
रौतहट । रौतहटको चन्द्रपुरमा आयोजना हुने प्रादेशिक औद्योगिक मेला चौथो चन्द्रपुर महोत्सव २०८१ बाट पत्रकार फणि महतको उपचार पनि सहयोग गरिने भएको छ ।
चन्द्रपुर नगर उद्योग वाणिज्य संघ चन्द्रनिगाहपुरको आयोजनामा फागुन ५ देखि १७ गतेसम्म हुने महोत्सवको क्रममा उठेका टिकटबाट ५ प्रतिशत रकम पत्रकार महतको उपचारमा खर्च गरिने आयोजकले जनाएको छ ।
लामो समयदेखि ब्रेन ट्युमरको उपचार गराइरहनु भएका पत्रकार फणिदेव महत रौतहटका वरिष्ठ सञ्चारकर्मी हुन् । नेपाल र भारतका विभिन्न अस्पतालहरुमा उपचार गराउँदा गराउँदा अत्यन्त कठिन समस्यामा पर्नुभएका पत्रकार महतलाई टिकट बिक्रीबाट उठेको पैसाले उपचारमा ठुलो सहयोग पुग्ने विश्वास पनि आयोजकले गरेको छ ।
संघका अध्यक्ष उदयनारायण सापकोटाले महोत्सवको प्रवेश टिकट १०० रुपैया तोकिएको र प्रति टिकट ५ रुपैया पत्रकार महतलाई उपचार खर्च जुटाउन प्रदान गरिने बताउनु भएको छ । टिकट विक्रीवापत २५ लाख रुपैया उठ्ने पूर्वानुमान गरिएको अध्यक्ष सापकोटाको दाबी छ ।
टिकट किनेपछि महोत्सवभित्र राखिएका कतिपय सामग्रीमा पचास प्रतिशतसम्म छुटको व्यवस्था गरिएको र टिकटको अर्धकटीबाट प्रदेशकै चर्चित भरत तालको टिकटमा पनि पच्चीस प्रतिशत छुट दिइने अध्यक्ष सापकोटाले जानकारी गराउँदै दर्शकले किन्ने टिकटको पैसा पूरापूर असुल हुने विश्वास व्यक्त गर्नुभएको छ ।
'घुमौँ मधेश बुझौँ मधेश' नारासहित हुन लागेको चौथो चन्द्रपुर महोत्सवमा हरेक दिन विभिन्न चर्चित कलाकारहरुको प्रस्तुति रहने र स्थानीय तथा देश – विदेशका कलाकारहरुको हरेक दिन फरक फरक प्रस्तुति हुने आयोजकको भनाइ छ ।
मेलाले व्यापार व्यवसाय प्रवद्र्धन हुने तथा जिल्लाको पर्यटकीय क्षेत्रको पनि प्रवद्र्धन हुने विश्वास लिइएको छ । मेलाबाट स्थानीय कृषि तथा अन्य उत्पादनको पनि प्रवद्र्धन हुने आयोजकको विश्वास रहेको छ ।
चन्द्रपुर ४ मा रहेको तुलसीलाल अमात्य स्मृति रंगशालामा हुन गइरहेको महोत्सवमा कृषि, पर्यटन, उद्योग, व्यापार – समृद्धिको मुख्य आधार ध्येय राखिएको छ । महोत्सवलाई चन्द्रपुर नगरपालिकाको संरक्षण, चन्द्रनिगाहपुर सिटि जेसिज, लायन्स क्लब रौतहटको सहआयोजनाको साथै होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेश र मधेश प्रदेश सरकार उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको पनि सहयोग रहने अध्यक्ष सापकोटाले जानकारी गराउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच