
काठमाडौं । क्याप्टेन वेदप्रकाश उप्रेतीको ‘पायलट प्रेम’ पुस्तक लोकार्पण गरिएको छ । सिनामंगलस्थित एभिएसन म्युजियममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले उक्त पुस्तक लोकार्पण गर्नुभएको हो ।
नेपाल, भारत र इण्डोनेसियामा लामो समयदेखि विमान चालक (पाइलट) को जिम्मेवारी निर्वाह गर्नुभएका उप्रेतीले आफ्नै अनुभव र विभिन्न भोगाइलाई पुस्तकमा समावेश गर्नुभएको छ ।
सो अवसरमा पर्यटनमन्त्री पाण्डेले उप्रेतीको कृतिले नयाँ सिर्जनाको थालनी गरेको बताउनुभयो । एभिएसन म्युजियमले पनि धेरै सम्भावनाको ढोका खुलेको उहाँले उल्लेख गर्नुभयो ।
क्याप्टेन उप्रेतीले आफ्नो पाइलट जीवनका भोगाई र अनुभवलाई समेटिएको कृतिले पाइलट अध्ययन गर्न चाहने विद्यार्थीकालागि प्रेरणादायी बन्ने विश्वास व्यक्त गर्नुभयो । उडान क्षेत्रको जोखिम र साहसिक कामका साथै जीवनका विभिन्न भोगाइलाई कृतिमा समेटिएको उहाँले सुनाउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच