको प्रेममा सुगन्ध हुन्छ, उत्सर्ग हुन्छ । बुझ्न सकेमा थाहा छैन के के हुन्छ के के ! तर, त्यो उमेरको प्रेमरूपी खेलौना प्रौढहरूले त्यसरी नै फुटाइदिन्छन् ।’
‘अनि प्रौढको प्रेम ?’
‘प्रौढको प्रेम अभावपूर्ति मात्र हो ।’
‘उसो भए तपाईं आफ्नी प्रेमीकालाई प्रेम गर्नुहुन्न ?’
कुटिल मुस्कानसहित चुप लागेर बसिरहे प्रौढ ।
‘तपाईं किन र के को लागि बसिरहनु भएको छ ? किन भन्नुहुन्न ? किन दोहोरो अर्थ लाग्ने गरी अल्प–अल्प कुरामात्र गर्नुहुन्छ ?’
अब नभनी नहुने भयो, होइन ? सुन, तिम्रो कथा जाहाँ पुगेर टुंगियो, मेरो कथा त्यहींबाट सुरुहुन्छ । उ त्यो ठूलो चार तले घर छ नि ! त्यो घरमा मेरी प्रेमीका मलाई भेट्ने हतारोमा मेकअप गर्दैछ । म उसैलाई पर्खिएर बसेको छु । ऊ आएपछि हामी पोखरा जानेछौं । मोजमस्ती गनेछौं । अर्काकी श्रीमती, अर्कैको रुपैयाँ, फाइबष्टार होटेलको डिलक्स रूममा प्रेम गरेर बस्नुको मज्जा कस्तो हुन्छ भन्ने कुरा तिमीलाई के थाहा ! प्रौढ मज्जाले हाँसे ।
‘मेरो प्रेम कथा त मुख मिठ्याई-मिठ्याई सुन्नुभयो । आफ्नो पनि त बेलीबिस्तार लगाएर सुनाउनुहोस् ।’
‘साँच्चिकै सुन्ने हो ? ल सुन...यो मेरी पाँचौं प्रेमीका हो ।’
‘के भन्नु भयो ? पाँचौ प्रेमीका ?’
प्रौढले रिसाउँदै भने, ‘मेरो प्रेम कथा सुन्नुछ भने तिमी पनि बीचमा प्वाक्क नबोल नि ! तिम्रो जिज्ञासा होला अगाडिका चरोटी प्रेमीकाको के भयो भन्ने ? त्यो कुरा कथाको प्रसंगमा स्वत आउनेछ ।’
प्रसंगलाई अगाडि बढाउँदै भने, म पनि उमेरमा तिमी जस्तै खली थिएँ तरुनी पट्याउन । सम्पन्न बाबुको स्वस्थ छोरामात्र नभएर निक्कै झिल्के पनि थिएँ म । मलाई पछ्याउने तरुनीको कमी थिएन । कोही ब्यबहारले पट्टिन्थे, कोही रहरलाग्दो यौवनले त कोही खन्..खन् बज्ने नगद नारायणले । त्यसमध्येका कोही विवाहित थिए कोही अविवाहित पनि ।
ती चारोटी युवती जसलाई मैले प्रेमीकाको बिल्ला लगाएको थिए, तिनीहरू पनि खास प्रयोजनले आएका थिए भन्ने कुरा बुझ्न मलाई कुनै गाह्रो परेन । कोही ऐस आरामको साधनको खोजीमा आएका थिए, कसैलाई मेरो अनुहारको बच्चा चाहिएको थियो, कसैले साच्चिकै प्रेम पनि गर्थे । तिनोटीलाई त उनीहरूको इच्छानुसारको बरदान दिएर बिदा गरे ।
एउटीलाई बिदा गर्न भने हम्मे..हम्मे पर्यो । नौटंक गर्न खप्पिस, चपरचन्डाल बाठी त्यसलाई पनि, ‘यस्ती अक्षत कुमारी कन्या तैंले जिन्दगीभरी खोजे पनि भेट्ने छैनस्’ भन्दै आफ्नै एउटा सोझो मालवाला साथीलाई उल्क्याएर उसैसँग बिबाह गराईदिएँ ।
पाँचौंको कुरा अलि फरक खालको छ । ऊ कति सुन्दर छ भन्ने कुरा तिमी अन्दाज गर्न सक्दैनौं । उसको रूपमात्र होइन सम्पत्तिको चमक-दमक पनि त्यत्तिकै मनमोहक छ ।
‘बाबुको सम्पतिमा रजाइँ गर्ने मति बिग्रिएको छोरा र मंसिर महिनामा खेतमा लहलहाउँदो धान झुलेको देख्ने बित्तिकै सातोटी मुसीलाई प्रेमीका बनाएर सुरुङमा भित्र्याउने मुसाको व्यवहार उस्तै-उस्तै हुनेरहेछ’ भन्दै व्यंगवाण कसेको युवकले अर्को प्रश्न गर्यो- ‘पाँचौंलाई किन नपन्छाएको त ? उसको सबै सम्पति झ्वाम पारेर लखेटेको भए भइहाल्थ्यो नि !’
प्रौढले रिसाएजसरी भने, ‘मैले अघि नै भनेको होइन, बीचमा प्वाक्क नबोल्नु भनेर ! त्यस्तो ग¥यौ भने कथा सुनाउदिन नि ! चुप लागेर बस ।’
‘सरि..सरि..अब बोल्दिन ।’
सुन, मेरा बाबु मभन्दा बढी लंगट र स्त्री लम्पट छन् भन्ने कुरा घामजस्तै छर्लंग थियो मलाई । बाबु छोरा दुवै लंगट भएपछि सम्पत्ति सकिन के बेर ! बाबु दिवंगत हुँदासम्म हाम्रो ढिकुटी रित्तिइसकेको थियो । मैले बाबुको साथी चण्डिराजको कम्पनीमा मेनेजरको जागिर सुरु गरें । जागिर सुरु गरेको छोटो अवधिमै थाहा पाएँ, मेरा बाबुको साथी त हामी बाबु-छोरालाई नै माथ गर्ने खालका एक नम्बरका ऐयास र लंगट पो रहेछन् ।
पैंसठ्ठी वर्ष उमेरका चण्डिराजकी कान्छी श्रीमती मध्यमाको जवानी भर्खरमात्र फक्रिएको फूल जस्तो मनमोहक थियो । मध्यमालाई पहिलो पटक देख्दा ऊजस्ती सुन्दर स्त्रीको अस्तित्व पनि यो संसारमा हुन्छ भन्ने कुरा मेरो कल्पनामासम्म पनि थिएन । उसको सौन्दर्य र चापलताले मनमा एकाएक काम बासनाको प्रचण्ड ज्वाला उठ्यो ।
जीवन आफ्नो हो । यसलाई रंगिन बनाउने कि उजाड, यो कुरा आफ्नै सोच र व्यवहारमा निर्भर हुन्छ । एउटा कुरा बुझिराख्नुहोस् महाशय, तपाईं आफू हाँस्नु भयो भनेमात्र अरूहरूले हाँसेर जवाफ फर्काउनेछन् । यो संसार त्यसरी नै प्रतिध्वनित हुन्छ जस्तो प्रदर्शन तपाईं गर्नुहुन्छ । त्यसैले उज्यालो अनुहार पारेर हाँस्नुहोस्, नाच्नुहोस् र रमाउनुहोस् । यही नै हो सफल जीवनको परिभाषा पनि ।
नियतमा खोट हुने स्त्रीले परपुरुषको उपस्थितिमा पतिप्रति दर्साउने भक्तिभाव र कर्तव्य परायणताको प्रदर्शन असाधारण रूपले अप्राकृतिक हुन्छ । गम्भीर भाव–भंगीमा बनाएर पतिव्रता स्त्री जसरी श्रीमान्सँग टाँस्सिएर सोफामा बसेकी पच्चीस वर्षे मध्यमालाई एकपटक नियालेर हेरें । कर्के नजरले मेरो हुलियाको नाप जाँच गर्दै गरेकी मध्यमाको गोरो अनुहारमा ऊभित्र उम्लिँंदै गरेको अतृप्त बासनाको तरंग मेरो नजरबाट लुक्न सक्ने कुरै थिएन । प्रथम भेटमा नै स्त्रीले आफ्नो मनका यति धेरै भाव आफ्नो दृष्टीको माध्यमबाट अभिव्यक्त गर्न सक्दछे– यसअगाडि मलाई थाहा थिएन ।
–––––––
हाँस्दै गरेको युवकले भन्यो- ‘तपाईं र म मा त्यति धेरै अन्तर रहेनछ । हामी दुवै उस्तै रहेछौं !’
‘भित्ताका पनि कान हुन्छन्, बिस्तारै बोल, धेरै नचिच्याउ । यो कुरा मध्यमाको कानमा पुग्नु हुँदैन । चुप लागेर सुन । म र तिमीमा सबै कुराको समानता हुँदाहुँदै पनि एउटा ठूलो अन्तर छ ।’
‘के हो त्यो ?’
‘उमेरमा पच्चीस वर्षको अन्तराल ।’
‘मलाई त देख्ने बित्तिकै लागेको थियो तपाईं कुनै तिकडमबाज मानिस हो भन्ने कुरा । नढाँटी भन्नुहोस् त ! जागिरमा चण्डिराज र मध्यमासँग कस्ता-कस्ता खेल र प्रपञ्च रच्नुभयो ?’
अनुहारमा कुटिल मुस्कानको प्रदर्शन गर्दै भने- कुरै नगर ! कस्ता-कस्ता खेल र मोजमस्तीमा दिन बिते भन्ने कुराको बेलिबिस्तार लाउन थाल्यो भने तिम्रो मुखबाट र्याल चुहिनेछ । त्यसैले मूल कुरामात्र सुनाउँन गइरहेको छु । सुन, भमरा कमलको फूलको रसमा के लठ्ठ हुन्छ होला र ? मजस्तो प्रेममा पारंगत स्वस्थ युवकलाई प्रेमीको रूपमा पाएकी मध्यमा यसरी लठ्ठ भई कि, कुरै नगर ! मध्यमालाई सधँैभरी म उम्किने हुँ कि भन्ने डर हुन्थ्यो शायद, त्यसैले पनि होला आफ्नो यौवनको एक-एक थोपा निचोरेर मलाई सन्तुष्ट पार्ने प्रयासमा लागेकी हुन्थी र अझै पनि त्यसै गर्दछे । आफ्नो जाल फैलाउनमा खली, मौकाको ताकमा बसेको म के कम् हुन्थें ! छोटो अवधिमा नै उसको आधा सम्पतिको हकदार बन्न सफल भए ।
मध्यमा र मेरो प्रेम प्रसंग चण्डिराजको कानमा नपुग्ने कुरै भएन । एकदिन बबण्डर मच्चियो । चण्डिराजलाई शान्त पार्ने काम मध्यमाले जिम्मा लिई । कुरा सामसुम भयो । त्यसपछिका दिनमा पनि मध्यमा र मेरो क्रियाकलापमा कुनै कमी आएन ।
समय बित्दै गयो । चण्डिराज दिन प्रतिदिन बुढो र रोगी हुँदै गए । पति रोगाएकोमा दंग थिई मध्यमा । चण्डिराजको मृत्युपश्चात् मसँग घरजम गरेर बस्ने उसको चाहना प्रबल हुँदै गयो । तर, चण्डिराजको यमलोकबाट आउने निमन्त्रणा आएन, उतै-कतै हरायो । त्यसको विपरीत उनको स्वास्थ्यमा क्रमिक सुधार भएको देख्दा आत्तिएकी मध्यमाले अर्कै खेल खेली । पछिल्लो समय, प्रत्येक रात दिने गरेको स्लो–पोइजनको परिणामस्वरूप आजभन्दा छ महिना पहिले बल्ल परमधाम प्रस्थान गरे चण्डिराज । उनको वार्षिक श्राद्ध नसकिएसम्मका लागि मध्यमा र मैले यसरी नै भेट्ने सहमति गरेका छौं ।
ध्यानपूर्जक प्रौढको कुरा सुन्दै गरेको युवकले एकाएक उत्तेजित हुँदै भन्यो- तिमी त एउटा क्रुर हत्यारा रहेछौ । म तिमीलाई पुलिसको जिम्मा लगाउँछु । भन तिम्रो नाम के हो ? कहाँ बस्दछौ ? अनि बाबुआमाको नाम के हो ? मलाई पूराका पूरा विवरण अहिले नै चाहियो ।
प्रौढले आफ्नो बिस्तृत परिचय दिंँदै गर्दा, चकित भएको युवकले भन्यो- ‘तिमीले जसलाई आफ्ना बाबुआमा भन्यौ उनीहरू मेरा बाबुआमा हुन् । तिमीले जुन शहर, जुन टोल र जुन घर नम्बर भन्यौ, त्यो शहर, टोल र घरको नम्बर पनि मेरै हो ।’
घाटीमा कुनै कुरा अड्किएजस्तो भएर टाउको समातेको युवक निकै बेर चुप लागेर बस्यो । क्षणभर पश्चात् पुनः उत्तेजित भएको उसले कडकिँंदै भन्यो– मेरै घर, मेरै परिवार र मेरै ठाउँ ठेगाना सुनाएर धूर्त राजनीतिज्ञ जसरी धेरै चलाख बन्ने कोसिस नगर । मलाई बेकुफ बनाउन त्यति सजिलो छैन । म तिमीलाई पुलिसको जिम्मा नलगाई छोड्दिन ।
प्रौढले गहन शान्त मुद्रामा भने- उत्तेजित नहोउ । यो कुरा ख्याल गर, ‘म को हुँ ?’ भन्ने तिम्रो अनुत्तरित जिज्ञाषाको जवाफ दिने हिम्मत अरू कसैसँग पनि छैन । तिम्रो जिज्ञाषाको निष्कर्ष म दिन्छु । सुन्ने हिम्मत छ भने सुन-
‘तिमी मेरो जीवनको विगतकालखण्ड हौ अनि म वर्तमान । हामी अरू कोही होइनौ, क्रोध, इष्र्या, लोभ र मोहका गुलाम, स्वार्थको पराकाष्ठा, असंयमित काम बासनामा भौँतारिँदै गरेका जीवित पुत्लामात्र हौँ । तिमी र म मा केही फरक छैन । हामी दुई एकै हौँ ।’
...असम्भव..असम्भव....
त्यस्तै बेला, युवकको कानमा एकाएक एउटा कर्कस आवाज ठोक्किन आइपुग्यो, ‘के भयो ? किन चिच्याएको ? श्रीमतीले घच्घच्याउँंदै सिरक पन्छाउँदा पो थाहा पाएँ, म त मस्त निद्रामा सपना पो देखिरहेको रहेछु ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच