
दमक । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो नेतृत्वमा भ्रष्टाचार विरुद्धको लडाइँ सुरु भएको बताउनुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर झापाको दमकमा शनिबार आयोजित खबरदारीसभालाई सम्बोधन गर्दै दाहालले सदन र सडक दुवै मोर्चाबाट पार्टीले भ्रष्टाचार विरुद्धको युद्ध सुरु गरेको दाबी समेत गर्नुभयो ।
‘म तेस्रोपटक प्रधानमन्त्री भएएपछि भ्रष्टाचार विरुद्ध युद्ध लड्ने नयाँ सङ्कल्प गरेको सबैलाई थाहा नै छ’ उहाँले भन्नुभयो, ‘पार्टी सरकारबाट बाहिरिएसँगै सुशासनको एजेण्डालाई केन्द्रमा राखेर देशव्यापी अभियान थालेको छ, यो दैनन्दिन फराकिलो बन्दै गएको छ।’
सरकारको नेतृत्व गर्दा भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षमा ऐतिहासिक कामको प्रारम्भ गरेको प्रचण्डको दाबी छ । उहाँले विभेदका विरुद्ध र सामाजिक न्यायका पक्षमा आफूले काम गरेको जिकिर समेत गर्नुभयो। ‘सरकारको नेतृत्व गर्दा मैले आर्थिक संकटबाट देशलाई मुक्त गर्ने जुन अभियान थालेको थिएँ, त्यो अब पार्टी र जनताको अभियान बनेको छ’ उहाँले भन्नुभयो, ‘म यही सभाबाट स्पष्ट पार्न चाहान्छु, यो निरन्तर अघि बढ्ने छ, यसलाई कसैले रोक्न सक्दैन ।’
अध्यक्ष प्रचण्डले नाम नलिई अहिले एकथरि शक्ति संविधान कमजोर बनाउन लागिपरेको दाबी गर्नुभयो । ‘अहिलेका प्रधानमन्त्री जति बेला शक्तिमा पुग्नुहुन्छ, संविधान च्यात्न लागि पर्नुहुन्छू उहाँले भन्नुभयो, ‘यो संविधान केपी ओलीलाई मन परेको छैन,संघीयता र उत्पीडित समुदायले अधिकार पाएको उहाँलाई सैह्य हुँदैन ।’
उहाँले एमाले लगायतका शक्तिहरू अहिले पनि प्रतिगमनको पक्षमा रहेको बताउनुभयो ।आफ्नो पार्टी जनताको अधिकार अझै थप गर्नुपर्छ भन्ने पक्षमा दृढतापूर्वक उभिएको उहाँले जानकारी दिनुभयो ।
जनयुद्धमार्फत संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने अभियानको नेतृत्व गर्ने अवसर पाएको उल्लेख गर्दै अध्यक्ष दाहालले अब पार्टी समाजवादी क्रान्तिका लागि निरन्तर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । ‘पार्टीले सामन्तवाद विरुद्ध ऐतिहासिक भूमिका निर्वाह गरेको छ’ उहाँले भन्नुभयो ‘अब पूर्वले समाजवादी क्रान्तिको नेतृत्व गर्छ, यो मेरो र पार्टीको विश्वास हो ।’
उहाँले पूर्व सामन्तवाद विरुद्धको केन्द्रबिन्दु भएको र पूर्वका जनताको राजनीतिक चेतना र संघर्ष ऐतिहासिक रहेको टिप्पणी गर्नुभयो । ‘विराटनगरको मजदुर आन्दोलन, झापा बिद्रोह हुँदै सामन्तवादका विरुद्धका सशक्त आन्दोलन हुन् ’ उहाँले भन्नुभयो, ‘यहाँका नेताले पूर्वलाई धोका दिए तर सामन्तवादका विरुद्ध पूर्वले लडाई लड्यो, अब भ्रष्टाचार विरुद्धको अभियान प्रभावकारी बनाउँदै समाजवादी क्रान्तिको लडाइँको नेतृत्व पनि पूर्वले नै गर्छ।’
जनतामा माओवादीप्रति नयाँ आकर्षण सुरु भएको उहाँको भनाई छ। सरकारबाट बाहिरिएपछि जनताको बीचमा गएर देशव्यापी रूपमा सुशासनको अभियान चलाएकै कारण माओवादीप्रतिको जनआकर्षणको कारण भएको अध्यक्ष दाहालको तर्क छ ।
अध्यक्ष दाहालले पहिलोपटक प्रधानमन्त्री हुँदा मध्यपहाडी लोकमार्ग, मदन भण्डारी लोकमार्ग, उत्तरदक्षिण कोरिडोरको अवधारणा अघि बढाएको र दोस्रोपटक प्रधानमन्त्री हुँदा पहिचान पक्षधर शक्तिलाई विश्वासमा लिएर संविधान कार्यान्वयन गरेको सुनाउनुभयो ।
देशलाई १८ घण्टे लोडसेडिङबाट मुक्त गर्ने अभियानको नेतृत्व आफूले गरेको बताउनु भएको दाहालले तेस्रोपटक प्रधानमन्त्री हुँदा सुशासन, सामाजिक न्याय र समृद्धिको अभियान सुरु गरेको देख्न नसकेर आफू नेतृत्वको सरकारले कांग्रेस र एमाले मिलेर ढालेको उहाँले आरोप लगाउनुभ्यो।
उहाँले आफू नेतृत्वको सरकारले देशभित्र र देशबाहिर नयाँ रेकर्ड बनाउन थालेपछि दलाल, भ्रष्ट र बिचौलियाहरूले सरकार ढालेको दोहोर्याउनु भयो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच