
लण्डन । घरेलु टोली पाकिस्तानलाई फाइनलमा पराजित गर्दै न्युजिल्याण्डले त्रिकोणात्मक ओडिआई सिरिजको उपाधि जितेको छ । फाइनलमा न्युजिल्याण्डले पाकिस्तानलाई ५ विकेटले पराजित गरेको हो । न्युजिल्याण्ड अपराजितरूपमा सिरिजको विजेता बनेको हो ।
सिरिज आगामी बुधबारबाट सुरु हुने च्याम्पियन्स ट्रफीको तयारीस्वरूप आयोजना भएको थियो । सिरिजमा न्युजिल्याण्ड अपराजित रहँदा दक्षिण अफ्रिकाले भने एक खेल पनि जित्न सकेन । न्युजिल्याण्डले पहिलो खेलमा पाकिस्तानलाई ७८ रनले तथा दोस्रो खेलमा दक्षिण अफ्रिकालाई ६ विकेटले पराजित गरेको थियो ।
दक्षिण अफ्रिका भने पहिलो खेलमा न्युजिल्याण्डसँग र दोस्रो खेलमा पाकिस्तानसँग ६ विकेटले पराजित भएको थियो । सिरिज उपविजेता पाकिस्तान पहिलो खेलमा न्युजिल्याण्डसँग पराजित भएको थियो । दोस्रो खेलमा दक्षिण अफ्रिकालाई पराजित गर्दै फाइनलमा पुगेको थियो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच