
विकास आफैँ हुने होइन । विकासका लागि राजनीतिज्ञमा दृढ इच्छाशक्ति र देशको साधनस्रोतको आवश्यकता परेको हुन्छ । त्यसो हुन सकेन भने कुनै पनि व्यवस्थामा विकासका मूल फुट्न सक्दैनन् । त्यसैले विकासको मूल आधारमा राजनीतिक स्थायित्व र राजनेताको दृढ विश्वासको आवश्यकता मानिएको पाइन्छ । नेतृत्वमा विश्वास भएन भने न त देश नै बन्छ न त देशको शिक्षाले नै विद्यार्थीमा परिवर्तन ल्याउने गरेको हुन्छ । यही परिवर्तन नै मानवीय भावनाको पहिचान हो । त्यसैले शिक्षाले मानिसको जीवनस्तरमात्र होइन मानवीय भावनामा समेत परिवर्र्तन गर्नु आवश्यक मानिन्छ । यदि त्यसो गर्न सकिएन भने देशमा दिइने शिक्षाले विदेश पलायनलाई रोक्न सक्दैन ।
आधुनिक शिक्षाका जन्मदाता मेकावेली मानिन्छन् । भारतमा अङ्ग्रेजको शासनमा उनी आएर सम्पूर्ण भारत घुमे । उनले कतै झुठ बोल्ने मानिस र चोरी गर्ने मानिस भेटेनन् । भारतमा शिक्षा गुरुकुल परम्परामा रहेको थियो । उनले बेलायतको संसद्मा भाषण गरे । भारतमा कतै पनि चोरीचकारी र झुटको अवस्था छैन । यदि भारतीयहरू यही शिक्षाका माध्यमबाट अघि बढे भने हामीले भारतमा धेरै वर्ष शासनलाई गति दिन सक्दैनौँ । भारतीयहरूलाई अङ्ग्रेजी शिक्षा दिनु आवश्यक मानिन्छ । भारतमा आधुनिक शिक्षाको आरम्भ यसरी भएको मानिन्छ । मेकावेली आधुनिक शिक्षाका जन्मदाता मानिन्छन् र सोही शिक्षा क्रमशः संसारभरि फिजियो । आजको नेपाल पनि त्यही शिक्षाको डोरी समातेर हिँडिरहेको छ ।
उच्च शिक्षामा बेवास्ता
शिक्षाले ज्ञानलाई वितरण गर्ने हो । ज्ञानका साथै जीविको पार्जन पनि शिक्षाको नै आधार मानिएको हुन्छ । शिक्षाका माध्यमकाट भएको जीविकोपार्जनले मानिसलाई गतिशील बनाएको त हुन्छ तर मानिसलाई मानिसको रूपमा अघि बढाउन सक्दैन । त्यसैले मेकावेलीबाट आएको आधुनिक शिक्षा नै आजको संसारमा आएको शिक्षा हो । शैक्षिक आधारमा गरिएको यो मान्यताका लागि मानिसले जीवनको खोज बाहिर ल्याउनु आवश्यक मानिएको हो । आजको नेपाल त्यही आधुनिक शिक्षाको चपेटामा चेपिएको छ । आजको नेपाल शिक्षाका दृष्टिले सम्पन्न पनि छ । नेपालको शिक्षामा परिवर्तन न आएको पनि होइन । शिक्षालाई शिक्षाका माध्यमबाट गतिशील बनाउन नेपालले विभिन्न माध्यम अपनाएको छ । माध्यमिक तहको शिक्षालाई संविधानले स्थानीय तहलाई सुम्पेको छ । स्थानीयतहबाट सञ्चालित विद्यालयहरूले प्रगति पनि गरेका छन् ।
शिक्षाक्षेत्रमा पसेको राजनीतिले शिक्षाक्षेत्रको अवस्थालाई दिनप्रतिदिन उकालो लगाउनुको साटो बिगार्ने अवस्थामा पनि पुर्याएको देखियो । विद्यालयीय शिक्षा पाएका विद्यार्थीहरू नै उच्चशिक्षाका हकदार सावित हुने हुन् । नेपालमा भने उच्चशिक्षा दिनानुदिन गिर्दो अवस्थाले अघि बढेको पाइयो । यो अवस्था सिर्जना हुनुमा हामी आफूलाई नै दोषका भागी मान्नुपर्ने हुन्छ ।
शिक्षाक्षेत्रमा पसेको राजनीतिले शिक्षाक्षेत्रको अवस्थालाई दिनप्रतिदिन उकालो लगाउनुको साटो बिगार्ने अवस्थामा पनि पु¥याएको देखियो । विद्यालयीय शिक्षा पाएका विद्यार्थीहरू नै उच्चशिक्षाका हकदार सावित हुने हुन् । नेपालमा भने उच्चशिक्षा दिनानुदिन गिर्दो अवस्थाले अघि बढेको पाइयो । यो अवस्था सिर्जना हुनुमा हामी आफूलाई नै दोषका भागी मान्नुपर्ने हुन्छ । राज्यले शिक्षामा गरेको लगानी अनुसारको उत्पादन भयो वा भएन ? विश्वविद्यालयले दिएको शिक्षा स्नातक र स्नातकोत्तरले स्वदेशको विकासमा योगदान दियो वा दिएन । यो हेर्ने मापदण्ड आज राज्यसित छैन ।
राज्यबाट सञ्चालित भएका विश्वविद्यालयले नेपाली जनताका छोराछोरीलाई नेपालको पहिचानलाई गति दिने शिक्षा दिए वा दिएनन् । यसको लेखाजोखा राख्ने जिम्मा राज्यको होइन र ? नेपाल सरकारले वर्तमानमा विश्वविद्यालयका पदाधिकारीको नियुक्तिमा मेरिटोक्रेसीको अवधारणा बाहिर ल्यायो । विश्वविद्यालय सञ्चालन गर्न शोचपत्र र अवधारणापत्र पनि माग्यो । आफूलाई अब्बल ठान्ने प्राध्यापकहरू पदाधिकारी नियुक्तिका लागि लामबद्ध पनि भए । मन्त्रालयले निर्धारण गरेको मापदण्डमा आफूलाई अब्बल मानेर सहभागी पनि भए तर मेरिटोक्रेसीबाट नियुक्त भएका पदाधिकारीले पनि उच्चशिक्षालाई गति दिने अवस्थामा आफूलाई उतार्न सकेको देखिएन । विद्यार्थी राजनीतिको चपेटामा आज पनि विश्वविद्यालय परिरहेका छन् । अध्ययनभन्दा पनि राजनीतिलाई प्राथमिकता दिने विद्यार्थीको लाम आज सञ्चालित क्याम्पसहरूमा देखियो ।
नेपालमा पाएको शिक्षाले नेपालमा नै बसेर जीवनयापन गर्न नसकिने होइन । राजनीतिलाई पहिलो दर्जा र उच्च उपलब्धि मान्ने प्रवृत्तिको शिक्षा आजका विद्यार्थीमा देखियो । विश्वविद्यालयले शैक्षिक पात्रो प्रकाशन गर्न सकेको देखिएन । दश महिना अध्ययन गरेर दिइने परीक्षाका लागि विद्यार्थी अठार महिनासम्म पर्खन बाध्य भयो । यस्तो अवस्था आउनुमा दोष विश्वविद्यालय सुधार गर्न गएको पदाधिकारीको होइन र ? यो अवस्था ल्याउन राजनीति गर्ने विद्यार्थी पनि उत्तिकै जिम्मेवारीको भागी बनेको होइन र ?
विद्यार्थीको राजनीति शिक्षामा आमूल परिवर्तन र जनशक्तिलाई नेपालमै रोक्ने खालको हुनुपर्ने हो । त्यसो हुनसकेन नेपालको शिक्षानीतिमा । विदेशीले दिने अनुदानमा चलेको शिक्षानीतिले कसरी सुधार गर्न सक्छ र ? हामी आफैँ बाध्य भयौँ विदेशी अनुदान लिन । हामीले लिएको अनुदानको सही सदुपयोग गणतन्त्रले गर्न नसकेको हो कि ? यसमा सोच्ने बेला भएन र हामीलाई ।
आजको शिक्षाले दिने सामाजिक जिम्मेवारी समाजको परिवर्तनमा केन्द्रित रहन पर्ने हो त्यसो हुन सकेन । आफ्ना भक्त र आफूलाई सहयोग गर्ने दाताबाट चलेका गुरुकुलहरूको शिक्षा नेपालको शिक्षानीतिभन्दा गतिलो तरिकाले चलेका देखिन्छन् । आजको समयमा चलेका बौद्ध गुम्बाहरूको शिक्षा पनि गतिलो तरिकाले चलेको पाईन्छ । नेपालको सन्दर्भलाई हेर्ने हो भने विश्वविद्यालयीय शिक्षा नै सबैभन्दा कमजोर बनेर आएको पाईन्छ । दश जोड दुई गरेको विद्यार्थी एक वा दुई वर्षसम्म विश्वविद्यालयको विद्यार्थी बन्न चाहँदैन । उसले बाह्र कक्षा उत्तीर्ण नगर्दै विदेशी भाषाको कक्षामा आफूलाई उतारिसकेको देखिन्छ । सामान्य वर्गको आम्दानी हुने नेपाली परिवारका छोराछोरीको अवस्था हो यो । सम्पन्न र हुनेखाने खालका छोराछोरीको हालत पनि त्यही देखिएको छ । नेपालले दिने शिक्षाले विद्यार्थीमा पलाएको असन्तुष्टिले गणतन्त्रलाई गिज्जाइरहेको देखिन्छ ।
राजनीति कम गरौँ
आजको शिक्षा क्षेत्रको सबैभन्दा जटिल समस्या प्राध्यापक, कर्मचारी र विद्यार्थीमा देखापरेको अस्वस्थ राजनीति हो । यो राजनीतिले नेपालको शिक्षानीतिलाई बिगारेको छ । देशको सबैभन्दा बौद्धिक व्यक्ति प्राध्यापकले आफ्नो अध्यापनभन्दा राजनीतिलाई प्राथमिकतामा राखेको हुन्छ । सबै प्राध्यापक राजनीति गर्छन् भन्ने होइन । आफ्नो कामलाई प्राथमिकतामा राख्ने प्राध्यापक पनि छन् । जो राजनीति गर्छ र विद्यार्थीलाई नपढाएर बसेको छ उही विश्वविद्यालयको सबैभन्दा उत्तम चिन्तक र शिक्षामा सुधारको वकालत गरिरहेको हुन्छ । पढाएर गुजारा गर्ने र आफूलाई अब्बल मान्ने प्राध्यापक लेखन, गोष्ठी, अध्ययनपत्रलाई प्राथमिकतामा राखेर अघि बढिरहेको हुन्छ । राजनीति गर्ने प्राध्यापक विद्यार्थीलाई प्रयोग गरेर विभिन्न प्रकारका आन्दोलनको सहयात्री बनाएर बसेको हुन्छ । यो सहयात्रा उसका लागि मह चाट्ने अवस्थाको पनि हुन सक्दछ ।
विद्यार्थी राजनीति विद्यार्थीको हकहित, अध्ययन अध्यापन, अनुसन्धानको विकास तथा क्याम्पसको सर्वाङ्गीण विकासका लागि हुनुपर्ने हो त्यसो हुन अझ सकेको छैन । केही आफ्नो माऊ पार्टीको आज्ञालाई तथा आफ्नो पार्टीका समर्थक प्राध्यापकको आडमा प्रशासनलाई काम गर्न नदिने अवस्थाको सिर्जना आजको विद्यार्थी राजनीतिको केन्द्र बनेको छ ।
विद्यार्थी राजनीति विद्यार्थीको हकहित, अध्ययन अध्यापन, अनुसन्धानको विकास तथा क्याम्पसको सर्वाङ्गीण विकासका लागि हुनुपर्ने हो त्यसो हुन अझ सकेको छैन । केही आफ्नो माऊ पार्टीको आज्ञालाई तथा आफ्नो पार्टीका समर्थक प्राध्यापकको आडमा प्रशासनलाई काम गर्न नदिने अवस्थाको सिर्जना आजको विद्यार्थी राजनीतिको केन्द्र बनेको छ । कुनै पनि विश्वविद्यालयले शैक्षिक पात्रो अनुसार काम गरेका छैनन् त्यसमा विद्यार्थी सङ्गठनको चासो देखिँदैन । अभिभावकको ढाड सेकिने गरी निजी शिक्षणसंस्थाले आर्थिक लाभ लिइरहेका छन् त्यसमा उसको चासो पाइँदैन ।
विदेश पलायनलाई रोक्नका लागि शिक्षानीतिमा सुधारका योजना विश्वविद्यालयका पदाधिकारी समक्ष राखौँ भन्ने विचार विद्यार्थी सङ्गठनमा देखिँदैन । जथाभावी विषयलाई स्वीकृति दिने विश्वविद्यालयको नीतिलाई देश सुहाउँदो शिक्षानीतिका माध्यमबाट अघि बढाऊँ भन्ने चिन्ता ती सङ्गठनमा पाइँदैन । समय अनुसार विद्यार्थी सङ्गठनमा नेतृत्व हस्तान्तरण गर्ने रणनीति माऊ पार्टीमा पनि पाइँदैन । त्यसैले अस्तव्यस्त भयो नेपालको शिक्षानीति ।
आज हामी प्रविधिले सम्पन्न छौँ । सानाबालबालिकादेखि उच्च शिक्षासम्म हामीले प्रविधिको सहयोगबाट अध्यापन गराइरहेका छौँ । कक्षाकोठामा विद्यार्थी यो कुरा त हामीलाई सबै प्रविधिले बताएको छ भन्छ । विद्यार्थीले प्रविधिबाट अध्ययन त गरेको छ तर लेखनकला उसको कमजोर बनेको हुन्छ । कक्षाकोठामा पढेको विद्यार्थी र प्रविधिबाट अध्ययन गरेको विद्यार्थीमा हामीले स्पष्ट अन्तर देखिने अवस्थाको सिर्जना पाउँछौँ । प्रविधिमैत्रीका रूपमा नेपालको शिक्षा नीतिले पनि विद्यार्थीलाई कमजोर बनाएको छ । प्रविधि आफैँमा राम्रो हो । प्रविधिका माध्यमबाट धेरै सिकाइ हुन्छ । यो पनि सत्य हो । अध्ययन गर्ने विद्यार्थी नै प्रविधिमैत्री बनेर आफूलाई कमजोर बनाएको तथ्यलाई हामीले स्वीकार गर्न सकेनौँ ।
यो प्रविधिको युगमा हामीले यसो भन्न त नमिल्ने हो तर सत्य यही नै हो । मेकावेलीको शिक्षानीतिले हाम्रो प्राच्य परम्परा, गुरुसभ्यतालाई समाप्त पारेको पक्कै हो । हामीले दिने शिक्षा नेपालको हितमा होस् । हामीले दिने शिक्षा शिक्षार्थीको जीवनलाई काम लाग्ने खालको होस् । विश्वविद्यालय राजनीतिका अखडा नबनून् । कुनै पनि शिक्षणसंस्था बेकामे तालाको चपेटामा नपरून् । नेपालको शिक्षानीति विज्ञका सहायताले बनून् । मेकावेलीको शिक्षानीतिले बिगारेको शिक्षालाई हाम्रो प्राच्य परम्पराको शिक्षानीतिले सुधार्न सक्छ भन्ने विश्वासमा शिक्षा दियौँ भने हाम्रा बालबालिका अवश्य पनि कमजोर हुने छैनन् । नेपालको सर्वाङ्गीण विकास यही शिक्षाका माध्यमबाट हुन्छ भन्ने विश्वास नेपालका राजनीतिज्ञ, विश्वविद्यालयका पदाधिकारी, प्राध्यापक, विद्यालय पढाउने शिक्षक, विद्यार्थी र अभिभावकमा जाग्नु अविवार्य मानिन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच