
काठमाडौं । इजिप्टको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इको इन्टरनेशनल-२०२५’ मा नेपालको प्रतिनिधित्व संस्कृति भट्टले गर्ने हुनुभएको छ । ग्रीन आर्ट मिडियाले भट्टलाई ‘मिस इको इन्टरनेशनल नेपाल-२०२५’ को ताजसहित प्रतियोगिताका लागि छनोट गरेको हो । द स्ट्रन्द लाउण्ज एण्ड बार, बत्तीसपुतलीमा शुक्रबार आयोजित एक कार्यक्रमबीच ग्रीन आर्ट मिडियाले भट्टलाई प्रतियोगीको रूपमा सार्वजनिक गरेको हो ।
भट्टलाई कार्यक्रममा ‘मिस इको इन्टरनेशनल नेपाल २०२५’ ताज ‘मिस इको इन्टरनेशनल नेपाल २०२४, २०२२’ र २०१७ की विजेता क्रमस फ्लाविया महर्जन शोफिया भुजेल र रोनाली अमात्यले लगाइदिनुभएको थियो ।
कार्यक्रममा ग्रीन आर्ट मिडियाका सिइयो प्रवीण लाकौल, ग्रीन आर्टस मिडियाकी निर्देशक तथा ‘मिसेज युनिभर्स नेपाल २०१९’ अनिला श्रेष्ठ लगायतको कार्यक्रममा उपस्थिति थियो । ‘मिस इको इन्टरनेशनल २०२५’ आगामी अप्रिलमा इजिप्टमा आयोजना हुँदैछ । ६० बढी देशका इको सुन्दरीहरूको सहभागिता रहने प्रतियोगिताका लागि भट्ट नेपालको तर्फबाट एक्लो प्रतिनिधि हुनुहुन्छ । भट्टलाई प्रतियोगिताका लागि ग्रीन आर्ट मिडियाकी प्रबन्ध निर्देशक तथा अन्तर्राष्ट्रिय कोरियोग्राफर अनिला श्रेष्ठ र नेपालका प्रतिष्ठित व्यक्तिहरूबाट ग्रुमिङ गरिनेछ ।
कार्यक्रममा भट्टले मिस इको आफ्ना लागि एउटा राम्रो अवसर भएको बताउनुभयो । उहाँले अवसर प्रदान गर्ने ग्रीन आर्ट मिडियाप्रति आभार व्यक्त गर्नुभयो । कार्यक्रममा उहाँले नेपालका कल्चरल, सांस्कृतिक र पर्यटकीय स्थानको समेत प्रचार गर्ने बताउनुभयो । ग्रीन आर्टस मिडियाकी अनिला श्रेष्ठ २०१५ देखि मिस इको इन्टरनेशनलको आधिकारिक नेपाल राष्ट्रिय निर्देशकको रूपमा चुनिनुभएको हो । मिडियाको सिइयोमा प्रवीण लाकौल रहनुभएको छ ।
मिस इको इन्टरनेशनल एक प्रतिष्ठित अन्तर्राष्ट्रिय सुन्दरी प्रतियोगिता हो । जसको एलटीसिपि अर्गनाइजेशनले ब्युटी फर इको’ जागृत गर्दै टुरिजम् र वातावरणको विषयलाई मुख्य कार्यक्षेत्र बनाई इजिप्टबाट २०१५ देखि सुरु गरेको हो । यसको मुख्य उद्देश्य विश्वभरका पर्यावरण र संस्कृतिलाई अन्तर्राष्ट्रिय नेटवर्कमार्फत सूचना प्रवाह गर्ने रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच