
गत फब्रुवरी ५ तारिख, सन् २०२५ का दिन भारतको दिल्ली राज्यमा भएको विधानसभाको निर्वाचनमा आम आदमी पार्टी (आप)लाई यस पालि तेस्रोपटक सत्तारूढ हुनबाट रोक लगाएको छ । यो चुनाव त्यस अवस्थामा भएको हो जब आपका संयोजक तथा दिल्लीका पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाल दिल्लीमा भएको भनिएको २२ हजार करोड रुपैयाँको शराब घोटाला काण्डमा बसेर आएका हुन् । केजरीवालसँगै उनका उपमुख्यमन्त्री मनिष सिसोदिया, स्वास्थ्यमन्त्री सत्येन्द्र जैनलगायत अन्य कति विधायकहरू पनि आर्थिक र अन्य यस्तै अनियमिततामा जेल बसेर आइसकेका हुन् ।
प्रधानमन्त्री मोदीले आप सरकारहरू (केजरीवालको पहिला र पछि आतिशिका सरकारहरू)ले हरियाणामाथि यमुनालाई प्रदूषित गरेको आरोप लगाएर आफ्नो नाकामयाबीको ढाकछोप गरेको आरोप लगाउँदै दिल्लीमा सफा खानेपानीको अभाव, असल शिक्षाबाट बालबालिका वञ्चित रहेको र स्वास्थ्य सेवा नाजुक रहेको बताएका छन् ।
चुनावको चौथो दिन अर्थात्, फब्रुवरी ८ तारिखमा दिल्ली विधानसभाको चुनावको परिणाम आउँदा कूल ७० सिटमध्ये भारतीय जनता पार्टी (भाजपा)ले ४८ सिट जित हासिल गरे भने आपले २२ सिटमाथि तर कंग्रेस आईले फेरि उसका ६७ सिटका उम्मेदवारले जमानतसमेत जफत गराउँदै जितको कतै खाता पनि खोल्न सकेन । यो लेख भाजपाको जित पछाडिका केही कारणसँगै आपको पराजयको कारणबारे चर्चा गर्ने उद्देश्यले लेखिएको छ जसबाट नेपालका दल तथा जनताले पनि केही सिकून् ।
घोचपेचबाट विश्लेषण
फेब्रुवरी ८ तारिखका दिन भाजपाको सरकार बनाउने बहुमत ३६ भन्दा पनि १२ सिट बढी ल्याएर गरिएको खुशीयालीमा भाजपाका एकजना सर्वाेच्च नेता तथा प्रधानमन्त्री नरेन्द्र मोदीले भाजपाको दिल्लीस्थित मुख्यालयमा गरेको साँझको सम्बोधनमा भाजपाको चुनावी घोषणामाथि अडिग हुने बताएका थिए । उनका अनुसार केजरीवालले भ्रष्टाचारविरुद्धको आन्दोलन समाजसेवी अन्ना हजारेसँग गरेपनि हजारेसमेतलाई मुख थुन्न लगाउने गरी केजरीवालले रक्सी बेच्ने नीतिमा राजस्वलाई छलेर अकूत सम्पत्ति कमाएका, सो रकम अन्य राज्यको चुनावमा दुरुपयोग गरेको, मुख्यमन्त्री आवास करिब ८ करोड रुपैयाँको लागतमा बन्ने भनिए पनि कोरोना काल सन् २०२० मा सुरुवात गरी झण्डै ३३ करोडमा निर्माण गरेर भ्रष्टाचार गरेको, प्रवर्तन निर्देशनालय (इडी) को अफिसले आपबाट २२ हजार करोड कूल रकम अवैध करार गरेको तथा यमुना नदीको सफाइमा ध्यान नदिएर प्रदूषित पारी सनातन हिन्दूले छठ जस्तो पर्वमा नदीमा डुबुल्की पनि लगाउन नसक्ने अवस्था सिर्जना भएको जस्ता आरोपहरू लगाए ।
प्रधानमन्त्री मोदीले आप सरकारहरू (केजरीवालको पहिला र पछि आतिशिका सरकारहरू)ले हरियाणामाथि यमुनालाई प्रदूषित गरेको आरोप लगाएर आफ्नो नाकामयाबीको ढाकछोप गरेको आरोप लगाउँदै दिल्लीमा सफा खानेपानीको अभाव, असल शिक्षाबाट बालबालिका वञ्चित रहेको र स्वास्थ्य सेवा नाजुक रहेको बताएका छन् । उनका अनुसार दिल्ली जे हुनुपथ्र्याे त्यो हुन नसकेकोले अब भाजपाले घोषणापत्रमा कबुलेका बाचाहरू विधानसभाको पहिलो बैठकबाट पारित हुने, यमुना नदीलाई दिल्लीको पहिचान बनाइने र जसले जति रकम घोटाला गरेको भए पनि फिर्ता गर्नुपर्ने बताए । प्रम मोदीले कंग्रेस पार्टी विगत झैँ सन् २०२५ मा पनि एक सिट पनि जित्न नसक्नुमा कंग्रेसले एन्डी गठबन्धनमा जुन राज्यमा गयो, त्यहीँको गठबन्धनमा सामेल दलको एजेण्डा चोर्दै गएको पनि विश्लेषण गर्दै अब कांग्रेस एन्डीमा पनि ‘फिट’ नहुने बताए ।
उनले भने दिल्लीकै चुनावमा एआइएमएमआई तथा समाजवादी पार्टीहरूले पनि एक सिट पनि जित्न नसकेकोमा भने सार्वजनिक टिप्पणी नगर्नुमा शायद चर्चा गरिदिएर किन भ्यालु बढाउने सोचेका हुनसक्छ । भाजपाका अन्य नेताहरूले भने आपका नेतामाथि देश बाहिरका मुस्लिम भोटरहरूलाई गैह्रकानुनी ढंगले प्रवेश भारतमा गराएर सुविधा पनि गलत तरिकाले राज्यबाट दिलाएर मतदाता थपेको भने मिडियामा गैह्रकानुनी लगानी गरेर मतदातालाई प्रभावमा पारेको आरोप जस्ता आरोप छन् ।
अर्काेतर्फ आपका नेताहरूको विश्लेषणमा भाजपाले सरकारी संयन्त्र दुरुपयोग गरेको, आफ्ना मतदातालाई भोटरलिस्टबाट नाम कटाइदिएको, केन्द्र सरकारले राज्य सरकारलाई दिनुपर्ने सुविधा नदिएको जस्ता प्रतिवाद गर्छन् । उनीहरूले दिल्लीका लेफ्टिनेन्ट गवर्नर (एलजी) ले आफूहरूको काममा बेलाबखत अवरोध पु¥याइरहेको गुनासो गरिरहेका थिए ।
सबक के सिक्ने त ?
केजरीवालको एउटा भाषण यस चुनावको बेला हाल भाइरल भइरहेको छ, ‘दिल्लीमा तपाईंले, मोदीजीले, मलाई हराउनलाई यस जन्ममा सम्भव छैन, अर्काे जन्म लिनुपर्छ ।’ जहाँ अघिल्लो सन् २०२० को चुनावमा भाजपाका एकजना फायरब्राण्ड नेताले आप नेताहरूलाई सम्बोधन गर्दै विदेशी मतदाता भिœयाएको प्रति कटाक्ष गरेर ‘देश के गद्दारों को, गोली मारो सालों को’ नारालाई भाजपाको हार मानिएको थियो, त्यहाँ हाल आप नेता केजरीवालको माथिको भाषणलाई उनीहरूको विभिन्न घोटालामा नाम मुछिनुसँगै यस पालिको हारमा घमण्ड पलाएको एक गल्ती-गन्ती गरिन्छ ।
भाजपा नेतृत्वको केन्द्रीय एनडिए गठबन्धनको सरकारको प्रमुख राजनीतिक अजेण्डा भनेकै विश्वमा भारत देशलाई सनातन हिन्दू राज्यको रूपमा चिनाउनु, भारतविरुद्ध आतंकवाद प्रत्यक्ष वा प्रोक्सी रूपमा जसरी भए पनि रोक्नु आत्मनिर्भर भारत खाद्य पदार्थ, रोजगार, श्रम, सीप, हातहतियार, गाडी, घोडा, प्राकृतिक सम्पदा उपयोग सबैमा हो । यसका लागि एउटा दृढ इच्छाशक्तिको साथ विश्वको पहिलो पाँच वटा देशको बजेटको आकार ठूलो भएको लिस्टमा भारतलाई मोदी नेतृत्वको सरकारले लक्ष्य लिएको हो । भारतको केन्द्रमा भाजपाको सरकार हुँदा हाल करिब ७० प्रतिशत प्रान्त/राज्यमा भाजपाकै सरकार बनाएर चाँडो विकास गर्ने उसको लक्ष्य हो ।
धर्मको नाममा सनातन हिन्दुबाहेक भारतमा पछि आएका जुनसुकै धर्मावलम्बीहरूले यदि स्वयंले खाली ठाउँमा धार्मिक ढाँचा जायज र सामान्यरूपले उभ्याएको हो भने केही नगर्ने तर सनातन धर्मको आस्थाका ढाँचामाथि वा तोड्फोड गरेर अर्काे धर्मको यदि उभ्याएको हो भने त्यसलाई विधिवत् पुरानै ढाँचा फर्काएर त्रुटि सच्याउने भाजपाको नीति नै हो । भारतभरि एउटामात्र कानुन (संविधान) लागू गर्ने, युनिफर्म सिभिल कोड देशभर लागू गरेर सबै धर्म, जातका नागरिकलाई एउटै कानुनभित्र पार्ने मजबुत राष्ट्र भाजपाको परिकल्पना हो ।
आज अमेरिकाले जसरी गैरकानुनी आप्रवासीलाई घर फर्काउँदैछ, त्यसरी भारतले पनि धार्मिक वा लाल आतंकबाट मुक्त गर्नलाई भारतबाट पनि अभियान थाल्ने अनुमान लगाउन सकिन्छ । यस्तोमा नेपालले आफ्नो बोर्डरको रखबारी गर्दै नेपालमा त्यस्ता तत्वको प्रवेशबाट रोक्ने पूर्णतयारी गरेर बस्ने हो भने आफ्नो लाभ शान्तिपूर्ण गतिविधिबाट अधिकतम उठाउन सकिन्छ ।
यी कामहरू हुनलाई भाजपा र एनडिएले आतंकवादमुक्त भारत देखेको हो जहाँ उनीहरूले आतंकवादलाई केवल सीमापारबाट नभई देशभित्रैबाट पनि घुसपैठिया तथा देशभित्रैका केही भोट ब्यांकका लागि भारतविरोधी तत्वलाई र लाल (नक्सली) आतंकवादलाई समेत बुझेको हो । घरायसी अशान्ति मच्चाउने तत्वहरूलाई पढेलेखेका खुला रूपमा शहरमा बसेर मिडियामा ‘बौद्धिक बहस’मा त्यस्ताको पक्षमा वकालत गर्नेलाई भाजपाले ‘अरबन नक्सली’ भन्छन् । यस्ता अरबन नक्सलीहरूले भरेको एउटा पार्टी केजरीवालको पनि हो, जबकी अन्य यस्ता भाजपाको भाषामा भारतका कथित् वामबुद्धिजीवी, टिएमसी, एआइएमएमआई, आरजेडी, समाजवादी पार्टी आदिसँग सम्बन्धित अधिकांश बुद्धिजीवीलाई बुझ्छन् ।
नेपालको सन्दर्भ :
नेपालले दिल्लीमा भएको केजरीवाल, जसले मुफ्तमा बिजुली बिल र के-के जनतालाई दिएको दाबी गरे जस्तो मान्छे र उनको दल आपले यसपालि व्यहोरेको हारले के बुझ्नुपर्छ कि जनता नेपालमा पनि कुन बेला र कसरी आफ्नो नयाँ दललाई पहिल्याउने हुन् त्यो कसैलाई थाहा छैन । केजरीवालले जस्तो केवल मिडियामा भाषण दिएर, कहिले सनातन भने कहिले मुस्लिम आदिको भेष धारण गरेर चुनावी हिन्दु बनेर भोट बटुलेर चुनाव जित्न सधैँ सकिँदैन, एकदिन भण्डाफोर हुन्छ । केजरीवालले विदेशी आयातीतलाई जति रक्षा गरे पनि ‘भारत प्रथम’ भन्ने नाराको अगाडि आखिरमा हारे त ।
अर्काे कुरा अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प, रूसमा भ्लादिमिर पुटिन र भारतमा नरेन्द्र मोदीहरूको एउटा ‘नेसन फष्र्ट’ नीति अघोषित भए पनि मिलेरै काम गरिरहेको बुझ्न सकिन्छ । आज अमेरिकाले जसरी गैरकानुनी आप्रवासीलाई घर फर्काउँदैछ, त्यसरी भारतले पनि धार्मिक वा लाल आतंकबाट मुक्त गर्नलाई भारतबाट पनि अभियान थाल्ने अनुमान लगाउन सकिन्छ । यस्तोमा नेपालले आफ्नो बोर्डरको रखबारी गर्दै नेपालमा त्यस्ता तत्वको प्रवेशबाट रोक्ने पूर्णतयारी गरेर बस्ने हो भने यी शक्तिशाली देशहरूको समदूरीमा रहेर आफ्नो लाभ शान्तिपूर्ण गतिविधिबाट अधिकतम उठाउने हो, कसैलाई नचिढ्याइकन ।
आफ्नो विकासमा लगानी खोज्ने हो यी शक्तिशाली देशका कुनै प्रतिस्पर्धी देशसँग नलागेर, अपितु तटस्थ बसेर नत्र परिणाम जे पनि नेपालको अहितमा हुनसक्छ । तसर्थ, यो घडी नेपालका नेताका लागि संयम, धैर्य, कूटनीतिक चातुर्य, गम्भीरता आदिले काम लिने हो किनकि चुनावमा जित यी शक्तिशाली देशका नेतामा बढ्दो महत्वाकांक्षा पनि छ, साथै अति आत्मविश्वास पनि ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच