
भरतपुर । आठौं संस्करणको राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता चितवनमा हुने भएको छ । शनिबार चितवनमा पत्रकार सम्मेलन गरी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले यही फागुन १७ गतेदेखि २० गतेसम्म यो प्रतियोगिता हुने जानकारी दिएको हो ।
भरतपुर नगरपालिका-१० स्थित वीरेन्द्र क्याम्पसको डिग्री भवनको खेलमैदानमा आयोजना हुने प्रतिष्ठानकी अध्यक्ष रिता थापा मगरले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम पुरस्कार तीन लाख, द्वितीय पुरस्कार दुई लाख, तृतीय पुरस्कार एक लाख र सान्त्वना पुरस्कार ५० हजार रुपैयाँ प्रदान गरिने बताउनुभयो ।
प्रतियोगी कलाकारमध्येबाट उत्कृष्ट गायक, उत्कृष्ट गायिका, उत्कृष्ट भेषभूषा, उत्कृष्ट नवगायक, उत्कृष्ट नवगायिकालाई समेत आकर्षक पुरस्कारको व्यवस्था गरिएको उहाँको भनाइ थियो । आठौं राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगितामा पचास लाख नेपाली र नेपालीभाषी दर्शकले अवलोकन गर्ने अपेक्षा गरेको उहाँको भनाइ थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच