
झापा । जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी नायव निरीक्षक धनराज खतिवडा कार्यालय परिसर भित्रै मृत फेला परेका छन्
जिल्ला प्रहरी कार्यालयको तीनतले भवनको तेस्रो तलामा उनी झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरी निरीक्षक विजय चौहानले बताउनुभयो ।
सो तल्लामा राखिएको पानीट्याङ्कीमा जान लगाइएको फलामको भर्याङमा झुन्डिएको अवस्थामा खतिवडा मृत फेला परेको निमित्त सूचना अधिकारीसमेत रहेका चौहानले जानकारी दिनुभयो ।
स्थायी घर भोजपुर ट्याम्केमैयुङ गाउँपालिका- ४ का ४९ वर्षीय खतिवडा मोरङको कानेपोखरी गाउँपालिका -७ बस्दै आएको झापा प्रहरी जनाएको छ ।
घटनाको जानकारी आफन्तलाई गराएर कानुनी प्रक्रियासँगै थप अनुसन्धान भइरहेको जनाइएको छ । घटना बिहान उज्यालो हुनु अगावैको भएको बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच