
एजेन्सी । पाकिस्तानका पूर्वकप्तान बाबर अजामले भारतीय पूर्वकप्तान विराट कोहलीलाई पछि पार्नुभएको छ । बाबर सर्वाधिक कम इनिङमा ६ हजार रन पूरा गर्ने ब्याटरको सूचीमा शीर्ष स्थानमा उक्लिनुभएको हो । बाबरले शुक्रबार न्युजिल्याण्डविरूद्धको त्रिकोणात्मक सिरिजको फाइनल खेलमा ६ हजार रन पूरा गर्नुभयो । उहाँले १२३ इनिङमा ६ हजार रन पूरा गर्नुभएको हो ।
बाबरले सर्वाधिक कम इनिङमा ६ हजार रन पूरा गर्ने दक्षिण अफ्रिकाका हसिम अम्लाको कीर्तिमान बराबरी गर्नुभएको छ । अम्लाले पनि १२३ इनिङमा नै ६ हजार रन पूरा गर्नुभएको थियो । विराटले भने ६ हजार रन पूरा गर्न १३६ इनिङ लगाउनुभएको थियो । विराटले हाल २८५ इनिङमा १३ हजार ९६३ रन बनाउनुभएको छ । ३० वर्षीय बाबरले ५५.७३ औसतमा ६ हजार रन पूरा गर्नुभएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच