दक्षिण पश्चिम पाकिस्तानमा बम विस्फोट : ११ जनाको मृत्यु, ६ जना घाइते

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडाैं । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको हरनाई जिल्लामा एक सवारीसाधन लक्षित बम विस्फोटमा कम्तिमा ११ जनाको मृत्यु भएको छ । साथै ६ जना घाइते भएको एक अधिकारीले बताएका छन् ।

हरनाईका उपायुक्त हजरत वलीले बताएअनुसार हरनाईको शाहराग क्षेत्रमा मजदुर बोकेको गाडीमा सडक छेउमा भएको बम विस्फोटमा ११ जनाको मृत्यु र ६ जना घाइते भएका छन् ।

प्रहरी, सुरक्षा बल र उद्धार टोली घटनास्थल पुगेर शव र घाइतेहरूलाई नजिकैको अस्पतालमा सारिएको छ । एक जोडीको अवस्था गम्भीर छ । उपायुक्तलेसडकको छेउमा राखिएको विस्फोटक पदार्थलाई रिमोट कन्ट्रोल उपकरणबाट विस्फोट गराइएको थियो ।

  • सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?