सर्लाही । बहुअपांगता भएका बालबालिकालाई शिक्षामा पहुँच दिलाउने उद्देश्यले नेपाल सरकारको आधारभूत शिक्षा अनिवार्य व्यवस्थाअनुसार "घरमै विद्यालय" अवधारणा लागू गरिएको छ । सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा ग्रामीण नारी उत्थान संघ हरिपुर र राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र (RRPK) मलंगवाले संयुक्तरूपमा सञ्चालन गरेको समुन्नति परियोजनाअन्तर्गत बहुअपांगता भएका बालबालिकाका लागि घरमै विद्यालय सञ्चालनसम्बन्धी तालिम सम्पन्न भएको छ ।
सर्लाहीको नयाँरोडस्थित सीता प्यालेसमा माघ २८ गतेदेखि फागुन २ गतेसम्म पाँच दिने तालिम आयोजना गरिएको थियो । उक्त तालिममा हरिपुरका ३ जना र ईश्वरपुरका ७ जना बहुअपांगता भएका बालबालिकालाई लक्षित गर्दै २० जना साक्षरता सहजकर्तालाई प्रशिक्षण प्रदान गरिएको थियो। तालिमको सहजिकरण सेभ द चिल्ड्रेन बर्दिवासका राम बहादुर साह, ग्रामीण नारी उत्थान संघ (RWUA) का शम्भु साह तेली र राम विश्वास चौधरी तथा राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र (RRPK) का चन्द्रशेखर सहनी र महेश कुमार मण्डलले गरेका थिए।
कार्यक्रमको अनुगमन हरिपुर नगरपालिकाका शिक्षा प्रमुख नागेश्वर रायले गरेका थिए । तालिम समापन ग्रामीण नारी उत्थान संघ हरिपुरकी अध्यक्ष गोमा देवी न्यौपानेले गर्नुभएको थियो । तालिमपछि बहुअपांगता भएका बालबालिकालाई नेपाल सरकारको एकीकृत पाठ्यक्रमअनुसार कक्षा १ देखि ३ सम्मको पठनपाठन घरमै विद्यालय सञ्चालन गरी गराइने योजना बनाइएको छ ।
ग्रामीण नारी उत्थान संघका उपाध्यक्ष विष्णुप्रसाद चालिसेले तालिमपछि अपांगता मैत्री वातावरणमा कक्षा सञ्चालन गर्दै बालबालिकाको शिक्षामा पहुँच वृद्धि गर्ने लक्ष्य राखिएको जानकारी दिनुभएको छ। यस कार्यक्रमले विद्यालय जान असमर्थ बालबालिकाको शैक्षिक अवसर सुनिश्चित गर्ने अपेक्षा गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच