
सर्लाही । संघीय संरचनापछि तीनै तहका सरकारको पहलमा देशभर सडक विकास तीव्र रूपमा अगाडि बढेको देखिन्छ। यसले यातायातका साथै आर्थिक, सामाजिक र पूर्वाधार विकासका विभिन्न क्षेत्रमा सकारात्मक प्रभाव पारिरहेको छ। फराकिलो सडक निर्माण भएपछि नागरिकको आवागमन सहज भएको छ भने व्यापार व्यवसाय पनि प्रवद्र्धन भइरहेको छ।
तर, मधेसका धेरै स्थानमा फराकिला सडकको उचित उपयोग हुन सकेको छैन। सडकलाई सवारी साधन आवागमनको सहज मार्ग बनाउनुको सट्टा अन्य निजी प्रयोजनमा प्रयोग गर्ने प्रवृत्ति कायमै छ। कतिपय ठाउँमा गुहुँठा राख्ने, बिस्कुन सुकाउने, घरपालुवा पशु बाँध्ने, निर्माण सामग्री थुपार्ने, सवारी साधन पार्किङ गर्ने जस्ता कार्यले सडक साँघुरो बन्न पुगेको छ।
सडक छेउका घरधनीहरूले आफ्नो आगन फराकिलो बनाउन सडककै भाग ओगट्ने, फोहोर फाल्ने तथा पिचमा पराल सुकाउने जस्ता कार्य गरिरहेका छन्। यसका कारण पिच बिग्रने, आगलागीको जोखिम बढ्ने तथा यातायात दुर्घटनाको सम्भावना पनि उच्च हुने गरेको छ।
स्थानीय बासिन्दाहरूले राज्यले लगानी गरेर बनाएको फराकिलो बाटोको पूर्ण उपयोग गर्न नपाएको गुनासो गरिरहेका छन्। धुलो, हिलोबाट मुक्ति पाइएपनि सडकको सही व्यवस्थापन नहुँदा यात्रुहरूलाई सास्ती भोग्नुपरिरहेको छ।
त्यसैले, तीनै तहका सरकारले सडक निर्माण मात्र होइन, यसको उचित व्यवस्थापन तथा सदुपयोगका लागि जनचेतना कार्यक्रम सञ्चालन गर्न आवश्यक देखिन्छ। सडकलाई व्यक्तिगत प्रयोगको माध्यम बनाउने प्रवृत्ति हटाइ यात्रु तथा सवारी साधनको सहज आवागमनलाई प्राथमिकता दिनुपर्ने देखिन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच