काठमाडौं । चलचित्र ‘भाइरल गोर्खे’को फर्स्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । शुक्रबार भयालेनटाइन डेको अवसरमा सार्वजनिक पोस्टरमार्फत् चलचित्र आगामी वर्षको जेठ ३० गतेदेखि सिनेमाघरमा आउने जानकारी दिइएको हो । निगम श्रेष्ठको निर्देशनमा निर्माण भएको चलचित्रको सार्वजनिक पोष्टरमा अभिनेता सौगात मल्ललाई भाइरल भएपछि सामाजिक सञ्जालमा लाइभ बसेको अवस्तामा प्रस्तुत गरिएको छ ।
अर्को पोष्टरमा भने उहाँको सामाजिक सञ्जालमा लाइभ अनि अभिनेत्री सृष्टि श्रेष्ठसँग रोमान्टिक अवतारमा समेत देखिनुभएको छ । यसले चलचित्रले पछिल्लो समय नेपालमा विकृतिको रूपमा मौलाउँदै गरेको भाइरल प्रवृत्तिलाई व्यंग गरेको बुझ्न सकिन्छ ।
द जिएमआई एकेडेमी र निर्भाना फिल्म स्कुलको व्यानरमा निर्माण भएको यो चलचित्रमा सौगात र सृष्टिसँगै बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, ऋषि धमलाको अभिनय छ । विशाल ताम्राकार, महेश लामिछाने र केवलजंग कुँवर निर्माता रहेको चलचित्रको सहनिर्माता भुवन अधिकारी र निखिल पौडेल हुनुहुन्छ । अमर महर्जनको छायांकन रहेको यो चलचित्रलाई लम्जुङको भुजुङ गाउँ, गोरखा र चितवनमा छायांकन गरिएको हो ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र