
कालीकोट - राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकनमा तिलागुफा नगरपालिका कालीकोटकै पहिलो बनेको छ । आयोगले गरेको आर्थिक वर्ष २०८०/८१ को मूल्यांकनमा तिलागुफा नगरपालिका ६२.६ अंक प्राप्त गरी कालीकोटका ९ वटा स्थानीय तहमध्येको पहिलो बनेको हो ।
आयोगले प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन कार्यविधि २०७८ अनुसार विभिन्न १७ सूचकको आधारमा मूल्यांकन गर्छ । जसमा असार १० भित्र बजेट पेश गरेरनगरेको, असार मसान्तभित्र बजेट पारित गरेरनगरेको, आय व्ययको प्रक्षेपण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेश गरेरनगरेको, बजेटको वार्षिक समीक्षा गरी कात्तिक मसान्तभित्र सार्वजनिक गरेरनगरेको, विनियोजित रकम अनुसार खर्चको व्यवस्था, बेरुजुको अवस्था, स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र)को प्रयोग गरेरनगरेको, आवधिक योजना तर्जुमा गरेरनगरेको, कक्ष १ देखि ८ सम्म खुद विद्यार्थी भर्ना दर, कक्षा ८ को तुलनामा कक्षा ९ मा विद्यार्थी टिकाउ दर, सामुदायिक विद्यालयबाट कक्षा १० मा १.६ भन्दा वा सो भन्दा उच्च जीपीए प्राप्त गरेका विद्यार्थी प्रतिशत, ४ पटक गर्भजाँच गरेका महिलाको अनुपात, कुल गर्भवतीमध्ये स्वास्थ्यसंस्थामा सुत्केरी हुने महिलाको अनुपात, पूर्ण खोप पाएका बालबालिकाको अनुपात लगायतका सूचकहरु रहेका छन् ।
स्थानीय तहलाई संघीय सञ्चित कोष तथा प्रदेश सञ्चित कोषबाट प्रदान गर्ने वित्तीय समानीकरण अुनदान अन्तर्गत कार्यसम्पादन मूल्यांकनका आधारमा अनुदान सिफारिसको लागि आयोगले कार्यसम्पादन मूल्यांकन गर्ने गर्दछ । यो मूल्यांकन स्थानीय तहबीचको सकारात्मक प्रतिस्पर्धा भएको आयोगको भनाइ छ । आयोगका अनुसार कार्यसम्पादन मूल्यांकन गर्दा आयोगले स्थानीय तहसँग तथ्यांकहरु मागेर त्यसको आधारमा र उपलब्ध तथ्य सही वा गलत भएको प्रामाणित गरेर सोही आधारमा अंक प्रदान गर्दछ ।
कार्यसम्पादन मूल्यांकनमा कालीकोटका नौ स्थानीय तहमध्ये तिलागुफा पहिलो बनेपछि रास्कोट नगरपालिका ५८.३ प्रतिशत सहित दोस्रो स्थानमा छ । तेस्रोमा पलाँता गाउँपालिका हुँदा चौथौंमा भने महावै गाउँपालिका छ । पाचौमा भने सान्नीत्रिवेणी गाउँपालिका रहेको छ । यो पालिकाले ४९ प्रतिशत अंक प्राप्त गरेको तथ्यांकमा उल्लेख छ ।
छेटौंमा नरहरिनाथ गाउँपालिका छ, जसले ४८।७ अंक प्राप्त गरेको छ । सातौंमा पचालझरना गाउँपालिका हुँदा आठौंमा खाँडाचक्र नगरपालिका रहेको छ । यसपछि नवौं स्थानमा शुभकालिका गाउँपालिका रहेको कार्यसम्पादन मूल्यांकनको नतिजामा सार्वजनिक गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच