
पछिल्ला दिनहरूमा नेपाली कांग्रेस पार्टीभित्र इतर र भितरको दूरी फराकिलो बन्दै गएको छ । यस्तो चित्र पार्टीका नेताहरूको चरित्रले निर्माण गर्दै गएको हो । अब पार्टीको १५औं माहाधिवेशनको समय निकट आउँदै गरेको सन्दर्भमा पार्टीमा हलचल बढी नै देखिन थालेको छ । आफ्नो र पराईको भेद खोज्ने, आफ्ना पक्षकालाई कटिबद्ध बनाएर अर्कोतिर जानबाट रोक्ने, अर्को पक्षकालाई फकाएर आफ्नो पक्षमा ल्याउने प्रयास गर्ने र तटस्थहरूलाई पनि आफ्नो पक्षका तान्ने प्रयास हुँदै आएको छ । केही समय पहिले पोखरामा भएको जिल्ला सभापतिहरूको भेलामा संस्थापन पक्षले इतर पक्षलाई नबोलाएको विषयले निकै चर्चा पाएको थियो । इतर पक्षका नेता डा.शेखर कोइरालालाई उक्त भेलामा बोलाइएको थिएन ।
यसैगरी डा.कोइरालाले पनि बेलाबेलामा आफ्नो पक्षका नेता कार्यकर्ताहरूको भेला गर्दै आउनुभएको छ । यसले गर्दा नेपाली कांग्रेस पार्टीभित्र इतर र भितरको विवाद मौलाउँदै गएको छ भन्ने स्पष्ट रूपमा देख्न सकिन्छ । सभापति शेरबहादुर देउवाले पनि हालै आफ्नो निवास बूढानीलकण्ठमा आफ्ना पक्षका नेताहरूसँग भेटघाट गरी छलफल गर्नुभएको छ । अब पार्टीको सभापतिका हैसियतले काम गर्न पाउने उहाँको समयावधि नौ महिना बाँकी छ । त्यसपछि विधानले दिएको अधिकार प्रयोग गरेर अर्को एक वर्ष उहाँ पदमा रहन पाउनुहुनेछ । त्यस अर्थमा उहाँ आगामी २०८३ सालको मंसिरसम्म पार्टी सभापति रहनसक्नुहुनेछ । त्यसपछिको भरपर्दो उत्तराधिकारीको आवश्यकता उहाँले महसुस गर्नुभएको हुनसक्छ ।
त्यसका लागि दोस्रो वरियतामा रहनुभएका नेताहरू आकांक्षी भएर रहनुभएको छ । हालै सभापति देउवाले आयोजना गर्नुभएको भेटघाट कार्यक्रममा कोही संस्थापन पक्षमै कटिबद्ध रहनुभएका, कोही सभापतिको विश्वास जितेर आपूm उक्त पदका लागि योग्य स्थापित हुने प्रयासमा सहभागी बन्नुभएको थियो । तेह्रौं अधिवेशनमा अर्कै खेमा तयार गरी सभापतिको उम्मेदवार बन्नुभएका कृष्ण सिटौलादेखि डा.शेखरको विकल्प बन्न तयार हुनुभएका डा.शशांक कोइरालाहरूको पनि त्यहाँ उपस्तिथि रहेको थियो । यसबाट उहाँहरूको पनि आगामी महाधिवेशनमा सभापति पदका लागि वर्तमान सभापतिको समर्थन खोज्ने आकांक्षा रहेको हुनसक्छ । यतिमात्र होइन सिटौलाले त डा.शेखर र गगन थापामात्र नेता छैनन् भनेर उहाँहरूको विकल्प हामी छौं भन्ने देखाउन खोज्नुभएको छ ।
चौधौं महाधिवेशनमा सभापतिमा देउवासँग प्रतिस्पर्धा गर्नुभएका प्रकाशमान सिंह र विमलेन्द्र निधि त पहिलो चरणबाट कोही पनि विजयी बन्न नसकेको, दोस्रोे चरणमा डा.शेखर कोइराला र शेरबहादुर देउवाको प्रतिष्पर्धा हुँदा सिंह र निधि दुवैजनाले वर्तमान सभापति देउवालाई नै समर्थन गरेपछि देउवा विजयी बन्नुभएको थियो । त्यस समर्थनको गुन देउवाले आपूmलाई तिर्नुहुनेछ भन्ने अपेक्षा उहाँहरूबाट हुनु अस्वाभाविक मानिनेछैन । निधि र सिंहले उक्त महाधिवेशनमा राम्रै खालको वतावरण तयार पारेको देखिए पनि परिणाम त्यस अनुसारको देखाउन सक्नुभएको थिएन । त्यसपछिको प्रतिस्पर्धा देउवा-कोइरालाबीच हुनेभयो । सिंह र निधिले जसलाई समर्थन गर्यो उसैको विजय हुने पक्का थियो ।
सिंहले डा.कोइरालालाई समर्थन गर्नुहोला भन्ने कोइराला पक्षधर तथा अन्य कार्यकर्ताको अपेक्षा थियो तर सिंहले देउवालाई नै सघाउनुभयो । निधिले पनि देउवालाई नै समर्थन गर्नुभयो । कोइराला पक्षधरले निधिसँग भन्दा सिंहसँग डा.कोइरालालाई समर्थन गर्ने अपेक्षा गरेका रहेछन् तर सिंहले देउवालाई सघाएपछि सिंहलाई गाली गर्नेहरूको लर्को लाग्यो । हुन त महानगरपालिकाको प्रमुखमा बालेन साह आफ्नो लोकप्रियताका कारणले नै विजयी बन्नुभएको होला तर भन्नेहरूले प्रकाशमान सिंहले कांग्रेसको महाधिवेशनमा शेखरलाई छोडेर देउवालाई समर्थन गरी राजनीतिक बेइमानी गरेकाले जनतालले त्यसको बदला उहाँकी श्रीमतीलाई मत नदिएर पराजित गराएका हुन् भनेर पनि प्रतिक्रिया दिएका थिए ।
हालैको भेटघाटमा निधि, वर्तमान उपसभापति तथा उपप्रधानमन्त्री सिंह, उपसभापति पूर्णबहादुर खड्का, पूर्वउपसभापतिहरू गोपालमान श्रेष्ठ, विजय गच्छदार, सहमहामन्त्री उमाकान्त चौधरी, प्रवक्ता डा.प्रकाशशरण महत, नेताहरू बालकृष्ण खाँण, एनपी साउदलगायतको उपस्थिति थियो । नेपाली कांग्रेसका आशालाग्दा यी नेताहरूमध्ये सबैको केही न केही आकांक्षा निश्चय रहेको छ । यो स्वाभाविकै हो तर उहाँहरू सबैलाई चित्त बुझउने गरी व्यवस्थापन गर्न भने देउवालाई सजिलो छैन । त्यसैले त विधानतः अब आपूm अर्को महाधिवेशनमा सभापतिको उम्मेदवार बन्न नपाउने वर्तमान सभापति देउवाले आफू समय आएपछि मात्र बोल्ने भन्दै हाल सबैजनालाई यही टिमको स्पिरिट बमोजिम काम गर्दै जान निर्देशन दिनुभएको छ ।
राजनीतिका वाचाल खेलाडी मानिनुहुने सभापति देउवालले अहिले नेताहरूलाई फकाउनुभएको छ तर पछि गएर आफ्नै श्रीमती आरजु राणा देउवालाई अगाडि सार्न पनि सक्नुहुन्छ भन्ने तर्कलाई पनि नकारिहाल्न मिल्दैन । उहाँले कि सभापतिमा वा प्रधानमन्त्रीका रूपमा आरजुलाई अगाडि बढाउनुहुनेछ भन्ने चर्चामा विश्वास गर्न सकिने आधार हाल आरजुलाई परराष्ट्रमन्त्री बनाएबाट पनि लिन सकिन्छ । तर, राजनीति गर्नेहरूको र सामान्य मतदाता तथा शुभचिन्तकहरूको भावना एकै नहुन पनि सक्छ । शुभचिन्तकहरूले नेपाली कांग्रेसलाई प्रजातन्त्रको सबैभन्दा ठूलो संबाहक पार्टीका रूपमा हेरेका र पार्टीमा एकता भएको देख्न चाहेका हुनसक्छन् । गुटबन्दीको यस्तो राजनीतिले शुभचिन्तकहरूमा भड्काउ आउन सक्छ भन्नेतर्फ भने अग्रणी नेताहरूले ध्यान पु¥याउनै पर्छ । किनभने यो एउटा कुनै अमूक पार्टीमा मात्र आएको विचलन र भड्काउ होइन, यसले देशको सिंगो राजनीतिलाई प्रभाव पार्छ भन्ने बुझ्नुपर्ने हुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच