
सुरेशकुमार भट्टको साहित्यिक लगनशीलता लोभलाग्दो छ । उहाँ विशेष गरी लोकशैलीको लेखन सङ्कलनमा दत्तचित्त भएर लागिरहने साहित्यिकार हुनुहुन्छ । उहाँ गोरखाका हुनुहुन्छ । त्यसैले गोरखा र त्यस वरिपरिका जिल्लाहरूमा प्रचलनका रहेका अनेकौं गाथा कथा लोकोक्ति, कहावत्, लोकबोली र प्रचलित अनेकौं किम्बदन्ती सङ्कलन र लेखन गर्दै आउनुभएका उहाँका अनेकौं पुस्तक प्रकाशित भएका छन् । केही पुस्तक प्रकाशोन्मुख छन् । यही क्रममा पछिल्लो समयमा प्रकाशित उहाँका पुस्तकमध्येको एक हो ‘साइनु’ । यसलाई उहाँले लोककाव्य भन्नुभएको छ । यसको प्रकाशक लेखक स्वयम् नै रहनुभएको छ ।
२०७८ सालमा प्रकाशित भएको यस पुस्तकको यो प्रथम संस्करण हो । १००० को संख्यामा छापिएको यस पुस्तकको सर्वाधिकार पनि लेखकमै रहेको छ । अमृता श्रेष्ठको आवरण र लेआउट रहेको यस पुस्तकको मुद्रण मित्र प्रेस प्रा.लि.खुसीबुँ नयाँबजार काठमाडौंमा भएको छ । पुस्तकमा भूमिका खण्डमा १२ र पाठ्य खण्डमा १२८ गरी जम्मा १४० पृष्ठ छन् । यसको मूल्य नेपाली २०० रुपैयाँ छ भने अमेरिकी डलर १० राखिएको छ । पहेँलो हलुका कागज प्रयोग भएको यस पुस्तकको छपाइ सतरीय छ तर अशुद्धिहरू भने भेटिन्छन् ।
यस पुस्तकमा समेटिएका लोककाव्यहरू निकै चोटिला र घतलाग्दा छन् । यिनको पठनबाट पाठक लाभान्वित बन्न सक्नुहुनेछ । साथै भट्टको यस्तो प्रयासबाट लोकसाहित्यको संरक्षण र प्रबद्र्धनमा ठूलो टेवा पुग्नसक्छ । वास्तवमा लोकजगतको सम्पत्ति भनेकै लोकसाहित्य हो । यस्तो अमूल्य सम्पादाको संरक्षण हामी सबैको कर्तव्य हो ।
पुस्तकको आवरण आकर्षक छ । माथि पुस्तकको शीर्षक राता ठूला अक्षरमा दिइएको छ भने तल लेखकको नाम दिइएको छ । बीचमा केही आकृतिहरू दिइएका छन् । आवरणको भित्रपट्टि लेखकले यो पुस्तक आफ्ना स्वर्गीय पिता धनप्रसाद भट्ट र माता मधुमाया भट्टमा समर्पण गर्नुभएको छ । यसको पृष्ठ आवरणमा फोटोसहित कवि भट्टको समग्र चिनारी दिइएको छ । जसअनुसार उहाँको चिनारी, उहाँले सम्पादन गरेका पत्रपत्रिकाहरू, उहाँले लेखेका पुस्तक, प्राप्त मान, सम्मान, भ्रमण गरेका देश, संलग्न संघसंस्था र आफूले गरेका काम छन् । पृष्ठ आवरणको भित्रपट्टि यस पुस्तकका बारेमा प्राडा.हेमनाथ पौड्ल, डा.तुलसी भट्टराई र लेखक आफैँले भनेका कुरालाई समेटिएको छ ।
भूमिकाखण्डमा तत्कालीन प्रज्ञापरिषद् सदस्य प्राडा.हेमनाथ पौडेलको ‘शुभकामना’, डा.तुलसी भट्टराईको ‘भट्ट सुकुमारको साइनुसँग साइनु गाँस्ता’ र लेखकको ‘नेपाली साहित्यको माता लोकगाथा साइनु’ रहेका छन् । त्यसपछि विषयसूची राखिएको छ । साना छोटाछोटा लोककाव्यहरू समेटिएकाले पुस्तकमा यस्ता काव्यहरूको सङ्ख्यामा धेरै छ । पुस्तकमा १९४ वटा लोककाव्य सङ्कलित भएका छन् । भट्टको जे पाएँ त्यही टिपेँ, जे सुनेँ त्यही गुनेँ र जे देखेँ त्यही लेखेँ भन्ने भनाइबाट नै यस पुस्तकमा समेटिएको लोककाव्यका बारेमा थाहा पाउन सकिन्छ ।
समाज विविधतायुक्त हुन्छ । जातजाति, वर्ग, धर्म आदिका आधारमा विविधता हुने हुँदा यस्ता विभिन्न आधारमा लोकसंस्कार, संस्कृति, गाथा, कथा, गीत, किम्बदन्ती रीति आदिको निर्माण हुँदै आएको हुन्छ । भट्टले नेपाली समाजका यस्तै अनेकौं लोकप्रचलित संस्कार, संस्कृति, लोकसाहित्यलाई नजिकबाट हेरेर गहिरो अध्ययन गर्नुभएको छ । त्यस कारण उहाँको यो ‘साइनु’ शीर्षकको यो पुस्तकमा पनि यस्ता अनेकौं काव्यहरू समेटिएका छन् । लोकसाहित्यको संकलन र प्रकाशनतर्फ विशेष रुचि र चासो राख्नुहुने भट्टको यो प्रयत्न प्रशंसनीय छ । यस्ता कार्यबाट बिस्तारै हराउँदै गइरहेका लोककाव्यको संबद्र्धनमा सायोग पुग्ने कुरा निर्विवाद छ ।
यस पुस्तकमा समेटिएका लोककाव्य निकै चोटिला र घतलाग्दा छन् । यिनको पठनबाट पाठक लाभान्वित बन्न सक्नुहुनेछ । साथै भट्टको यस्तो प्रयासबाट लोकसाहित्यको संरक्षण र प्रबद्र्धनमा ठूलो टेवा पुग्नसक्छ । वास्तवमा लोकजगतको सम्पत्ति भनेकै लोकसाहित्य हो । यस्तो अमूल्य सम्पादाको संरक्षण हामी सबैको कर्तव्य हो । यस्तो उपयोगी पुस्तकका लागि साहित्यकार भट्टलाई बधाई छ । यस्तै खालका अन्य पुस्तकका लागि लोककवि भट्टलाई अग्रीम शुभकामना ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच