
काठमाडौं । सत्तारुढ दलहरूको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्ने बताइएको छ । सरकारको उच्चस्तरीय राजनीतिक संयन्त्रको शुक्रबार बसेको बैठकले आज सत्तापक्षको बैठक बोलाउने निर्णय गरेको थियो ।
जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीले मुख्यतयाः भूमि सबन्धी अध्यादेशमा समर्थन नजनाउने र विपक्षमा उभिने धारणा सार्वजनिक गरेपछि सत्तारूढ दलको संयुक्त बैठक बोलाइएको हो ।
आजको बैठकमा संविधान संसोधन सम्बन्धी कार्यदलले आफ्नो धारणा राख्ने तथा सत्य निरूपण तथा मेलमिलाप आयोगका बारेमा पनि छलफल गरिने जनाइएको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच