
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेललाई भेट्न जानुहुने भएको छ ।
राष्ट्रपति पौडेल बिहान १० बजे अस्पताल जाने कार्यक्रम तय भएको उहाँको सचिवालयले जनाएको छ ।
शनिबार पोखरा भ्रमण वर्षको उद्घाटनका क्रममा बेलुन विस्फोट हुँदा मन्त्री पौडेल र पोखरा महानगरका मेयर धनराज आचार्य घाइते हुनुभएको थियो । उहाँहरुको उपचार कीर्तिपूर बर्न अस्पतालमा उपचार भइरहेको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच