
काठमाडौं । एक्सेल्सियर कपको ११औँ संस्करणमा ६ टिमले उपाधि जितेका छन् । बास्केटबलमा दुई तथा ब्वाइज फुटसल आयोजक द एक्सेल्सियर स्कुलसहित चार टिम च्याम्पियन बनेका हुन् । बास्केटबलको सिनियर ब्वाइजमा भ्याली भ्यु र सिनियर गल्र्समा स्वर्णिम पहिलो भए । फुटसलको यू-९ मा राई स्कुल, यू-११ मा स्वस्तिश्री गुरुकुल, यू-१४ मा एक्सेल्सियर र यू-१६ रिब्सले उपाधि जिते ।
सिनियर ब्वाइज बास्केटबल फाइनलमा भ्याली भ्युले रेडियन्ट पब्लिकलाई ७०-४२ ले पराजित गर्यो । भ्याली भ्युको जितमा गणेशबहादुर विष्टले ३८ अंक योगदान गर्नुभएको थियो । हिसी ल्हामु लामाको १० अंक सहयोगमा सिनियर गल्र्सको उपाधि भिडन्तमा स्वर्णिमले रिब्सलाई २२-२० ले हरायो ।
सिनियर ब्वाइजमा भ्याली भ्युका गणेशबहादुर विष्ट तथा गल्र्समा स्वर्णिमकी नितिशा महर्जन ‘मोष्ट भेलुएबल प्लेयर’ घोषित हुनुभएको थियो । सिनियर ब्वाइजमा बेबी एन्जल तथा सिनियर गल्र्समा राई स्कुल ‘इमर्जिङ टिम’ बन्नुभयो ।
स्वयम्भूस्थित आयोजक एक्सेल्सियरको मैदानमा भएको ब्वाइज फुटसलको यू-९ फाइनलमा राई स्कुलले संस्कृति इन्टरनेसनललाई दुई-एक गोलले पराजित गर्यो । राई स्कुलका रेहानकुमार श्रेष्ठ र आभास रेग्मीले गोल गर्नुभएको थियो ।
यू-११ को उपाधि भिडन्तमा स्वस्तिश्री गुरुकुलले एक्सेल्सियरलाई एक-शून्य गोलले हरायो । अर्नव भट्टराईले निर्णायक गोल गर्नुभएको थियो । यू-१४ को फाइनलमा एक्सेल्सियरले विद्यावाणी पाठशालालाई चार-दुई गोलले पाखा लगायो । एक्सेल्सियरका कृष पाण्डेले हृयाट्रिक गर्नुभएको थियो भने साहिलराज थापाले एक गोल गर्नुभयो । विद्यावाणीका अभिग्न कडरिया र प्रज्ज्वल गौतमले गोल गर्नुभयो ।
यू-१६ को फाइनलमा रिब्सले बोधीसत्वमाथि छ-शून्यको सहज जित दर्ता गर्यो । रिब्सका श्रमन गुरुङ, आयुश केसी, आर्यन केसी, रिसन लामा, ब्लेस गुरुङ र भिनिथ श्रेष्ठले समान एक-एक गोल गर्नुभएको थियो ।
यू-९ मा संस्कृतिका अर्सभ खड्का, यू-११ मा एक्सेल्सियरका ओजस पाठक, यू-१४ मा एक्सेल्सियरका साहिलराज थापा र यू-१६ मा रिब्सका श्रमन गुरुङ उत्कृष्ट खेलाडी घोषित हुनुभएको थियो । यू-९ मा राई स्कुलका इसक राणा, यू-११ मा स्वस्तिश्रीका समिर बोहरा, यू-१४ मा एक्सेल्सियरका अंशुमननन्द वैद्य र यू-१६ मा रिब्सका आरुस केसी उत्कृष्ट गोलरक्षक चुनिनुभयो ।
यू-९ मा जोन डेवी, यू-११ मा बोधी वृक्ष, यू-१४ मा काठमाडौं लिङ्कन र यू-१६ मा एलआरआई ‘इमर्जिङ टिम’ बने ।
दशदिने प्रतियोगिताअन्तर्गत बास्केटबलको ब्वाइजमा १६ तथा गल्र्समा १२ टिमले सहभागिता जनाएको एक्सेल्सियरका बास्केटबल प्रशिक्षक आशिष महर्जनले जनाउनुभयो । फुटसलको यू-९ मा ९, यू-११ मा १४ तथा यू-१४ र यू-१६ मा समान १२-१२ टिमले भाग लिएका थिए । यू-९ को प्रतिस्पर्धा पहिलोपटक समावेश गरिएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच