
मोरङ । चलचित्र ‘बलिदान’को ‘इन्डक्ल्याप’ गरिएको छ । घोषणादेखि नै चर्चा र प्रतीक्षामा रहेको यो चलचित्रको छायांकन चार महिनामा पूरा भएको हो । निर्देशक सन्तोष सेनले कठिन परिस्थितिसँग जुध्दै उत्कृष्ट चलचित्र निर्माणको लक्ष्य पूरा गर्ने क्रमको छायांकन चरण पार गरेको बताउनुभएको छ । शुक्रवार मोरङको हसिना सिमसारस्थित बुढासुब्बा मैदानमा लिइएको अन्तिम दृश्यमा अभिनेता समीर भट्ट र अभिनेत्री ऋचा शर्माको अभिनय रहेको थियो ।
निर्देशक सेनका अनुसार, ‘बलिदान’लाई ‘महान् चलचित्र’ बनाउने यात्रामा कुनै सम्झौता गरिएको छैन । ‘कथाको सिर्जना होस् वा कलाकार, प्राविधिक, र प्रविधिको छनोट हामीले सोचेभन्दा राम्रो गर्न सफल भयौं । शारीरिक, मानसिक, र भावनात्मक रूपमा धेरै संघर्ष गर्यौं, चलचित्रलाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी राखेनौं’, सेनले भन्नुभयो ।
निर्माण टोलीको मिहिनेतबारे बोल्दै अहाँले अगाडि भन्नुभयो, ‘चार महिनासम्म रातदिन रगत-पसिना बगाएर मिहिनेत गर्यौं । यस चलचित्रको लागि सम्पूर्ण टिमले जुन बलिदानी दिएको छ, त्यसलाई शब्दमा मात्र धन्यवाद दिएर पुग्दैन । म विश्वस्त छु, उनीहरूको काम ‘बलिदान’मार्फत अमर रहनेछ ।’
यो चलचित्र देशका लागि केही गर्ने जोस र हुटहुटीले बनेको सेनको भनाइ छ । उहाँले दर्शकको सदाशयताले थप प्रेरणा दिएको बताउँदै भन्नुभयो ‘आगामी दिनमा पनि दर्शकको साथ पाइरहने विश्वास छ । कथाको आवश्यक बलिदानी दिएर अन्तिम दृश्य खिच्यौं र छायांकनको चरणलाई बिट मार्यौं ।’ अब चलचित्रको सम्पादन कार्य अब छिट्टै सुरु हुने र पोष्ट प्रोडक्सनका क्रममा पनि कुनै सम्झौता नगर्ने निर्देशक सेनको भनाइ छ । चलचित्रको प्रदर्शन मितिबारे भने निर्देशकले आफ्नो पुरानै कथन दोहोर्याउँदै भन्नुभयो, ‘अब छिट्टै टिजर रिलिज हुनेछ, जसमा रिलिज मिति घोषणा गरिनेछ ।’
नेपाली चलचित्र उद्योगमा ऐतिहासिक र देशभक्तिपूर्ण कथावस्तुका कारण ‘बलिदान’ प्रति दर्शकको विशेष चासो रहँदै आएको छ । चलचित्रमा उत्कृष्ट कलाकारहरूको सहभागिता, प्रविधिको उच्चतम प्रयोग, र कथाको गहिरो प्रभावशीलताले यसलाई बहुप्रतिक्षित चलचित्र बनाएको छ । सम्भवतः निरन्तर रूपमा सबैभन्दा धेरै समय छायांकन भएको र सबैभन्दा महँगो लगानीको चलचित्रको रूपमा पनि ‘बलिदान’लाई हेर्न सकिन्छ ।
यस चलचित्रमा पहिलो चलचित्र ‘१२ गाउँ’बाट व्यापक चर्चा पाउनुभका अभिनेता समीर भट्टको प्रमुख भूमिका र साथमा सौगात मल्ल, अर्पण थापा, दिव्य देव, ऋचा शर्मालगायत कलाकारको अभिनये छ । ‘बलिदान’ को कथा नेपालको सार्वभौम भूमिमा भइरहेको शोषण, अन्याय र समाजका तथाकथित नाइकेहरूको विरुद्धको संघर्षमा आधारित रहेको बताइएको छ ।
चलचित्रमा दक्षिण भारतका चर्चित एक्सन निर्देशक स्टन्डर सामको नेतृत्वमा करिब ३० जनाको टोलीले अत्याधुनिक प्रविधिको प्रयोग गर्दै एक्सन दृश्य खिचेका थिए । यस चलचित्रको क्लाइमेक्स दृश्यहरू छायांकनका लागि बुढासुब्बा मैदानमा ४२ फिट अग्लो कालीमाताको भव्य मूर्ति निर्माण गरिएको थियो, जसको व्यापक चर्चा भएको थियो । चलचित्रको लागि सांगीतिक संस्था आर्टमान्डु टिमका सदस्यहरूले संगीतका विभिन्न पक्षहरूमा कार्य गरेका छन् । गायक सुजन चापागाईं, गीतकार हर्क साउद र निर्देशक नवीन चौहानको समूहले ‘बलिदान’का गीत, संगीत तथा ब्याकग्राउण्ड म्युजिकमा काम गरिरहेको छ । ‘आसुसेन फिल्म्स प्रालि’ को प्रस्तुति रहेको यस चलचित्रमा पवन ब्राडफोर्ड विष्ट निर्माता र प्रेम पुरी सहनिर्माताको भूमिकामा हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच