
काठमाडौं । कराँतेका राष्ट्रिय खेलाडी विपिन राजसिंह दर्जीलाई लिटिल एन्जलस स्कुलका खेल प्रशिक्षक र शिक्षकबाट संकलित उपचार खर्च हस्तान्तरण गरिएको छ । स्कुलका प्रिन्सिपल मुकुन्दराज शर्माले पूर्वविद्यार्थी विपिनलाई एक लाख रुपैयाँ हस्तान्तरण गर्नुभयोे ।
पेटसम्बन्धी गम्भीर रोग पेनक्रियाटाएटिजबाट ग्रसित विपिन लामो समयसम्म पाटन अस्पताल भर्ना हुनुभएको थियो ।
विपिन आठौं र नवौं राष्ट्रिय खेलकुदका स्वर्ण पदक विजेता हुनुहुन्छ । उहाँ अहिले पनि उपचारकै क्रममा हुनुहुन्छ । विपिनलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कल्याणकारी कोषबाट पनि आर्थिक सहयोग प्रदान गरिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच