
काठमाडौं । टेबल टेनिसको दुईदिने राष्ट्रिय अम्पायर प्रशिक्षण सम्पन्न भएको छ । अखिल नेपाल टेबल टेनिस संघको आयोजनामा भएको राष्ट्रिय अम्पायर सर्टिफिकेसनमा कुल ३३ जना प्रशिक्षित भएका छन् । लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा भएको प्रशिक्षण शुक्रबार सम्पन्न भएको हो । उनीहरूलाई अन्तर्राष्ट्रिय सर्टिफाइड अम्पायर नरेश रावलले प्रशिक्षण दिनुभएको थियो ।
समापन कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य-सचिव टंकलाल घिसिङले क्षमतावान खेलाडीलाई अगाडि बढ्नका लागि निर्णायक भूमिका अहं हुने बताउनुभयो । घिसिङले कहिलेकाहीँ न्यायाधीशले गलत फैसला गर्दा मानिसको जीवन नै बर्बाद हुने उल्लेख गर्दै टेबल टेनिसका न्यायाधीशबाट गलत निर्णय हुँदा खेलाडीको जीवन अप्ठ्यारोमा पर्ने भन्दै धैर्यता अपनाउनुपर्ने बताउनुभयो ।
अन्तर्राष्ट्रियस्तरसम्म पुग्ने माध्यमका रूपमा राष्ट्रिय अम्पायरको करियर अगाडि बढाउन उहाँको आग्रह थियो । एक दिन एसियन च्याम्पियनसिप र ओलम्पिकसमेत निर्णायकको भूमिका निभाउने लक्ष्यसहित अगाडि बढ्न घिसिङले सुझाव दिनुभयो । प्रशिक्षित अम्पायरलाई घिसिङले प्रमाणपत्र प्रदान गर्नुभएको थियो । टेबल टेनिस संघका अध्यक्ष वृजेन्द्रबहादुर हमाल र महासचिव कुँवर सिंहलगायतले बधाई तथा शुभकामना दिनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच